पुनःस्थापना प्याकेजमा मुक्त हलिया असन्तुष्ट
०३ मंसिर २०७१
•
७ मिनेट पाठ
पुनःस्थापना प्याकेजमा मुक्त हलिया असन्तुष्ट
डडेल्धुरा- वर्षौंदेखिको हलिया जिन्दगीबाट मुक्ति पाउँदा अमरगढी नगरपालिका–८ का गुजे पार्की निकै उत्साही थिए। मुक्तिको अर्थ उनले अब आफ्नो पसिनाले अर्काको जमिन सिँच्नुपर्ने बाध्यताबाट छुटकारा पाएका थिए। सरकारले आस देखाएको थियो, मुक्तिसँगै पुनःस्थापनाको पनि।  त्यसैले त उनको मनभरि सुखद भविष्यका योजना उमि्ररहेका थिए- आफ्नै छुट्टै घर, परिवार धान्ने रोजगारी वा गरिखान पुग्ने जमिन। अनि त्यो जमिनमा आफ्नै मेहनत र पसिनाले उब्जाउने अन्न। जुन कसैलाई बाँड्नु नपर्ने विशुद्ध आफ्नै सम्पत्ति। तर, ६ वर्ष भयो, उनको सपनाले पखेंटा हाल्न पाएन। बरु जिन्दगी थप कष्टकर बन्दै छ। 
सरकारले पुनःस्थापनामा चासो नदेखाउँदा उनीजस्ता सबै मुक्त हलियाको जिन्दगी अन्योल र अनिश्चयले घेरिएको छ। दैनिकी दयनीय बन्दै छ। छाक टार्नै धौधौ रहेको उनीहरू बताउँछन् । कतिपय वर्षौंदेखि अर्काको खेतमा जोते पनि हलियाको सरकारी सूचीमा समेटिएका छैनन् । डडेल्धुरा, असिग्राम गाविसको सिंगो हलिया बस्ती त्यस्तै बेवास्तामा परेको उनीहरू बताउँछन्। 
पुनःस्थापनाको आसमा अजयमेरुका जितेन्द्र कामी भारतमा गर्दै आएको काम छोडेर घर फर्के। सकारले पुनःस्थापना प्याकेज लिन मूल हलिया नै उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ। तर, पुनःस्थापनामा ढिलाइ भएपछि गरिरहेको काम छोडेर आएका कामीलाई आजभोलि परिवार धान्नै मुस्किल छ। सूचीमा परेकाहरू पनि सरकारको पुनःस्थापना कार्यक्रमप्रति रुष्ट छन्। उनीहरूले पुनःस्थापना कार्यविधि नै बहिष्कार गरेका छन्। सरकारले दिने भनेको प्याकेज पनि पुनःस्थापना गर्न पर्याप्त नरहेको राष्ट्रिय हलिया मुक्त समाज महासंघका पूर्वअध्यक्ष डम्बर विक बताउँछन्। 'पुनःस्थापना दुई–चार हजारले हुँदैन,' उनले भने, 'एक लाखले शौचालय त बन्दैन, ७/८ जना बस्ने घर कसरी बन्छ? '
पुनःस्थापना कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई जग्गा अनुदान र घर मर्मतखर्च दिने उल्लेख छ। जग्गाका लागि डेढ लाख र घरका लागि एक लाख छुट्याइएको छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई राहदानीशुल्क र अन्य खर्च गरी एकमुष्ट १० हजार उपलब्ध गराउने सरकारी प्याकेजमा उल्लेख छ। 'पुनःस्थापना कार्यविधिअनुसारको रकमले डडेल्धुरामा एक मिटर पनि जमिन किन्न सकिँदैन,' विकले भने, 'यो कार्यक्रमले मुक्त हलियाको अवस्थामा कुनै परिवर्तन आउँदैन। त्यसैले बहिष्कार गरेका हौं।' 
सरकारी मापदण्डअनुसार नै पुनःस्थापना कार्यक्रम सुरु गरेको जिल्ला मालपोत कार्यालयप्रमुख रघुनाथ अवस्थी बताउँछन्। उनका अनुसार यस वर्ष १ सय ९० परिवारलाई पुनःस्थापना गर्ने योजना छ। हलिया परिवारका बालबालिकाको उच्चशिक्षामा पहुँच बढाउन छात्रवृत्तिलगायत कार्यक्रम पनि सँगसँगै चलाइनेछ। 
तर, भारतबाट फर्केका मात्र नभई नेपालमै रहेका थुप्र्रै अझै सरकारी प्याकेजबाट वञ्चित छन्। असिग्राम–२ का उदय भुल कार्यक्रमबारे आफूलाई केही जानकारी नभएको बताउँछन्। 'हामी सुकुम्बासी भएका छौं, बर्खामा बाढीपीडित भइन्छ। दुःख भनिसाध्य छैन,' निन्याउरो अनुहार लगाउँदै उनले भने, 'पुनःस्थापनाको पर्खाइमा बसेको धेरै भयो, तर लिस्टमै पारेका छैनन्।' सुदूर र मध्यपश्चिममा पाँच वर्ष बितिसक्दा पनि अधिकांशले मुक्त हलिया परिचयपत्र पाएका छैनन्। 
निरन्तर संघर्षपछि सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो। परिचयपत्र वितरण भने २०६८ कात्तिक १९ गतेदेखि सुरु भएको हो। घरजग्गा दुवै नहुनेलाई रातो कार्ड, जग्गा घर मात्र हुनेलाई खैरो र जग्गा मात्र हुनेलाई हरियो कार्ड दिने व्यवस्था थियो। वर्षैं हलिया बसेकालाई छाडेर गैरहलियालाई परिचयपत्र दिने काम भएको पीडित बताउँछन्।
सुदूरपश्चिमका नौवटै जिल्ला र मध्यपश्चिमका हुम्ला, जाजरकोट र सुर्खेतमा १९ हजार ५९ परिवार मुक्त हलिया रहेको महासंघको दाबी छ। यही तथ्यांकलाई भूमिसुधार मन्त्रालयले पनि स्विकारेको छ। तर, हालसम्म १० हजार २ सय २२ मुक्त हलिया मात्रै सरकारी कार्यदलबाट प्रमाणीकरण भएका छन्। ६ हजार ३ सय २० जनाले मात्र परिचयपत्र पाएका छन्। 
डडेल्धुरा, असिग्रामको सिंगो बस्तीले परिचयपत्र पाएको छैन। त्यसैले सरकारले २०७०/०७१ बाट सुरु गरेको पुनःस्थापना कार्यक्रमबाट पनि उनीहरू वञ्चित छन्। 
बाँच्ने उपाय नभएपछि कतिपय जिल्लाका हलिया अहिले पनि ऋण लिई ब्याजबापत हलो जोतिदिने काम गर्दै आएका छन्। 'मुक्तिपछि हलियाको अवस्थामा झन् खस्किँदै गएको छ,' हलिया अधिकारकर्मी भीम कैनीले भने, 'दोस्रो संविधानसभाले उनीहरूको पुनःस्थापनाका लागि बृहत् कार्यक्रम ल्याउनुपर्छ।'


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस