काठमाडौं-मंगलबार दिउँसो करिब १२ बजे। जमलबाट कमलाक्षी छिर्ने क्षेत्रमा फोहरको थुप्रो देखेर काठमाडौं महानगरपालिकाको गाडी रोकियो। फोहर गाडीमा राख्न भने होइन। बिहान उठाएर छाडेको ठाउँमा फोहर थुप्रेको देख्दा महानगपालिका नगर प्रहरी झसंग भए।गाडीबाट झ्याप्प झरेर फोहरनजिकै आँखा लगेर हेरे। वरिपरि हेरे पसलै पसल टन्नै देखे। कसले फाल्यो? चिन्न गाह्रो भो।
यत्तिकैमा प्लास्टिकको पोको खोतले। जलेका चस्मा देखिए। पछाडि फर्कंदा दुइटा चस्मा पसल देखे। पोको अझै खोतले, पसलेको नाम नै देखे।
टोली सिधै लामिछाने वाच सेन्टर पुग्यो र दुई हजार रुपैयाँ जरिवाना तिरायो। महानगरपालिकाले सोमबारदेखि सार्क शिखर सम्मेलनमा आउने पाहुनाले प्रयोग गर्ने सडकमा यसरी छड्के जाँच गरिरहेको छ। ‘बिहान पसलमा सानो आगो लाग्यो, हतारहतार खुट्टाले निभाएर जलेका सामान यहाँ फालेको,' पसलका सञ्चालक मोहन लामिछानेले हतारिँदै भने, ‘अरुले पहिले नै थुप्रो बनाएका थिए। त्यही भएर मैले पनि थुप्रोमा सामान फालेँ।'

सुन्धारास्थित एक पान पसलअगाडि पसलेलाई फोहर सडकमा नफाल्न आग्रह गर्दै नगर प्रहरी। तस्बिर : संगीत संग्रौला
कपडालगायत फोहर अन्य ठाउँबाट आएको भए पनि कसले फालेको भन्ने यकिन भएन। यस्तो अवस्थामा अन्यलाई जरिवाना गराउन पाएन। महानगरपालिकाका सहायक नगर प्रहरी निरीक्षक श्याम तिमल्सिनाले फोहरमैला व्यवस्थापन ऐन सम्झाउँदै तत्काल ती पसलेलाई दुई हजार रुपैयाँ तिराए। ‘बिहान हामीले फोहर उठाएका थियौं तर फेरि यस्तो अवस्था ल्याएछन्, कम्तीमा यस्तो मूल सडकमा पसल थाप्नेले त समस्या बुझ्नुपर्छ,' तिमिल्सिनाले पसलेलाई सम्झाउँदै भने, ‘अहिलेलाई प्रथम पटक भएकाले कम जरिवाना भएको छ, दोस्रो पटक फेला परे पाँच हजार जरिवाना तिराउँछौं।'
ती पसलेले २० वर्षदेखि सो ठाउँमा पसल गरेको जनाउँदै पहिलो पटक फोहर फाल्दा यस्तो भएको जिकीर गरे। ‘बिहान महानगरपालिकाले फोहर लगेको हो, तर मैले फेरि फाल्ने मनसाय होइन। अरुले फालेको देखेर यस्तो गरेँ।' उनीमात्र होइन सोमबार ८ जनाबाट साढे ११ जार रुपैयाँ जरिवाना र मंगलबार छ जनाबाट आठ हजार रुपैयाँ जरिवाना असुली महानगरले गरेको छ। सार्क तयारीका लागि रङरोघन, कालोपत्रे, बिरुवा रोपेर हरियाली बनाइरहेको महानगरपालिकाले फोहर बाटोमा फाल्नेलाई तत्काल जरिवाना तिराउन यसरी अनुगमन गरिरहेको छ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार स्थानीय निकायले तोकिदिएको समय र स्थानबाहेक अन्यन्त्र फोहरमैला निष्काशन गर्नेलाई स्थानीय निकायले पहिलो पटकमा पाँच हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक सोही कसुर गरेमा पाँचदेखि दस हजार रुपैयाँ र सोही कसुर दुई पटक वा सोभन्दा बढी पटक गरे प्रत्येक पटकका लागि १५ हजार रुपैयाँको दरले जरिवाना गरि फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट उठाउने काम गर्न सक्नेछ।
सार्कलक्षित क्षेत्र भन्दै मंगलबार टेकुबाट त्रिपुरेश्वर, रत्नपार्क, जमल, गैरीधारा, बालुवाटार, प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगन्ज), नक्साल र डिल्लीबजार हुँदै टेकु अनुगमन टोली घुमेको थियो। यसअघि सोमबार बानेश्वर, गौशाला, बौद्ध, महाराज, पानीपोखरी, लाजिम्पाट हुँदै टेकु अनुगमन गरेको महानगरपालिका वातावरण महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। ‘मुख्य सडकको दायाँबायाँ फोहर फाल्नेलाई यसरी स्थलगत कारबाही गरिएको हो,' उनले भने, ‘भोलि (बुधबार) फेरि अन्य क्षेत्रमा पनि दैनिक अनुगमन हुन्छ।' बिहान, दिउँसो र साँझका बेला यसरी अनुगमन भइरहेको उनले जनाए।