जीप दुर्घटना हुँदा खोटाङमा ६ जनाको मृत्यु भएको छ। बालाचतुर्दशी मेला लागिरहेको हलेसीबाट शुक्रबार बिहान यात्रु लिएर जयरामतर्फ जाँदै गरेको मे१ज ७३२ नम्बरको जीप बडहरेको गौरी भीरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको हो।
जीप दुर्घटनामा सबैभन्दा बढी सिन्धुली लाम्पाङटारका स्थानीय परेका छन्। दुर्घटनामा सिन्धुली लाङपाङटार–४ का ३७ वर्षीय चन्द्रमाया कार्की, ४५ वर्षीय चन्द माया तामाङ,४५ वर्षीय चन्दमाया ओखलढुंगा च्यानम–२ का ५६ वर्षीय टंक राया, नुवाकोट पञ्चकन्यका ३८ वर्षीय रोबहादुर पण्डित र ३३ वर्षिय सरस्वती पण्डितको ज्यान गएको खोटाङका प्रहरी नायब उपरीक्षक बिनोदराज खरेलले जानकारी दिए।
दुर्घटनामा सिन्धुली लाम्पाङटार–४ का ६० वर्षीय टेकबहादुर मगर, ७ वर्षीय आशिष मगर, ३४ वर्षीय सनबहादुर मगर, २८ वर्षीय मञ्जु भण्डारी, ३८ वर्षीय शम्भु विश्वकर्मा, २६ वर्षीय चेतबहादुर रमौली, लाम्पाङटार–३ का २८ वर्षीय चित्रबहादुर रमौली, काठमाण्डौं कपनका १३ वर्षीय सिम्रम पण्डित र एक जना नाम नखुलिकी अन्दाजी ६० वर्षीया महिला घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
तिब्र गतिको जीप सडकमा भएको खाल्डो छलेर बाटो पार गर्नेक्रममा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका ९ जनालाई उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरबाट काठमाण्डौंको टिचिङ अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए। जीप गौरी भीरको साँधुरो सडकबाट करिब सात सय मिटर तल खसेको हो। घाइतेहरुलाई जीपबाट उछिट्टिएर पाखामा छरपस्ट अवस्थामा उद्दार गरिएको स्थानीय रसकुमार राईले जानकारी दिए। घाइतेहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्दार गरेका थिए। मृतकको शवलाई हलेसीस्थित हेलीप्याडमा राखिएको छ।
दुर्घटनामा सकुशल रहेका जीप चालक कौशल बिश्वकर्मा च्यास्मीटार प्रहरी चौकीको नियन्त्रणमा छन्।