काठमाडौं- सरकारले सार्वजनिक सवारी चालकका लागि चाहिने शैक्षिक योग्यताको मापदण्डलाई केही लचिलो बनाउने तयारी गरेको छ। बढ्दो दुर्घटना कम गर्न भन्दै सरकारले सार्वजनिक सवारी चालक बन्नेले लाइसेन्स लिनका लागि एसएलसी पास गरेको हुनुपर्ने भन्ने नियम ल्याउने तयारी गरेको थियो।
तर, सार्वजनिक सवारीका चालकको शैक्षिक स्तर बढाउँदैमा दुर्घटना कम नहुने भन्दै सबैतिरबाट विरोध हुन थालेपछि सरकारले शैक्षिक योग्यतालाई घटाउने तयारी गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालकको शैक्षिक योग्यतालाई एसएलसीबाट घटाएर कक्षा १० सम्म वा कक्षा ८ सम्म झार्ने विषयमा छलफल अगाडि बढाएको छ। हालको व्यवस्था अनुसार साधारण लेखपढ गरेकाले लाइसेन्स लिन पाउँछन्।
मन्त्रालयले सार्वजनिक सवारीचालकलाई अनुशासित बनाउन सवारी तथा यातायात नियमावली ०५४ मा संशोधन गरी शैक्षिक योग्यता र तालिमको नयाँ व्यवस्था गर्न लागेको छ। मन्त्रालयका सचिव तुलसी सिटौलाका अनुसार मनत्रालयले संशोधित नियमावलीमा पहिला प्रस्ताव गरेको एसएलसी उत्तीर्णलाई घटाएर 'कक्षा १०' राखेको बताए।
'यात्रुवाहक सार्वजनिक सवारी चलाउने एक चालकको हातमा सयौंको ज्यान भएकाले शैक्षिक योग्यता तोक्न आवश्यक भएको हो,' उनले भने, 'शैक्षिक योग्यतासँगै हामीले तालिम र सडकमा गरिने प्रशिक्षणमा पनि जोड दिएका छौं।' उनका अनुसार यातायात व्यवसायीले शैक्षिक योग्यतालाई कक्षा ८ सम्म झार्नुपर्छ भनेर माग गरिरहेकाले त्यस विषयमा पनि छलफल भइरहेको छ।
नयाँ व्यवस्थाले सार्वजनिक सवारीको चालकको लाइसेन्सलाई पनि व्यावसायिक भनेर छुट्टै बनाउन लागेको सचिव सिटौलाले जानकारी दिए। नया“ व्यवस्थाले बर्सेनि बढ्दो सवारी दुर्घटना घटाउन सहयोग गर्ने उनले बताए। 'सार्वजनिक सवारीचालन व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन संशोधित नियमावली पारित गर्नका लागि मन्त्रिपरिÈदमा पठाउने तयारी भएको छ,' उनले भने, 'नियमावली पास भएपछि तुरुन्तै शैक्षिक योग्यता र तालिम तथा प्रशिक्षणका काम अगाडि बढ्छ।'
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले चालकका लागि शैक्षिक योग्यताको मापदण्ड तोकिनु हावादारी योजना भएको बताए। 'चालक हुनलाई १० पास वा एसएलसी पास भन्नु अव्यावहारिक र हावादारी कुरा हुन्,' उनले भने, 'यसको सट्टा सरकारले चालकलाई प्रशस्त मात्रामा तालिम दिने, सडकको अवस्था अनुसार प्रशिक्षण दिने कार्यक्रम ल्याउनुपर्छ।' उनले चालकलाई तालिम र प्रशिक्षण दिने कार्यमा व्यवसायीले पनि सक्दो सहयोग गर्ने बताए।
सरकारले दुर्घटना न्यूनीकरण गर्ने हो भने चालक र परिचालकलाई तालिम दिन क्षेत्रीयदेखि जिल्ला तहमा तालिम केन्द्र खोल्नुपर्ने दाहालको भनाइ छ। 'शैक्षिक योग्यता तोक्दैमा चालक दक्ष हुँदैनन्,' उनले भने, 'चालकलाई दक्ष बनाउने काममा सरकारको ध्यान छैन, खाली अनावश्यक कुरामा मात्र ध्यान दिइरहेको छ।' उनले सवारी नियम तथा ट्राफिक ज्ञानबारे जानकारी लिन चालक सामान्य लेखपढ गर्न जान्ने भए पनि पुग्नेमा जोड दिए।
यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले सार्वजनिक सवारीको चालक हुन कम्तीमा पनि कक्षा १० सम्म पढेकै हुनुपर्नेमा जोड दिए। 'सरकारले शैक्षिक योग्यता मात्र तोक्न खोजेको छैन,' उनले भने, 'शिक्षासँगै तालिम, प्रशिक्षण, सजाय बढाउने लगायत कुरा पनि अगाडि बढाउन लागेको छ।' उनले हालसम्म लाइसेन्स लिएकालाई तालिम तथा प्रशिक्षण दिने र नयाँ लाइसेन्स लिनेलाई भने नयाँ व्यवस्था अनुसार योग्यताका आधारमा मात्र लाइसेन्स दिने जनाए।