इलाम- मेचीका चार जिल्लामा तीन वर्षभित्रै ९ सय २० सवारी दुर्घटना भएका छन्। दुर्घटना हुने क्रम रोकिएको छैन। ती दुर्घटनामा ज्यान गुमाउने तीन सय ४० जना छन्। घाइते हुने १ हजार ७९ जना। अध्ययन गर्दा तीन पक्षका यी प्रवृत्ति दुर्घटनाका प्रमुख कारण देखिन्छन्– सवारीधनीको पैसाका निम्ति अटिनअटी यात्रु कोच्ने, गाडी चढेपछि यात्रुको सुरक्षा ख्याल नगर्ने र प्रहरीको आँखामा छारो हाल्दै फाइदा लिने।दुई वर्षअघि ताप्लेजुङको ढुंगेसाँघुमा ट्याक्टर पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भयो। पाँच जना घाइते भए। ट्राफिक प्रहरीलाई सदरमुकाम फुङ्लिङदेखि घटनास्थल पुग्न झन्डै पाँच घन्टा लाग्यो। पार्टपुर्जा खोलेर तमोर तारेपछि फेरि जोडेर गुडाइएको ट्याक्टर चढ्दा यात्रु सचेत थिएनन्। चढ्नु बाध्यता थियो, लड्दा मृत्यु भयो।
हरपल चनाखो हुनुपर्ने यात्रामा सवारीधनी स्वयं मृत्युको सिकार बनेका छन्। इलाम, चमैता–४ का युवराज बराइली डेढ वर्षअघि मेची राजमार्गको बाघखोर–भालुपानी खण्डमा जिपबाट खस्दा अचेत भए। वैदेशिक रोजगारीमा कमाएको पैसाले एक साताअघि किनेको जिपमा सहचालक भई झुन्डिएर यात्रा गर्दा लडेका उनी कालोपत्रे सडकमा बजि्रएका थिए।
प्रहरीलाई छलेर जिपको पछिल्तिर र छतमा यात्रु कोच्ने प्रवृत्ति रोकिएको छैन। चौकीनजिक पुगेपछि गाडी रोकी झुन्डिएका र छतका यात्रु झार्ने तर चौकी नाघेपछि पर्खिएर उनीहरूलाई फेरि त्यहीँ राखी यात्रा गराउन चालक, सहचालक र सवारीधनी सक्रिय छन्। ‘सिटमा मात्रै राख्दा पोस नआउने' भन्दै भेटेसम्मका यात्रुलाई गाडीमा कोच्ने प्रवृत्तिले दुर्घटना हुन्छन्। सिट भरिँदासमेत छतलाई यात्रु पर्खेको देखिन्छ।
‘गाडीको लगानी उठाएर नाफा कमाउन सवारीधनी धेरै नै लोभी देखिन्छन्,' इलामस्थित ट्राफिक कार्यालयप्रमुख टाइम शिवाकोटी भन्छन्, ‘नियम बुझेर पनि नबुझेजसो गर्दै धेरै यात्रु चढाउन खोज्नु उनीहरूको पुरानो रोग हो।' क्षमताभन्दा बढी यात्रु राखेर गुड्ने सवारीसाधनलाई बेला–बेला जरिवाना गराइए पनि त्यो प्रवृत्ति पूरै अन्त्य नभएको उनी स्विकार्छन्। प्रहरीको अनुपस्थिति भएका सडकमा नियम पालना गर्दैनन्।
दुर्घटना नरोकिनुमा यात्रुलाई दोष दिने पनि नभएका होइनन्। ग्रामीण भेगमा चल्ने सवारीसाधनको संख्या थोरै हुँदा झुन्डिएर र छतमा बसेर यात्रा गर्नुपर्ने बाध्यता औंल्याउँदै राँकेका एक सवारीचालक भन्छन्, ‘गाउँमा दिनभरिमा एक/दुईटा गाडी गुड्छन्, जसरी पनि यात्रा गर्न चाहने यात्रुको जिद्दीले छतभरी राखेर नकुदाई हुँदैन।'
घुमाउरो सडक र चालकको लापरबाहीले धेरै दुर्घटना हुने जनाउँदै पुर्बेली जिप तथा ट्याक्सी व्यवसायी संघ अध्यक्ष ग्रीष्म सुब्बा दुर्घटना न्यून गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउँछन्। ‘चालकले पनि चाहेर दुर्घटना हुने होइन, कहिलेकाहीँ गैरजिम्मेवार बन्दा त्यस्तो हुने हो,' सुब्बा भन्छन्, ‘यात्रु, स्टाफ, ट्राफिक सचेत भए स्थिति सुधार हुन्छ।' गैरजिम्मेवार चालक र सवारीधनीले गर्दा अचेल राम्राले पनि दोष पाइरहेको ठान्छन् उनी।
यातायात व्यवस्थापन कार्यालय, झापाका प्रमुख जयप्रसाद घिमिरेका अनुसार मेचीमा मात्रै ७३ हजारभन्दा धेरै सवारीसाधन दर्ता छन्। अन्यत्रका कार्यालयमा दर्ता भई चार जिल्लामा गुड्ने सवारीसाधनसमेत निकै छन्। सडक विस्तारको तुलनामा सवारीसाधनको संख्या थपिने क्रम तीव्र भएकाले दुर्घटना बढिरहेको घिमिरे बताउँछन्। सवारीधनी, चालक, यात्रु र ट्राफिक प्रहरी थप जिम्मेवार हुनुपर्ने उनको सुझाव छ।
घिमिरेले मेचीमा बस, ट्रक, मिनिबस २ हजार ३ सय १३, जिप, भ्यान, माइक्रो ४ हजार ९ सय ११, ट्याक्टर ४ हजार ५ सय ५० र मोटरसाइकल, स्कुटर ६१ हजार ८ सय ५८ वटा दर्ता भएको बताए।
चालक अनुमति पत्र नलिने, क्षमताभन्दा धेरै यात्रु बोक्ने, मापसे गरेर सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने चालकबाट दुर्घटना धेरै हुने पाँचथरस्थित ट्राफिक प्रहरीप्रमुख कुमार फुँयाल बताउँछन्। ब्रेथलाइजर लिएर ठाउँठाउँमा गस्ती गर्दासमेत मापसे गर्ने चालक भेटिने उल्लेख गर्दै उनी ट्राफिक नियमप्रति सबैलाई जिम्मेवार बन्न आग्रह गर्छन्।
दरबन्दीबमोजिम जनशक्ति नहुँदा सवारी चाप नियन्त्रणमा कठिनाइ भइरहेको ताप्लेजुङस्थित ट्राफिक हवल्दार उदय दुलाल बताउँछन्। ताप्लेजुङमा ९ जनाको दरबन्दी भए पनि अहिले ६ जना ट्राफिक मात्र छन्। ५० गाविस रहेको उक्त जिल्लाका आधाजसो गाविसमा कच्ची सडक विस्तार भइसकेको छ। उता, चालक र सवारीधनीबाट गोप्य रुपमा पैसा बुझेर ट्राफिक प्रहरीले नै नियमविपरीत चलाउन दिने आरोप लाग्दै आएको छ।