दसैंयता सवारी दुर्घटनामा २८३ को ज्यान गयो
१६ कार्तिक २०७१
•
१८ मिनेट पाठ
दसैंयता सवारी दुर्घटनामा २८३ को ज्यान गयो
काठमाडौं- जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ।
शुक्रबार राति इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको बस यात्रुलाई मकवानपुरको बस्तीपुर पुग्नु एकछिन अघिसम्म पत्तो थिएन, जिन्दगी केही बेरमै समाप्त हुँदैछ।
त्यही बेला महेन्द्र राजमार्गको फराकिलो सडकमा ना४ख ५४४८ नम्बरको बस तीव्र गतिमा पूर्व हानिइरहेको थियो। चालक चितवनको रामनगरदेखि नै बस मालिकसँग झोक्किएका थिए। त्यसमाथि मदिराले ह्वात्तै बढाइदिएको उत्तेजना उनी एक्सिलेरेटरमाथि पोखिरहेका थिए।




यही उत्तेजना र रिसको झोकमा आँखा नदेखेका चालकले इलामबाट आउँदै गरेको बसमा आफ्नो गाडी ड्याम्मै जोते।
दुर्घटनामा दुवै बसका गरी १० जनाको मृत्यु भयो, ३२ घाइते भए।
जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ, तर फगत एक व्यक्तिको लापरबाही र गल्तीले १०–१० जना निरपराधको ज्यान जाने अवस्थालाई रौं बराबरको फासला मान्न सकिन्न। यो वर्षौंदेखि खप्टिँदै आएको सडक अनुगमन निकायको कमजोरी र कानुनी दण्डहीनताको उपज हो।
मकवानपुर दुर्घटनामा ज्यान गुमाएका इलामका ६ जना विद्यार्थी काठमाडौं जान हाँस्दै–नाच्दै बस चढेका थिए। उनीहरू राजधानीमा क्याम्पस पढ्दै थिए। दसैं–तिहारमा घर आएका उनीहरू छुट्टी सकिएपछि फर्किंदा लापरबाह चालकको सिकार भए।
यो घटनापछि इलाम शोकमा छ। आइतबार दिउँसो एकै दिन चार जनाको अन्त्येष्टि गर्दा माइखोलामा २ हजार ५ सय मलामी आएका थिए। शोक मनाउन बजार र स्कुल सोमबार बन्द गरिने भएको छ।
'जन्मेपछि मर्नु अनौठो होइन, तर यस्तो त्रात्रसदीपूर्ण मृत्यु शत्रुले पनि भोग्न नपरोस्,' मकवानपुर दुर्घटनामा सन्तान गुमाएका इलामेली अभिभावक भन्दै थिए, 'पढ्न पठाएका छोराछोरी दुर्घटनाले रगतपच्छे हु“दै मरेको देख्नुपर्यो्।'
यसअघि असोज २० गते डोटीको छतीवनमा भएको सवारी दुर्घटनाले पनि सिंगो गाउँ शोकमा डुबाएको थियो। सरस्वतीनगर गाउँकै २० जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए। दिन जति बिते पनि त्यो घाउबाट सरस्वतीनगरबासी अझै छट्पटाइरहेकै छन्।
दसैंको घटस्थापनादेखि आइतबारसम्म ३९ दिनमा देशभरका दुर्घटनाको तथ्यांक केलाउने हो भने सवारी अनुगमनको कमजोरी र दण्डहीनताले कति भयानक स्थिति ल्याइसकेछ भन्ने अझ छर्लंग हुन्छ, जहाँ मुटु चिरिने छट्पटी र आँसुको भेल थामिनसक्नु छ। 
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार डेढ महिनाभन्दा कम अवधिमा देशभर १ हजार ८३ सवारी दुर्घटना भएका छन्। त्यसमा २ सय ८३ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी गम्भीर घाइते भएका छन्। सामान्य घाइते हुनेको संख्या हजार नाघेको छ। ज्यान गुमाउनेमा चार जना काठमाडौंभित्रकै घटनामा परेका हुन् भने बाँकी काठमाडौं बाहिर।
दुर्घटनाको यति विकराल स्थिति यसपालि मात्र देखिएको होइन।
