सार्क सवारी व्यवस्थापन : कहाँ जाने? कहाँ नजाने?
०५ मंसिर २०७१
•
११ मिनेट पाठ
सार्क सवारी व्यवस्थापन : कहाँ जाने? कहाँ नजाने?
काठमाडौं- सार्क सम्मेलन क्रममा काठमाडौं उपत्यकाभित्र आउजाउ गर्नुछ भने सार्वजनिक सवारीको भर नपरी अर्कै विकल्प खोजेकै बेस। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार सार्वजनिक गरेको 'सवारी व्यवस्थापन योजना' अनुसार मंसिर १० र ११ गते हुने सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृहको सुरक्षालाई हेरेर ८ गतेबाटै पुरानो बसपार्क खाली गरिँदैछ। त्यहाँ आउजाउ हुने सवारीलाई उपत्यकाका विभिन्न पाँच स्थानमा पार्किङ गर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ। यो नियम मंसिर १२ गतेसम्म लागू हुनेछ।




यस पाँच दिन अवधिमा चक्रपथ बाहिरबाट रत्नपार्क, पुरानो बसपार्क, जमल, सुन्धारा, त्रिपुरेश्वरलगायत भित्री सहरमा जान कम्तीमा दुईवटा सवारी फेर्नुपर्नेछ। महाशाखाले चक्रपथ बाहिरबाट आउने सवारीलाई सानो गौचरण, लैनचौर, जडिबुटी, त्रिवि गेट र ढुंगेअड्डासम्म मात्र आउन दिनेछ। त्यहाँबाट सहरभित्र आउने यात्रुले अर्को गाडी चढ्नुपर्नेछ। उदाहरणका लागि, कपनबाट रत्नपार्क आउनेले सानो गौचरणसम्म एउटा र त्यहाँबाट रत्नपार्कसम्म अर्को गाडी लिनुपर्नेछ।
चक्रपथबाहिरबाट तोकिएका पाँच बसपार्कसम्म सजिलै आउन सकिए पनि अर्को गाडी समात्न भने सहज हुने छैन। महाशाखाले भित्री सहरका लागि छुट्ने स्थानीय सवारीबीच २०–२० मिनेटको अन्तर हुनुपर्ने व्यवस्था गरेको छ। अहिले १ देखि ५ मिनेट अन्तरमा चलिरहेका बेलामै भनेको बेला गाडी नपाएर कष्ट झेलिरहेका सर्वसाधारणले नयाँ नियमबाट थप सास्ती बेहोर्नुपर्नेछ। २० मिनेट अन्तरालमा मात्र गाडी छुट्ने भएपछि ती बसपार्कमा यात्रुको थामिनसक्नु भिड लाग्ने स्थिति छ।
त्यसमाथि मंसिर ८ देखि १२ गतेसम्मै जोर–बिजोर प्रणाली लागू भएपछि सार्वजनिक गाडीको संख्या अहिलेभन्दा आधा कम हुनेछ। यो नियमअनुसार जोर गतेमा जोर नम्बरका र बिजोर गतेमा बिजोर नम्बरका गाडी मात्र चल्न पाउनेछन्।
'मंसिर ८, १० र १२ गते जोर नम्बरप्लेटका सवारी र ९ र ११ गते बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने छ,' महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले सवारी व्यवस्थापन योजना सार्वजनिक गर्दै भने, 'यो नियमविपरीत कसैले सवारी चलाए जरिवाना तिराइने छ।' 
अस्पताल, एम्बुलेन्स, दमकल, शव वाहन, गृह मन्त्रालयको पास लिएका सरकारी गाडी, कूटनीतिक नियोग, हरियो नम्बर प्लेटका पर्यटक सवारीमा भने जोर–बिजोर प्रणाली लागू गरिएको छैन। प्रेस पास लिएका सवारी र विवाहका लागि दुलाहा–दुलही चढेको सवारीलाई समेत यो नियम लागू हुने छैन। विवाहको जन्ती चढ्ने सवारीमा भने जोर–बिजोर लागू गरिएको छ। 
महाशाखाले पुरानो बसपार्क आउने सवारीलाई उपत्यकाभित्र प्रवेश गर्ने नाकाका आधारमा विभिन्न पाँच स्थानमा पार्किङको व्यवस्था गरेको छ। यसअन्तर्गत कपन, जोरपाटी, साँखु, सुन्दरीजल, चाबहिल हुँदै आउने सवारीलाई सानो गौचरणमा, बालाजु, बनस्थली, टोखा, बुढानिलकण्ठ हुँदै आउनेलाई लैनचौरमा, भक्तपुर, काभ्रेबाट आउनेलाई जडिबुटीमा, दक्षिणकाली, फर्पिङ, कीर्तिपुर, थानकोट, स्वयम्भुतर्फ चल्नेलाई त्रिवि गेट र थानकोट, मातातिर्थ, मच्छेगाँउ, नागढुंगातर्फ चल्ने सवारीलाई ढुंगेअड्डामा पार्किङ व्यवस्था गरिएको छ।
सहरभित्र चल्ने सवारीले कतै पनि यात्रु कुरेर बस्न पाउने छैन। 'भित्र चल्ने सवारीलाई पनि निश्चित स्थानमा यात्रु चढाउन र ओराल्न मात्र पाउने व्यवस्था गरिएको छ,' डिआइजी अधिकारीले भने, 'अरू समयमा जस्तो यात्रु कुरेर सवारी रोकिरहन पाइन्न।' हाल सभागृहमा रोकिने माइक्रोबसलाई भद्रकाली मन्दिरनजिक र सहिदगेटबाट यात्रु चढाउने–ओराल्ने व्यवस्था गरिएको छ।
सार्क अवधिभर शंकरदेव क्याम्पसदेखि पुरानो बसपार्क, पद्मोदय मोडदेखि सभागृह र रणोद्धिप–भद्रकाली खण्डमा सवारी चलाउन निषेध गरिएको छ। दूध, तरकारी, पानी तथा पेट्रोलिमय पदार्थ बोकेका सवारीलाई नियन्त्रित रूपमा मात्र चल्न दिइने छ। महाशाखाले यी सवारीलाई बिहान ६ बजे अगाडिसम्म र राति विशिष्ट पाहुना होटलमा पसिसकेपछि मात्र चल्न दिने व्यवस्था गरेको छ। रात्रि बस र दिवा सेवाका यात्रुबाहक बसलाई विशिष्ट पाहुना आवतजावत गर्ने स्थान हेरी चलाउन दिने तयारी गरिएको छ।
महाशाखाका अनुसार उपत्यकामा ७ लाख ५५ हजार हाराहारी सवारी साधन गुड्ने गर्छन्। यीमध्ये जोर–बिजोर प्रणाली लागू भएपछि करिब ३ लाख १७ हजार सवारी गुड्ने अनुमान छ। यसअनुसार सार्क राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सवारी बेला उपत्यकाभित्र एक घन्टा अवधिमा करिब ४० हजार सवारी प्रभावित हुने छन्। जोर–बिजोर लागू नभएको भए झन्डै एक लाख सवारी एक घन्टा अवधिमा प्रभावित हुने थिए।
मंसिर ९ गते विद्यालय बिदा, १० र ११ गते सार्वजनिक बिदा भएकाले सवारी व्यवस्थापन केही सहज हुने अधिकारीले बताए।


