सार्वजनिक यातायात बेथिति : रुट पर्मिट नभए हदै कारबाही
२० कार्तिक २०७१
•
६ मिनेट पाठ
सार्वजनिक यातायात बेथिति : रुट पर्मिट नभए हदै कारबाही
काठमाडौं- दुर्घटना घटाउन सरकारले रुट पर्मिट नभएका बाटोमा सवारी कुदाउनेमाथि अधिकतम कारबाही अभियान सुरु गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले ठूला सवारी गुड्न नसक्ने र रुट पर्मिट नदिइएका स्थानमा समेत चालक र व्यवसायीले आफूखुसी बस हुल्दा दुर्घटना र अन्य समस्या निम्तिएकाले कारबाही अभियान थालिएको बताए।'डोटीको घटना पनि पर्मिट नभएको सडकमा ठूलो सवारी गुडाउँदा भएको पाइयो,' उनले बिहीबार नागरिकसँग भने, 'अन्य थुप्रै दुर्घटनाका पछाडि यस्तै कारण देखिएकाले अनुगमन थालिएको हो।'
विभागले देशभरका निकायलाई सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ अनुसार सवारी अनुगमन गरी रुट पर्मिट नभई सवारी चलाएको पाइए तत्काल कारबाही गर्न भनिसकेको छ। त्यसरी ऐनअनुसार रुट पर्मिट नभएका स्थानमा सवारी चलाउनेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना हुनेछ। पटकपटक अटेर गर्नेको सबै स्थानको रुट पर्मिट खारेज गरिने व्यवस्था ऐनमा छ।
नेपालको ६० प्रतिशत सडक अप्ठ्यारो भुगोलमा रहेको सरकारी तथ्यांक छ। तीमध्ये अधिकांश हिउँदे सडक हुन्। यस्ता 'ट्र्याक' सडकमा यातायात व्यवस्था कार्यालय र सम्बन्धित जिल्ला विकास समितिले सवारी चलाउने अनुमति नै दिएको हुँदैन। यातायात व्यवसायी भने आफ्नो सिन्डिकेटको बलमा जबर्जस्ती गाडी हुलिहाल्छन्। डोटीको छतिवनमा एक महिनाअघि ३० जनाको ज्यान जाने गरी भएको दुर्घटना र तीन वर्षअघि सिन्धुली बस दुर्घटनामा यस्तै भएको थियो।
प्राविधिकका अनुसार सडकको एकसरो निर्माण सकिनेबित्तिकै आवागमनका लागि तयार हुँदैन। गाडीलाई दिशानिर्देश गर्न र कति घुमाउरो मोड छ भन्ने थाहा दिन ट्राफिक सिग्नलहरू ठाउँठाउँमा बनाउनुपर्छ। पहाडी कच्चीसडकमा यस्ता सिग्नलको त के कुरा, घुम्तीमा गाडी मोड्नसमेत धौधौ हुन्छ। 
पहाडी क्षेत्रमा कच्ची ट्र्याक खुल्नेबित्तिकै स्थानीय प्रशासनबाट 'अस्थायी अनुमति' वा 'पटके अनुमति' लिएर गाडी गुडाउने नियम पनि छ। प्रमुख जिल्ला अधिकारी संयोजकत्वको यातायात व्यवस्था समितिले अस्थायी अनुमति दिन्छ। बढी खेलोफड्को यही पटके अनुमति लिनमा हुन्छ। कतिसम्म कच्ची सडकमा कस्तो सवारीलाई अस्थायी अनुमति दिने भन्ने नै निर्क्यौल छैन। अनुमतिबेगर गाडी कुदाउँदा पनि त्यस्तो समिति कारबाही गर्न सक्दैन। यसले नै बसभन्दा साँघुरो सडकमा बेपरवाह गाडी कुदिरहेका भेटिन्छन्।
विभागका महानिर्देशक दाहालले छोटो, मध्यम र लामो गरी सबैमा कडाइसाथ रुट पर्मिट हेरेर दोषीमाथि कारबाही गरिने बताए। 'अब चुप लागेर बस्न हुँदैन,' उनले भने, 'दोषी देखिएका सबैलाई ऐनअनुसार अधिकतम कारबाही गर्न भनेका छौं।' उनका अनुसार देशका विभिन्न स्थानबाट कारबाहीको जानकारी आइरहेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाटै कडाइसाथ चेकिङ थालिसकेको छ। महाशाखाका अनुसार दुई दिनमै २० भन्दा बढीलाई कारबाही गरिएको छ। तीमध्ये तीनवटा सवारीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। 
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार उपत्यका प्रवेश गर्ने विभिन्न नाकादेखि भित्री सडकमा समेत सवारीको रुट पर्मिट जाँच्न थालिएको छ। 'मुख्य नाकामा पर्मिट नभएका सवारी पाइए जरिवाना तिराएर तुरुन्तै सवारीलाई फिर्ता पठाउन थालिएको छ,' उनले भने, 'भित्री सडकमा पनि चेकिङका क्रममा पर्मिट नै नलिई सवारी कुदाइरहेको पाउन थालिएको छ।' 
उनका अनुसार चेकिङका क्रममा छोटो रुटको अनुमति लिएकाले पनि लामो रुटसम्म चलाउने गरेको, एकातिरको पर्मिट लिएर अर्कातिर कुदाउने गरेको, अस्थायी पर्मिट लिएकाले समेत लामो समय कुदाउने गरेको लगायत समस्या भेटिन थालेका छन्। 
'विगतमा चेकिङका क्रममा पर्मिट नपाइए चालकले एकपटकका लागि मात्र आएको, अत्यावश्यक परेर सामान ल्याउनुपरेको लगायत बहाना बनाउँथे,' उनले भने, 'हामी पनि पहिलोपटक त होला भनेर छाडिदिन्थ्यौं। अब कुनै पनि बहानामा पर्मिट नभएकालाई छुट दिइनेछैन।'


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस