काठमाडौं- दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनको दिन नजिकिँदै गर्दा सडकमा असरल्ल तार हटाउने सरकारी योजना असफल बनेको छ। सडकपिच, हरियाली र रंगरोगनसँगै सरकारले कात्तिक पहिलो साताभित्रै उपत्यकाकाका सडक क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन गर्न असारबाटै काम सुरु गर्ने योजना बनाएको थियो। तर, कात्तिक सकिन लाग्दा पनि असरल्ल तार हटाइएको छैन।
सडकमा लत्रिएका विद्युत, केबुल र टेलिफोनका तारलाई तन्काएर व्यवस्थित गर्न सरकारले विद्युत प्राधिकरण, नेपाल टेलिकम र काठमाडौं महानगरपालिकालाई जिम्मेवारी तोकेको थियो। सोही योजनाअनुसार प्रमुख सडकका अव्यवस्थित तार हटाउन सूचना तथा सञ्चार मन्त्रालयले असार मसान्तमै अल्टिमेटम दिए पनि त्यसको प्रभाव देखिएन।
सार्क सम्मेलनमा आउने पाहुना आवतजावत गर्ने क्षेत्रको तार साउन पहिलो साताभित्रै व्यवस्थापन गर्ने सरकारी योजना थियो। विमानस्थलदेखि नयाँ बानेश्वर हुँदै सोल्टीमोडसम्मको साउन पहिलो साता, त्रिपुरेश्वर–रत्नपार्क–लाजिम्पाट हुँदै सहिद गंगालाल अस्पतालसम्मको साउन अन्तिम साता र न्युरोड–वसन्तपुर दरबार क्षेत्रको भदौ पहिलो साता तार व्यवस्थापन गरिसक्ने योजना बने पनि कार्यान्वयनमा आउन सकेन।
तार व्यवस्थापनको अवस्थाबारे बुझ्न शनिबार अनुगमनमा निस्किएका मन्त्रिपरिषद कार्यालयलगायत सरकारी निकायका अधिकारी सडक क्षेत्रको पोल, सडकछेउका घर र पुल रंग्याए पनि असरल्ल तारको जालो देखेर खिन्न हुँदै फर्किए। कतिपय सडकमा व्यवस्थापन गर्ने भन्दै बाँधेर छाडिएको तार जस्ताको त्यस्तै छ। बिजुलीबजार, सिंहदरबार, पुतलीसडक क्षेत्रमा सडकमै तार लत्रिएका छन्।
काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरणलगायतसँग सूचना तथा सञ्चार मन्त्रालयले सहकार्य गर्दै व्यवस्थापन सुरु गरे पनि एयरपोर्ट मूलगेटअगाडि, तिनकुने–माइतीघर, माइतीघर–थापाथली–त्रिपुरेश्वर–सोल्टीमोडमा तार तन्किन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले बताए। उनले अन्य क्षेत्रको काम भने सन्तोषजन रहेको बताए।
असार पहिलो सातादेखि सरकारले उपत्यकाबाटै अव्यवस्थित तार हटाउने भन्दै लत्रेका तार व्यवस्थापन सुरु गरेको थियो। काठमाडौंको प्रदशनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्क सम्मेलन हुने र केही कार्यक्रम हनुमाढोका दरबारमा हुने भन्दै सुरुवातीमा न्युरोड क्षेत्रको तार हटाउने काम भएको थियो।
विद्युत प्राधिकरणले जेठ २५ गते न्युरोड गेटदेखि जुद्ध शालिक, जुद्ध शालिकदेखि इन्द्रचोक र महानगरपालिकाको पुरानो कार्यालयसम्म मापदण्डअनुरुप तार व्यवस्थापन अभियान सुरु गरेको थियो। एउटा पोलमा १० वटाभन्दा बढी सेवा प्रदायकले तार राख्न नपाउने, न्यूनतम चार मिटरमाथि राख्नुपर्ने, तारको गुजुल्टो हटाउने, एउटा कम्पनीले एउटाभन्दा बढी तार राख्न नपाउने नियम छ। त्यसविपरीत राखिएका तार प्राधिकरणले हटाउन लगाएको थियो।
तार व्यवस्थापनका लागि संयोजक सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव कविराज खनालले प्राविधिक कारण देखाएर काममा ढिलासुस्ती भएको बताए। सडकमा वारपार भएका तार भने सोमबारदेखि काटेर व्यवस्थापन गरिने उनले जानकारी दिए।
'प्राविधिक कारण देखाएर तार व्यवस्थापनमा ढिलाइ भएको हो ,' उनले भने, 'प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सडक वारपार भएका तार काट्ने आदेश दिइसक्यो, केही दिनमै विद्युत प्राधिकरणलगायत निकायले काम थाल्छन्।'
सार्क सुरक्षाका लागि एयरपोर्ट, नयाँ बानेश्वर, तिनकुने, माइतीघर हुँदै सोल्टीमोडमा सिसिटिभी क्यामेरा जडान भइरहेको छ। तिनकुनेदेखि माइतीघर क्षेत्रमा रहेका भर्खरै गाडिएका सोलार सडक बत्तीका पोलबाट तार तानिँदा सुन्दरता बिग्रिएको छ।