९ गते सबैभन्दा बढी प्रभावित
सम्मेलनका लागि सार्क राष्ट्रका प्रतिनिधि मंसिर ९ गते राजधानी आउने र केही विशिष्ट पाहुनाको धार्मिक भ्रमणसमेत त्यही दिन भएकाले उपत्यकाको ट्राफिक सबैभन्दा बढी प्रभावित हुनेछ।
महाशाखाका अनुसार त्यस दिन बिहानदेखि रातिसम्म उपत्यकाको ट्राफिक प्रभावित हुनेछ। एयरपोर्टदेखि सार्कका पाहुना बस्ने सोल्टी होटलसम्मको सवारी मात्र नभई अन्य क्षेत्रका सवारीसमेत प्रभावित हुने महाशाखाले जनाएको छ।
सार्कका पाहुनालाई एयरपोर्टदेखि होटलसम्म पुर्या उने क्रममा एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखी सोल्टीसम्मको सडकमा मंसिर ९ गते अन्य सवारी चल्न पूर्ण रोक लगाइने छ। बिहान ९ बजेभन्दा अगाडिसम्म र राति सबै प्रतिनिधि होटलमा पसिसकेपछि मात्र त्यो क्षेत्रमा अन्य सवारी चल्ने छन्। 
त्यही दिन भुटानका प्रधानमन्त्री स्वयम्भु, पशुपति र बौद्ध जाने कार्यक्रम भएकाले चक्रपथ आसपासका क्षेत्रदेखि बौद्ध जोरपाटीसम्मका सवारी प्रभावित हुनेछन्। यो समय ट्राफिकले भुटानी प्रधानमन्त्रीको सवारी हुनुभन्दा आधा घन्टा अगाडिदेखि नै सवारी आवागमनमा रोक लगाउन सुरु गर्नेछ। 
भारतका प्रधानमन्त्री पनि त्यही दिन दिउँसो १ बजे काठमाडौं आउने र त्यसपछि लाजिम्पाटस्थित भारतीय दूतावास, पाटन दरबार स्क्वायर र वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा जाने कार्यक्रम भएकाले ती क्षेत्रको सवारी आवागमन बन्द हुनेछ।
मंसिर ११ गते सबै सदस्यराष्ट्रका 'फस्टलेडी'हरूको भक्तपुर दरबार स्क्वायरमा भ्रमण कार्यक्रम रहेकाले काठमाडौंदेखि भक्तपुर क्षेत्रका सवारी प्रभावित हुने छन्। सम्मेलनमा सहभागी प्रतिनिधि भने त्यस दिन धुलिखेल रिट्रटमा जाने कार्यक्रम छ।


आधा घन्टा अगाडिदेखि सवारी रोकिने
महाशाखाका अनुसार सम्मेलनमा आएका विशिष्ट व्यक्तिको सवारी हुने सडकमा आधा घन्टा अगाडिदेखि सवारी आवागमनमा रोक लगाइनेछ। महाशाखाले सवारी बेला ठूला र विस्तारै गुड्ने सवारीलाई आधा घन्टा अगाडि, सवारीमार्गको विपरीत दिशाबाट आउने सम्पूर्ण सवारी साधनलाई १५ मिनेट अगाडि र सवारी मार्गबाट नै आइरहेका सवारीलाई १० मिनेट अगाडिबाट सञ्चालनमा रोक लगाउने भएको छ। यस अवधिमा गाडीहरूलाई सवारी नपर्ने रुटमा मोडिने व्यवस्था गरिएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस