काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पनि सर्वसाधारणलाई जारबाट वितरण गर्ने भएको छ। आफ्ना उपभोक्तालाई स्वच्छ र सफा पानी खुवाउने भन्दै आगामी साउन पहिलो साताभित्रै वितरणको योजना भइरहेको केयुकेएलले जनाएको हो।सहरका धेरै मानिस जारकोे भर परिरहेका बेला निजी कम्पनी अस्वस्थ पानी उत्पादन गर्ने होड चलेको भन्दै केयुकेएलले आफ्ना उपभोक्ताबीच यस्तो योजना ल्याएको छ। बजारमा पाइने बोतलकै शैलीमा स्वच्छ एव सफा पानी आउँदो आर्थिक वर्षमा सर्वसाधारणको पहँुचमा पुर्याोइने केयुकेएलको लक्ष्य छ। बजारमा ४०, ५०, ६० रुपैयाँमा पाइने यस्ता २० लिटरको जार केयुकेएलले ३० देखि ३५ रुपैयाँमा निजी क्षेत्रको भन्दा भरपर्दो माध्यमबाट वितरण गर्ने तयारी गरिरहेको केयुकेएलका अध्यक्ष सुरेशकुमार बस्नेतले जानकारी दिए। हाल केयुकेएलले धारा, ट्यांकर र पोलिट्यांकबाट सर्वसाधारणलाई खानेपानी वितरण गरिरहेको छ।
'केयुकेएलको असोज १३ को साधारणसभाले जारको पानी वितरण गर्ने पास गरिसकेको छ,' उनले भने, 'विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशोधन गरेर खानेपानी वितरण गर्छौं।' सोही साधारणसभाले एक लिटरको बोतलबाट पनि पानी वितरण गर्ने योजना पास गरे पनि पहिले चरणमा जार सेवा ल्याउन लागेको बस्नेतले बताए। उनका अनुसार यसबारे केयुकेएल बोर्डले निर्णय गरिसकेको छ। 'बोर्डले पानी वितरण जारबाट गर्ने भने पनि यसको लगानीबारे निर्णय भइसकेको छैन,' उनले भने, 'चालू आर्थिक वर्षभित्र गृहकार्य गरे नयाँ आर्थिक वर्षको सुरुमै उपझोक्तालाई सेवा दिन्छौं।' केयुकेएलका ग्राहकले पानी नपाएको क्षेत्रमा यस्ता जार लक्षित हुने उनले बताए। तर अहिले निजी जार कम्पनीले जस्तो पसलबाट पानी वितरण गर्ने सोच भने केयुकेएलको छैन। 'हामी नाफामुखी रुपमा जान चाहँदैनौं, त्यसैले यसलाई पसलपसलबाट बिक्री गरिँदैन,' उनले भने, 'अहिले जसरी समयसमयमा टोलमा पोलिट्यांकबाट पानी वितरण हुन्छ, यस्तैगरी जार पनि निश्चित समयमा टोलमा पुगेर वितरण गर्ने सोच छ।'
उनका अनुसार उपत्यकामा २ सयभन्दा बढी जार कम्पनी रहेका जसको जार र ढक्कन एकै किसिमका हुँदा बदमासी गरेका कम्पनी बाँचिरहेका छन्। 'केयुकेएलले लोगो, बोत्तल र बिर्को बिल्कुलै फरक शैलीमा जान्छौं। जसले गर्दो हाम्रो पानीसँग उनीहरुको तुलना फरक हुन्छ। फलस्वरुप उनीहरुले पनि स्वच्छ र कम मूल्यमा खानेपानीको जार वितरण गर्न सक्छन्।' निजी कम्पनीसँग प्रतिपर्धा भए पनि उनीहरुको उद्योग नखोसिने जानकारी दिए। केयुकेएल सञ्चालक समितिसँगको छलफलपछि यसको गृहकार्य सुरु हुने उनले बताए।
केयुकेएलका अनुसार दैनिक ३६ करोड लिटर पानीको माग भइरहेको उपत्यकामा बर्खामा १५ करोड र हिउँदमा ९ करोड लिटर पानी वितरण भइरहेको छ। मेलम्ची नआएसम्मका लागि केयुकेएलले भूमिगत पानी वितरण गर्न लागिरहँदा जारमा पनि वितरण गर्ने योजना ल्याएको बस्नेतको भनाइ छ। मनमैजु, बालाजु र बाँसबारी जस्ता क्षेत्रमा कम पानी भएकाले ती क्षेत्रमा भूमिगत पानी निकाल्ने प्रयास भइरहेको उनले बताए।