गत वर्ष पनि घटस्थापनादेखि छठसम्म देशभरका ७ सय ५५ दुर्घटनामा १ सय ७९ जनाले ज्यान गुमाएका थिए। ट्राफिक प्रहरीले पोहोरको दुर्घटना दर हेरेर यसपालि दसैं–तिहारमा कडा सवारी अनुगमन गर्ने दाबी गरेको थियो। त्यसअनुरुप ट्राफिक परिचालन गरिएको पनि बताएको थियो। नतिजा भने ठिक उल्टो आयो। दुर्घटना संख्या पोहोरभन्दा बढी भयो, ज्यान गुमाउने पनि बढे।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारी हरेक दिनजसो देशका विभिन्न स्थानबाट दुर्घटनाका खबर आइरहेको बताउँछन्।
'दुर्घटनामा कमी ल्याउन सरकारले विभिन्न पहल थाले पनि दिनहु“ बढेका बढ्यै छन्,' उनले आइतबार नागरिकसँग भने, 'चाडबाडको समय चालकदेखि बस व्यवसायीमा बढी पैसा कमाउने लोभ हुन्छ, उनीहरू क्षमताभन्दा बढी यात्रु कोच्छन्, बेपरबाह हुइँक्याउँछन्। बढी दुर्घटना हुनुको कारण यही हो।'
दसैंयता भएका सबैजसो दुर्घटनामा चालक र व्यवसायी नै बढी दोषी देखिएको उनले बताए।
यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना असोज २० गते भएको थियो। डोटीको छतिवनमा बस खस्दा दसैं मनाएर घरबाट हि“डेका ३० जनाको मृत्यु भएको थियो। कम उमेरका चालकले खराब सडकमा क्षमताभन्दा बढी यात्रु राखेर तीव्र रफ्तारमा सवारी हाँक्दा उक्त दुर्घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ।
त्यस्तै, कात्तिक ७ गते नुवाकोटमा भएको दुर्घटनामा १४ जनाको ज्यान गयो। चालकले पत्ता अड्याउने ह्यांगर भाँचिएको बस जबर्जस्ती चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 
प्रहरी प्रवक्ता माधव जोशी पनि तीव्र गति, ओभरलोड र सार्वजनिक सवारीको जा“च प्रणाली कमजोर हुनु दुर्घटनाका कारण भएको बताउँछन्। 'हामीले सबै दुर्घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौं,' उनले भने, 'दोषी देखिएका सबैलाई कारबाही गर्नेछौं।' 
महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र मात्र मासिक औसत चार सय सवारी दुर्घटना हुने गरेका छन्। यो भनेको दैनिक १३ भन्दा बढी हो। यसमा चालक लापरबाही सबभन्दा बढी पाइएको छ। असोजमा ३ सय ४१ दुर्घटना भएकामा चालक लापरबाही ३ सय ११ छ। त्यसअघि भदौमा ४ सय १८ दुर्घटना भएकामा ३ सय ८६ चालक लापरबाहीकै कारण भएका थिए।
महाशाखाले उपत्यकाको सवारी दुर्घटनाबारे गरेको अनुसन्धानले पनि 'तीव्र गति' लाई नै मुख्य कारण बताएको छ। बस, माइक्रोलगायत सार्वजनिक सवारीले 'जिगज्याक' चलाउँदा, लेन अनुशासन मिच्दा, तीव्र गतिमा ओभरटेक गर्दा, गलत ओभरटेक र गलत ढंगले मोड्दा, अरू सवारीलाई बाटो नदिँदा र पेलेर चलाउन खोज्दा बढी दुर्घटना भएको अनुसन्धानको निष्कर्ष छ। उपत्यकामा पहिल्याइएका यी कारण राजमार्गमा भएका सवारी दुर्घटनासँग पनि मेल खान्छन्।
ट्राफिक प्रहरीले आफ्नै अनुसन्धानबाट दुर्घटनाका कारण तथ्यांकसहित पहिचान गरे पनि त्यसको नियन्त्रणमा भने कुनै सफलता हासिल गर्न सकेको छैन। 
महाशाखा प्रमुख अधिकारी फितलो कानुन व्यवस्थाले नै ट्राफिकको हात बाँधिएको जिकिर गर्छन्।
