सोलुुखम्बु—सोलुुखम्बु जिल्लाको खुम्जुङ–७ स्थित आमादब्लम् हिमालमा सोमबार गएको हिमपहिरोमा परी एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ६ बजेको समयमा गएको हिमपहिरोमा परी जुभिङ्–३ निवासी २६ वर्षीय देण्डी शेर्पाको ज्यान गएको हो। हिमपहिरोमा परी स्विट्जरल्याण्डका नागरिक ४२ वर्षीय हान्स रुडोलेफ्को ढाड भाँच्चिएको र स्विट्जरल्याण्डकै ३५ वर्षीया टीना रफेला ग्राफ सामान्य घाइते भएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ भने मृतक देण्डी शेर्पाको शव लुक्ला ल्याइएको छ।
यस्तै, हिजै सोलुखुम्बुको नाम्चे–९ स्थित क्याजरी हिमाल आरोहणका क्रममा लेक लागेर एकजना इटालियन नागरिकको मृत्यु भएको छ। ६१८६ मिटर उचाइको सो हिमाल आरोहणका क्रममा सोमबार बिहान करिब ९ बजे एक्कासि बेहोस भएका इटालियन नागरिक ५९ वर्षीय रोबर्ट ग्यासरीको मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
थाम्सेर्कु ट्रेकिङ प्रालि काठमाडौँमार्फत आएका उनको शव हेलिकप्टरमार्फत लुक्ला ल्याएर आजै काठमाडौं लगिएको छ। रासस