काठमाडौं- सार्क सम्मेलनका बेला काठमाडौं उपत्यकामा गुड्ने जन्ती बोक्ने गाडीले समेत जोड-बिजोरको नियम पालना गर्नुपर्ने भएको छ।यही मंसिर १० र ११ गते काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनको ट्राफिक व्यवस्थापनलाई लक्षित गरी ८ गतेदेखि १२ गतेसम्म जोर-बिजोर प्रणाली लागू हुँदैछ। जसमा ८, १० र १२ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् भने ९ र ११ गते बिजोर नम्बर भएका गाडीमात्र चलाउन पाइने व्यवस्था गरिएको छ।
तर, बेहुला र बेहुली बस्ने सानो गाडीले भने जोर-बिजोर नियमा पालना गर्नुनपर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख केशव अधिकारीले जानकारी दिए। त्यस्तै, ग्यास, दूध, पानी र तरकारीका गाडी बिहान साढे ६ भन्दा अगाडी र बेलुकी सार्कका अथिति होटलमा पुगिसकेपछि चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। जोर बिजोरको संख्या अन्तिम अक्षरलाई आधार मानिने छ।
त्यसैगरी, कूटनीतिक नियोग र प्रेसका गाडीले सुरक्षा र मिडिया व्यवस्थापन समितिबाट पास लिनुपर्नेछ। त्यस्तै, हरियो नम्बर प्लेटका पर्यटक बोक्ने गाडीालाई जोर-बिजोर नियम लागू नहुने बताइएको छ।