'ट्राफिक नियम उल्लंघन गर्नेलाई एक कप चियाको मूल्य बराबर जरिवाना छ, यो हदसम्मको लचिलो कानुन भएपछि सवारी नियम कसरी पालना हुन्छ?' उनले भने, 'जबसम्म कानुन मजबुत हुँदैन र दोषीलाई कडा सजाय दिने अधिकार हामीसँग हुँदैन, तबसम्म ट्राफिक नियम पालना गर्न कोही गम्भीर हुँदैनन्।'
उनको भनाइमा सत्यता छ। 
सवारी व्यवस्था ऐन २०४९ ले जुन खालको ट्राफिक नियम र सवारी चाप परिकल्पना गरेको थियो, त्यो २२ वर्ष पुरानो भइसक्यो। अहिलेको सवारी चाप र दुर्घटनाको प्रकृति त्योभन्दा भिन्न छ। उक्त ऐनअनुसार नियम पालना नगर्नेले बढीमा २ सय रुपैयाँ तिरेर सजिलै उन्मुक्ति पाउँछन्। तपाईं जतिसुकै तीव्र गतिमा गाडी कुदाउनुस्, दुर्घटना नभएसम्म ट्राफिक प्रहरीले समातिहाले पनि २ सय रुपैयाँमा सजिलै छुट्कारा पाइन्छ। अझ 'जेब्रा क्रसिङ' मा पेलेर पैदल यात्रुको अधिकार मिच्ने सवारी चालकले त जम्मा ५० रुपैयाँ तिरे पुग्छ।
कानुनले दुर्घटनापछिको अवस्थाभन्दा हुनै नदिन कडा प्रावधान राख्नुपर्छ। तर, सवारी नियमनको क्षेत्रमा यो मान्यता पालना भएको छैन। मादकपदार्थ सेवन (मापसे) को घटनामा सबभन्दा बढी हजार रुपैयाँसम्म जरिवाना लिने गरिएको छ। यसका लागि पनि यातायात व्यवस्था ऐनका आधारमा विशेष अधिकार प्रत्यायोजन गरिएको हो। अन्य किसिमका ट्राफिक नियमनमा भने कानुन एकदमै फितलो भएको अधिकारी बताउँछन्।
नियम–कानुनको कतिसम्म धज्जी उडाइएको छ भने, चालकहरू क्षमताभन्दा बढी यात्रु कोच्छन्, अनि ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ जरिवाना बुझाएर चिट बनाउँछन्। त्यही चिटको भरमा खाँदाखाँद यात्रु बोकेर हिँड्छन्। बाटोमा दस ठाउँमा चेकिङ हुँदा पनि कहीँकतै रोकतोक हुन्न।
'२०४९ सालको सवारी संख्या र सडक हेरेर अहिलेसम्म त्यही कानुन कार्यान्वयन गरिराख्नु सान्दर्भिक होइन,' अधिकारी भन्छन्, 'प्रचलित कानुनका दफा संशोधन गरेर कडा प्रावधान लागू नगरेसम्म सवारी चालकलाई जिम्मेवार बनाउन सकिँदैन।' यसका लागि ट्राफिकको हातमा हदैसम्म कारबाही गर्नसक्ने पूर्ण अधिकार दिनुपर्ने र अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
'एसी भएको कोठामा बसेर चिन्तित हुँदैमा दुर्घटना रोकिन्न, कडा कदम चाल्नुपर्छ,' डिआइजी अधिकारीले भने, 'जबसम्म सडकमा ट्राफिक देख्नेबित्तिकै चालकमा डर पैदा हुन्न, तबसम्म दुर्घटना रोक्न सकिन्न।'
ट्राफिक नियमको कडा कार्यान्वयनसँगै लाइसेन्स लिने प्रणालीमा पनि सुधार गर्नुपर्ने उनले बताए। सार्वजनिक सवारी चलाउने अधिकांश चालक सानो उमेरका छन्। उनीहरू शारीरिक र मानसिक रूपले परिपक्व भइसकेका छैनन्। अधिकांश दुर्घटना २७ वर्षमुनिका चालकबाटै भएको अनुसन्धानबाट देखिएको छ।
'सामान्यतया ३५–४० टन तौलको यात्रुवाहक बस सम्हाल्न चालकमा शारीरिक र मानसिक परिपक्वता हुनुपर्छ,' अधिकारीले भने, 'तर, २१ वर्ष उमेर पुगेकै भरमा सार्वजनिक यातायात चलाउने अनुमति दिनु हाम्रो कमजोरी हो।' यो समस्या सुल्झाउन व्यावसायिक र गैरव्यावसायिक सवारी अनुमतिपत्र (लाइसेन्स) मा भेद गरिनुपर्ने उनको सुझाव छ। 
