चालकको लापरबाहीबारे एउटै फोनै आएन
२२ कार्तिक २०७१
•
५ मिनेट पाठ
चालकको लापरबाहीबारे एउटै फोनै आएन
काठमाडौं- सार्वजनिक यातायातका चालकले लापरबाही गरेर सवारी चलाए तत्काल प्रहरीलाई खबर गर्न सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सात दिनको अवधिमा एउटा पनि फोन आएन। चालकले लापरबाही गरेर सवारी चलाए प्रहरीलाई खबर गर्न भन्दै नेपाल प्रहरीले गत शनिबार प्रहरी परिचालन कक्षका चारवटा ल्यान्डलाइन नम्बर, टोल फ्रि नम्बर, प्रहरी कन्ट्रोल रुमको नम्बर १०० र एउटा मोबाइल नम्बर सार्वजनिक गरेको थियो।
 नम्बर सार्वजनिक गरेको एक साता बित्दा पनि चालकको लापरवाही तथा चालक, सहचालक र व्यवसायीको बदमासीबारे कुनै पनि नम्बरमा उजुरी परेन। प्रहरी मुख्यालयले गत शनिबार प्रेस विज्ञप्ति जारी गर्दै क्षमताभन्दा बढी यात्रु राखे वा चालकले तीव्र गतिमा सवारी चलाए तत्काल प्रहरीलाई खबर गर्न यात्रुलाई अनुरोध गरेको थियो। 
मुख्यालयले प्रहरी परिचालन कक्षका ४४१२७८०, ४४११५४९, ४४१५५९७ र ४४१२७४८ नम्बर सार्वजनिक गरेको थियो। यस्तै प्रहरी कन्ट्रोलको १०० नम्बरमा समेत खबर गरिदिन अनुरोध गरेको थियो। त्यसबाहेक ९८४९०९११३९ नम्बरको मोबाइल र टोल फ्रि नम्बर १६६००१४१५१६ समेत सार्वजनिक गरेको थियो। 
प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले त्यति धेरै नम्बर दिँदासमेत कसैको फोन नआएको स्वीकार गरे। उनले प्रहरीले नम्बर सार्वजनिक गरेसँगै सवारी जाँचमा तीव्रता दिएकाले फोन गर्नुपर्ने अवस्थै नआएको हुनसक्ने बताए। 'विगतका तुलनामा हामीले सवारीको बदमासी हेर्न निरन्तर चेकिङ गरिरहेका छौं,' उनले भने, 'दुर्घटनापछिका कारबाहीमा समेत कडाइ गर्न थालेपछि चालक सचेत भएको हुनसक्छ।' उनले पछिल्ला दुर्घटनामा सरकारले लिएको कारबाही, सबैतिरको निरन्तर खबरदारी र कडा चेकिङलगायत कारणले नियमपूर्वक सवारी कुदाउन थालेको बताए।
सार्वजनिक सवारीका यात्री भने प्रहरीले सार्वजनिक गरेको नम्बर अप्ठेरो र सम्झन गाह्रो भएकाले फोन नगरिएको बताउँछन्। 'सवारी लापरबाही कम भएको छैन,' अरनिको यातायातामा सवार दोलखाका हरिशरण पाण्डेले भने, 'प्रहरीको फोन नम्बर सम्झनै गाह्रो पर्ने खालको छ, कसरी फोन गर्ने?' 
प्रवक्ता जोशी पनि यात्रुको कुरामा केही हदसम्म सहमत छन्। भन्छन्, 'यात्रीले नम्बर सेभ नगरेका कारण पनि फोन नआएको हुनसक्छ।' उनले अरु नम्बर याद नभए प्रहरी कन्ट्रोल रुमको १०० मा भए पनि फोन गर्न आग्रह गरे।
'अन्य नम्बर सम्झन अप्ठेरो भए यात्रुले १०० मा पनि फोन गरेर चालक तथा व्यवसायीको बद्मासीबारे जानकारी दिन सक्छन्,' उनले भने, 'यसका साथै अन्य नम्बर पनि सेभ गरेर राख्न आग्रह गर्छु।' प्रहरीले यातायात क्षेत्रमा भएको बदमासीमात्रै हेर्न छुट्टै नयाँ सहज नम्बर लिने तयारी भइरहेको पनि उनले जानकारी दिए।
प्रहरीले कात्तिक १४ गते मकवानपुरको बसामाडीमा यात्रुले सचेत गराउँदागराउँदै चालकले अटेर गरेर लापरबाही ढंगले सवारी हाँक्दा दुर्घटना भएको निष्कर्È निकाल्दै प्रहरीलाई खबर गर्ने नयाँ व्यवस्था सुरु गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मकवानपुर बस दुर्घटनामा यात्रुले चालकलाई दुर्घटना हुनु ३ घन्टा पहिलादेखि नै गति कम गर्न अनुरोध गरेको पाइएको थियो।
'मकवानपुर जस्तै अन्यत्रका अधिकांश दुर्घटना चालकको लापरबाही र क्षमताभन्दा बढी यात्रु राखेका कारण भएको पाइएको छ,' प्रवक्ता जोशीले भने, 'यस्तो अवस्थाबारे यात्रुले तुरुन्त प्रहरीलाई खबर गर्ने हो भने धेरै दुर्घटना रोक्न सकिन्छ।' उनले गुडिरहेको बसका यात्रुले चालकको लापरबाहीबारे प्रहरीलाई खबर गरे नजिकै रहेका प्रहरीले तुरुन्तै चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने बताए।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस