इलाम- सुदूरपूर्वी सीमाक्षेत्रमा हराएका र भत्किएका सीमास्तम्भ पुनर्निर्माणमा वर्षौंदेखि बेवास्ता गरि“दै आएको छ। पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयले पा“चथरको सिदिनदेखि इलामको जिर्मलेसम्म स्थलगत निरीक्षण गरी हराएका, भत्किएका र टुटफुट भएका स्तम्भको विवरण बुझाए पनि माथिल्लो निकायले पुनर्निर्माणमा चासो नदेखाएको हो।
कार्यालयले यज्ञप्रसाद आचार्य प्रमुख रहेका बेला २०६७ सालमै विस्तृत प्रतिवेदन तयार पार्दै 'पा“च स्तम्भ हराएका, पा“च भत्किएका, दुइटा पूर्ण क्षति भएकाले' तिनीहरूको तत्काल पुनर्निर्माण गर्नुपर्ने सुझाइएको थियो। यस्तै, नेपालतर्फ नम्बर मेटिएका पा“च सीमास्तम्भमा पुनः नम्बर राख्न सुझाउ“दै बुझाइएको प्रतिवेदनको चार वर्ष बित्दासम्म सुनुवाइ नभएको हो।
अहिलेका कार्यालयप्रमुख लक्ष्मीप्रसाद खरेलका अनुसार उक्त प्रतिवेदनमा सिदिनदेखि जिर्मलेसम्मकै मुख्य तथा सहायक सीमास्तम्भको अवस्था उल्लेख छ। जसअनुसार हराएका स्तम्भ पशुपतिनगर–४, हिलेका घन्। त्यहा“बाट २०५८ ताका हराएका ७१/२१, ७१/२२ र ७१/२३ नम्बरका सहायक स्तम्भ नभेटिएको र पुनर्निर्माण गर्नुपर्ने उल्लेख छ।
यस्तै, पशुपतिनगर–श्रीअन्तुबीचको दीपकमल सामुदायिक वनभित्रका ७२/३ र ७२/४ नम्बरका सहायक स्तम्भ पनि नभेटिएको जनाइएको छ। गोर्खे–४ को मर्च्याङस्थित सीमाक्षेत्रको १९/२ नम्बरको मुख्य स्तम्भ भत्किएको छ। श्रीअन्तु–८ मा ७२/७ नम्बरको सहायक स्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ। टुटफुट भएर सग्ला नरहेका स्तम्भ पनि निकैवटा छन्।
'चार वर्षअघि नै सीमास्तम्भको अवस्था जाहेर गर्दै पुनर्निर्माणको प्रस्ताव गरिएको देखिन्छ,' खरेलले भने, 'अहिलेसम्म त्यो प्रतिवेदनको सुझाव कार्यान्वयन भएको पाइएन, यसबीच अझै स्तम्भ तलमाथि भएका हुन सक्छन्।' भर्खरै निरीक्षण गरेको इलाका प्रहरी कार्यालयले भने सीमास्तम्भको स्थिति केही दिनपछि मात्रै सार्वजनिक गर्नेछ।
एकपल्ट गाडेपछि नियमित निरीक्षण र अनुगमन नहु“दा जीर्ण बन्दै गएका स्तम्भ कस्तासम्म भेटिएका छन् भने पाँचवटामा नेपालतर्फ नम्बरै देखि“दैनन्। हरेक स्तम्भका नम्बर दुई देशको नापी विभाग कार्यालयको अभिलेखमा राखिने र त्यो अभिलेख स्तम्भमा पनि रहिरहनुपर्ने प्रावधान भए पनि कार्यान्वयन भएको देखि“दैन।
तिवेदनअनुसार गोर्खे–४, लामीधुराको १९/१ स्तम्भको नम्बर मेटिएको छ। पशुपतिनगर–५, पुलखोलाका दुइटा स्तम्भमा नम्बर देखि“दैन। श्रीअन्तु–७ र ८ का एक–एक स्तम्भमा पनि नम्बर मेटिएको छ। 'ती स्तम्भको भारतपट्टि नम्बर छ, नेपालपट्टि मेटिएको छ,' प्रतिवेदनबारे जानकारी दि“दै खरेलले भने।
भगवान् भरोसामा छोडिएझैं लाग्ने सीमास्तम्भको बनोट पनि एकै प्रकारको छैन। कहीँ साह्रै सानो र कहीँ असुहाउँदो देखिन्छ। मानेभन्ज्याङ–सन्दकपुर खण्डमा भारतीय पक्षले निर्माण गरेको सडकका धेरैवटा घुम्ती नेपाली भूमितिर छिराइएको, दसगजा क्षेत्र अतिक्रमण गरी घरटहरा बनाइएको र नेपाली पक्षको अनुपस्थितिमा भारतले कतै–कतै वृक्षरोपणसमेत गरेको उल्लेख छ।
सुरक्षाकर्मीको सक्रियतामा रंगरोगन
यसैबीच इलामको भूभागमा पर्ने १ सय ७ वटा सीमास्तम्भ रंगरोगन गर्ने कार्य थालिएको छ। कात्तिक ११ देखि सुरु रंगरोगन कार्य झन्डै आधा सकिएको छ। पशुपतिनगरस्थित सरोकारवालासहित इलाका प्रहरी कार्यालय र भारतीय सीमासुरक्षा बलको अगुवाइमा बुधबारसम्म ४८ वटा सीमास्तम्भ रंगाइएका छन्।
'निरीक्षणमा जा“दा लेउ र झ्याउले ढाकेका स्तम्भ देख्नै मुस्किल पर्यो्, दुईपक्षीय सहमतिमा रंग्याउने निर्णयअनुसार ४८ वटाको काम सकिएको हो,' इन्सपेक्टर ईश्वर थापाले भने, 'बाँकी पनि केही दिनभित्रै रंग्याइसक्छौं।'
पशुपतिनगरका सीमा प्रशासन र भन्सार कार्यालय तथा फिक्कलस्थित सशस्त्र प्रहरीको श्रीअन्तु गुल्मको सहयोगमा दुवै देशका सुरक्षाकर्मीले एकैसाथ सीमा स्तम्भ रंग्याएका हुन्। गुल्मका इन्सपेक्टर दिनेश आचार्यका अनुसार, पशुपतिनगर–४ देखि ६ सम्मका १९ वटा स्तम्भ पहिलो चरणमा रंगरोगन गरिएका हुन्। श्रीअन्तु–७ देखि छब्बिसेसम्मका १३ वटा स्तम्भ दोस्रो चरणमा र तेस्रो चरणमा ९ वटा स्तम्भ रंग्याइएको हो।
'पहिले झाडीले छोपिएका, फोहरमैलाले ढाकिएका स्तम्भ अहिले टल्किएका छन्,' आचार्यले भने। स्तम्भ रंग्याउने काममा भारतीय एसएसबीको २९ औं बटालियनका प्रमुख श्रीकान्त नायक पनि अगुवा थिए।