यसको आधार प्रस्ट्याउँदै उनले भने, 'निजी गाडीभन्दा सार्वजनिक सवारी चलाउनेले धेरै यात्रुको जिम्मेवारी बोकेको हुन्छ। उसमा बढी परिपक्वता, जिम्मेवारीबोध र गाडी चलाउने राम्रो खुबी हुनुपर्छ। यसको निम्ति सार्वजनिक सवारीनिम्ति व्यावसायिक चालक अनुमतिपत्र दिने पद्धतिमै सुधार गर्नुपर्छ।'
विकसित देशमा व्यावसायिक र गैरव्यावसायिक सवारी लाइसेन्स लिने प्रक्रिया बेग्लै हुन्छ। नेपालमा भने निजी गाडी चलाउन होस् वा यात्रुवाहक बस, दुवैले दिने ट्रायल एउटै हो। यसले पनि सार्वजनिक गाडी चलाउनेमा अपरिपक्व तन्नेरीको संख्या बढ्दै गएको छ। केही समय गाडीमा सहयोगीको काम गरेर एकैचोटि स्टेयरिङ समात्ने प्रवृत्ति छ।
'उमेर पुगेको आधार मात्र हेर्नुभएन, अलिकति शिक्षित हुनुपर्यो , मानसिक र शारीरिक अवस्थाको विश्लेषण गरिनुपर्योो, पारिवारिक मान्छे हुनुपर्यो , यस्ता आधारमा व्यावसायिक लाइसेन्स दिने हो भने दुर्घटना कम हुनसक्छ,' उनको सुझाव छ, 'व्यावसायिक लाइसेन्सको निम्ति शारीरिक, मानसिक र बानीबेहोरा लेखाजोखा गर्ने कडा परीक्षा लिइनुपर्छ।'
दुर्घटना कम गर्न चालक र यातायात व्यवसायी आफैं पनि सचेत हुनुपर्ने उनले बताए। 'चालकलाई सवारी नियमबारे जानकारी दिनेदेखि कारबाहीसम्म कतै बाँकी राखेका छैनौं,' उनले भने, 'तर, छिसिक्क केही गर्यो् कि उनीहरू चक्काजाम गर्न थाल्छन्, यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्छ।' अब भने यातायात व्यवसायीले चक्काजामकै धम्की दिए पनि पछि नहट्ने दृढता उनले व्यक्त गरे। 
'जेजे रणनीति अपनाउनुपर्छ, अपनाउँछौं। कुनै चालकलाई व्यक्तिगत दुःख दिँदैनौं, तर नियमकानुन मान्ने सवालमा कुनै हालतमा बाँकी राख्दैनौं,' उनले भने।
यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले पनि कारबाहीमा कुनै कसर नछाड्ने बताए। प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार दुर्घटनामा बसचालक तथा मालिकको कमजोरीबारे अनुसन्धान भइरहेको र त्यसैअनुसार ऐनकानुन संशोधनलगायत तयारी भइरहेको उनले जानकारी दिए।
'प्रधानमन्त्री तथा मन्त्रिपरिÈद कार्यालयले दसैं–तिहारमा भएका दुर्घटनापछि सबै पक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो,' उनले भने, 'त्यसैअनुसार दुर्घटनामा बसचालक तथा मालिकको कमजोरी भेटिए रुट पर्मिट नै खारेज गर्नेसम्मको कारबाही गरिनेछ।' उनले दुर्घटना न्यूनीकरणका लागि विभागले अनुगमन तीव्र बनाउने तयारी गरेको समेत बताए।
जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ, तर एक व्यक्तिको लापरबाही र गल्तीले सयौं व्यक्तिको ज्यान जानुलाई रौं बराबरको फासला मानेर चुप रहन सकिन्न। प्रभावकारी अनुगमन र कडाइसाथ कानुन कार्यान्वयनले दुर्घटनाको यो दर कम गर्न सकिने सरोकारवाला अधिकारी स्विकार्छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस