काठमाडौं- यातायात क्षेत्रमा देखिएका विकृति रोक्न आक्रामक रूपमा अगाडि बढेका यातायात व्यवस्था विभाग महानिर्देशक काशीराज दाहालको सरुवा भएको छ। दाहाल ६ महिनाअघि मात्र विभागमा आएका थिए।
विभागमा आएलगत्तै यातायात क्षेत्रको मनपरी रोक्न दाहालले सार्वजनिक यातायातमा राज्यको पनि स्वामित्व हुनुपर्ने आवाज उठाएका थिए। उनले सार्वजनिक यातायातलाई पूर्ण रूपमा निजी क्षेत्रलाई छाड्दा बेथिति जन्मिएको भन्दै नियन्त्रण गर्ने कार्यक्रम ल्याउने तयारीसमेत गरेका थिए। दाहालको कृषि मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको हो। उनले सोमबारबाट कृषिमा आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका छन्। उनले यातायात क्षेत्रको समस्या सुधारका लागि बाहिर रहेर पनि काम गर्ने जनाए। 'नेपाल सरकारको कर्मचारी भएकाले जहाँ खटाए पनि राम्रोसँग जिम्मेवारी पूरा गर्छु,' उनले भने, 'यातायात क्षेत्रमा धेरै समस्या भएकाले त्यहाँ नरहे पनि सुधारका लागि आफ्नो तर्फबाट सक्दो काम गर्नेछु।'
उनले सार्वजनिक यातायात सुधारका लागि राज्यको हस्तक्षेपकारी भूमिका चाहिने बताए। 'सरकारले सार्वजनिक यातायातमा आफ्नो स्वामित्व नलिने हो भने यातायात क्षेत्रमा झन् बढी समस्या आउँछ,' उनले भने, 'त्यसकारण निजी क्षेत्रको एकाधिकार रोक्न सरकारले आफ्नो उपस्थिति देखाउन आवश्यक छ।'
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार दाहालको सरुवामा यातायात व्यवसायीहरूकै हात रहेको छ। 'व्यवसायीहरूले मन्त्रालयका केही उच्च पदाधिकारीलाई प्रभावमा पार्दै दाहालको काममा निरन्तर दबाब दिन थालेका थिए,' स्रोतले भन्यो, 'जुनसुकै काम गर्न खोजे पनि अवरोध गर्ने र दबाब दिने हुन थालेपछि उहाँले कामसमेत गर्न सक्नुभएको थिएन।'
मन्त्रालयका सचिव तुलसी सिटौलाले सामान्य प्रशासन मन्त्रालयले कुनै सल्लाह नै नगरी दाहालको सरुवा गरेको बताए। 'उहाँको सरुवाका विषयमा हामीलाई समेत जानकारी छैन,' उनले बिहीबार नागरिकसँग भने, 'हामीलाई नसोधी किन सरुवा गरियो, थाहा भएन।' उनले दाहालको सरुवाका विषयमा सामान्यले मन्त्री विमलेन्द्र निधिलाई समेत जानकारी नगराएको बताए।
दाहालले कामका क्रममा दबाब आएको आफूहरूलाई समेत सुनाएको सचिव सिटौलाले बताए। 'दबाब आइरहेको छ भन्ने गुनासो गर्नुभएको त थियो,' सिटौलाले भने, 'हामीले यताबाट केही सहयोग चाहिन्छ कि भनेर पनि सोधेका थियौं। तर, उहाँको सरुवा भइसकेछ।' उनले दाहाल आफैंले दबाब झेल्न नसकेकाले सरुवा भएको हुन सक्ने आशंकासमेत व्यक्त गरे।
पछिल्ला समयमा भएका दुर्घटना नियन्त्रण तथा यातायातको मनपरी रोक्न दाहालले कानुनमै परिवर्तन गर्ने विषयमा जोड दिइरहेका थिए। कानुन नै बनाएर यातायातमा राज्यको उपस्थिति गराउने तयारीमा दाहाल लागेपछि उनको सरुवा गरिएको स्रोतको भनाइ छ। कडा कानुन, सिन्डिकेटको पूर्ण अन्त्य, चालक, व्यावसायीदेखि यातायात समितिहरूलाई समेत कारबाही गर्नुपर्ने विषयमा दाहालले काम अगाडि बढाउन थालेका थिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दाहाललाई व्यवसायीहरूले कुनै दबाब नदिएको दाबी गरे।