अख्तियार छल्न रात्रिबस
२९ कार्तिक २०७१
•
९ मिनेट पाठ
अख्तियार छल्न रात्रिबस
काठमाडौं- बिहीबार पौने आठ बजे वीर अस्पताल अगाडिबाट कोटेश्वर हिँडेको बसमा यात्रु शून्य भएपछि टुँडिखेल एक फन्को घुम्यो। हुलाक कार्यालय अगाडिको अँध्यारो क्षेत्रबाट एकजना मान्छे लिएर फेरि त्यही स्टेसनमा पुग्यो।

स्टेसनबाट दोस्रोपटक सवा आठमा बस कोटेश्वरका लागि एक यात्रु लिएर हिँड्यो। रत्नपार्क मोडमा बस रोकिदा 'ढिला भयो' भन्दै त्यही यात्रु पनि टेम्पोमा हानिए।
रात्रि बस परिचालन गर्न यातायात व्यवसायी महासंघका प्रतिनिधिबाट खटिएका मोहनकुमार श्रेष्ठ 'बस कोटेश्वर पुग्यो होला' भन्दै थिए। यत्तिकैमा १३८३ नम्बरको बस पुनः स्टेसन आयो।
'कति छिटो आएको?' श्रेष्ठले बसका चालकलाई सोधे। रत्नपार्क, पुरानो बसपार्क, हुलाक कार्यालयतिर रोकीरोकी करिब ४५ मिनेटमा फेरि स्टेसन नै पुर्या एका चालकले जफाफ फर्काए, 'कुर्दा ढिलो भयो भन्दै एउटा मान्छे पनि झर्योो र अन्त मान्छे पाइएन।'
पहिलो आधा घन्टा र पछि पौने एक घन्टा टुँडिखेल घुम्दै बिताएको सो बसले यात्रु पाउने छाँट देखाएन। 'अब म घर जाम कि कोटेश्वर जाम?' महासंघ प्रतिनिधिलाई स्टेसननजिकै पुग्दा चालक राजकुमार श्रेष्ठले सोधे।
रातको नौ बजिसकेको थियो। वीर अस्पतालनजिकै ठडिएका ट्याक्सी, ट्याक्सी चालक र पसलहरुका व्यापारी स्टेसनपारि देखिन्थे। कतिपय मानिस पैदल यात्रा गरिरहेका भेटिन्थे।
यत्तिकैमा कलंकी रुटको रात्रि बसले चार जना यात्रु ल्यायो। र, झ्याप्पै आफ्नो बसमा चढेको देख्दा चुरोट तानिरहेका ती चालकको आशा पलायो। यत्तिकैमा महाबौद्ध र भोटाहिटीमा पसल गर्ने केही यात्रु पनि थपिए। करिब साढे नौ मा बस गुड्न थाल्यो।
'यो बस कोटेश्वरबाट फर्केपछि फेरि जाने स्थितिमा हुँदैन। किनकि यात्रु निकै कम पाइन्छ। त्यसैले स्टेनमा फर्केर सिधै आफ्नो ठाउँतिर जान्छ,' महासंघ प्रतिनिधि मोहनले भने, 'अरूबेला आठ देखि ११ बजेसम्म चल्ने बस अहिले साढे नौदेखि मात्र चल्यो। अरु रुटमा पनि यही अवस्था आउँछ। प्रत्येक बसले बढीमा सेवा दिँदा दुई टिप जानेआउने बाहेक सक्दैनन्।'
यात्रुको अवस्था पनि योभन्दा कम छैन। कतिपय नियमित यात्रु भए पनि निकै सीमित मात्र हुन्छन्। वीर अस्पताल क्षेत्रमा किराना पसलमा दैनिक राति साढे दससम्म बस्ने नरदेवीका युवराज धितालको भनाइ यस्तै छ। 'दैनिक एकदुई जना मान्छे बसबारे सोध्न आउँछन्, हामीले बाटो देखाइदिन्छौं,' वीर कोल्ड स्टरका उनले भने, 'पहिलेको तुलनामा अहिले खासै मान्छे आउँदैनन्।'
काँकडभित्ताबाट बिहीबार पौने आठमा कलंकी ओर्लेका उज्जन पौडेलले अन्य घाडी नभेटेपछि कमलपोखरी जान रात्रि बसमा वीर अस्पताल अगाडि ओर्लेका थिए। तर उनले कमलपोखरी जाने रात्रि बस पाएनन् र हिँड्दै बाटो लागे। 'रात्रिबस फेरि चलेको खबर पाएर यहाँसम्म आएको हो,' शरीरमा छड्के झोला भिरेका उनले भने, 'कमलपोखरी जाने गाडी छैन रे। अब हिँड्दै जान्छु।'
उनीमात्र होइन पर्याप्त ठाउँसम्म पुग्ने रात्रिबस नहुँदा दैनिक समस्या पर्ने गरेको यात्रु बताउँछन्। 'यात्रु नहुँदा यिनीहरु मनपरि हिसाबले गुड्ने गरेका रहेछन्, समयको भ्यालु छैन, कहिले चाँडो कहिले ढिला,' एक यात्रु चालकलाई चाडो हिँड्न भन्दै थिए, 'समय नमिल्दा सवारी कुर्नेहरु पनि हिँड्ने वा ट्याक्सीमा जान्छन्।'
असोज २२ देखि पुनः सञ्चालन हुन थालेको रात्रि बसको स्थिति यस्तो अवस्था आएको छ। कुनै बेला आठ बजे बसमा पुग्दा सिट पाउन मुस्किल हुने रात्रिबसमा यात्रु संख्या अत्यधिक न्यून देखिएको छ। काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती अञ्चल समितिले सञ्चालन गरिरहेको यो सेवा देखाउनका लागि मात्र सिद्ध भएको माथिका किस्साले प्रस्ट्याउँछन्।
सेवा पुनः सञ्चालन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ १० गते निर्देशन दिएपछि व्यवसायी र महानगरपालिका लागेका हुन्। तर २०६९ भदौ १ देखि सुरु भएको रात्रि बस सञ्चालन जस्तो सवारी र रुटमा सवारी देखिँदैनन्।
अख्तियारले तत्काल सुरु गर्न आदेश दिएको भन्दै हतारहतार थालिएको यस्तो प्रयासप्रति बस चालक खिन्न भेटिन्छन्। 'पहिले महिनाको ४० हजार दिएर चलाइयो,' बसलाई हेर्दै चालक राजकुमारले भने, 'अब अहिले पहिलो टि्रपमा पनि मान्छेले बस होइन कि बसले मान्छे खोज्नुपर्ने अवस्था आएको छ।'
कहिले बन्द गर्ने त कहिले चालू गर्ने प्रवृत्तिले यस्ता बस चालक घाटा भएको सुनाए। महानगरपालिकाले छ महिनामा ४५ लाख रुपैयाँ दिएर दुई वर्षअघि सुरु भएको सेवा अहिले सवारी यात्रुको भरमा छन्। चक्रपथ रुटमा दायाँबायाँ दुईबाहेक वीर अस्पताल–कोटेश्वर, वीर अस्पताल–कलंकी, वीर अस्पताल–सातदोबाटो र वीर अस्पताल–चुच्चेपाटी जम्मा एकएक वटा गरी छ बस सञ्चालित छन्। यसभन्दा अघिको वीर अस्पतालबाट लाजिम्पाट हुँदै बाँसबारी पुग्ने रुटमा भने बस छैनन्। जम्मा १४ बससहित प्रत्येक बसमा सुरक्षाका लागि सिसि क्यामेरा र दुईदुई जना नेपाल प्रहरी रहेकामा अहिले दुईदुई प्रहरीमात्र सीमित छन्।
'दुई वर्षअघि महानगरपालिकासँग सम्झौता गरेर छ महिनामा आफैं चलाउने व्यवसायीले बस सञ्चालन गरे,' महानगरपालिका प्रवक्ता शान्ताराम पोखरेलले नागरिकसँग भने, 'तर उनीहरुले सम्झौताअनुसार काम गरेनन्।' तर उनीहरुले अनुदानबिना सञ्चालन गर्दा घाटा भएको भन्दै सेवा रोकेका थिए।
अख्तियारको आदेशपछि पुनःसञ्चालन गर्न व्यवसायीले १३ बुँदे मागपत्रसहित महानगरपालिका धाएका थिए। समितिले भाडा ३५ प्रतिशत बढाउनुपर्ने, रुट पर्मिट नवीकरण र वार्षिक सवारी कर मिनाहा, भन्सार छुट लगायत सेवा दिए पाँच वर्षसम्म रात्रि बस दिगो रुपमा चलाउने बागमती अञ्चल संयोजकद्वय निररत्न नेवा र धर्मराज रिमालले मागपत्र महानगरपालिकामा उल्लेख गरेका छन्।
'व्यवसायीले राखेका माग हामीले पूरा गर्ने अवस्था छैन,' पोखरेलले भने, 'हामीले सरकारलाई प्रस्ताव गर्छौं भनेर अहिले मन बुझाएका छौं।' तीन महिनामा आफ्ना माग सम्बोधन गर्न व्यवसायीको माग छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस