झापा—झापा र इलामको सीमामा पर्ने चुरे क्षेत्रको जंगलमा पछिल्लो समय काठ तस्करी झनै मौलाएको छ। मानव बस्तीभन्दा टाढा रहेका जंगलको भित्री भागमा जथाभावी रुख ढाल्दै तस्करी गर्नेहरुले रजाँइ चलाएको भेटिएको छ।दशैं, तिहार तथा छठ जस्ता चाडपर्वको मौका छोपेर तस्करले जंगलमा रुख ढालेको भेटिएको हो। दुई जिल्लाको सीमामा पर्ने सामुदायिक बनहरु तथा झापाको रतुवामाई वृक्षारोपण आयोजना भित्रका रुखहरुलाई तस्करले निसाना बनाएका हुन्। रतुवामाई वृक्षारोपण आयोजना, मैनाचुली सामुदायिक वन, सतासीधाम सामुदायिक बन तथा पूर्वोत्तर भागमा रहेको दुधे पाटापुर सामुदायिक वन उपभोक्ता समूहको जंगल तस्करका लागि बढी सजिलो बन्दै गएका छन्।
मेची नदी किनारैमा रहेको झापाको बाहुनडाँगी र इलामको जिर्मले गाविसमा फैलिएको दुधे पाटापुर बनमा दशैं पितहारका बीचमा एक दर्जन सखुवाका रुख ढलेको स्थानीयबासी बताउँछन्। 'इलामतिरका मान्छे झापातिर ढाले होलान् भन्ने, झापाले इलामतिर ढाले होलान् भन्ने ताकाताक चल्छ यहाँ', बाहुनडाँगीका युवा नरोत्तम पुरीले भने 'भारतीय तस्करले मेची खोलालाई बाटो
बनाएर यहाँ रजाइँ गर्छन् ।' सुरक्षा निकायको उपस्थिति हुँदै नहुने यो क्षेत्रमा स्थानीय तस्कर र भारतीय तस्करको साँठगाँठ रहेको स्थानीयको भनाई छ।
रतुवामाई आयोजना स्रोतका अनुसार दशैं तिहारका बेला मात्रै जंगलभित्र आधा दर्जनभन्दा बढी सखुवाका रुख चोरी भएका छन्। बिदा अघिसम्म जंगलमा रहेका रुखको बिदापछि ठुटा मात्रै भेटिएको थियो। स्थानीयबासी भने दशैं र तिहारका बीचमा जंगलबाट १५ वटा जति सखुवाको रुख चोरिएको बताउँछन्।
'जंगलभित्र १४–१५ वटा ताजा रुखका ठुटा देखिएका छन्', इलाम चुलाचुलीका रमेश निरौलाले भने 'हाँगाविँगाहरु पनि देखिएका छन्। पहिल्यै ढालेका रुखका जरा सुकेका हुन्छन्।' चाडपर्व, चुनाव तथा आन्दोलन चर्किएको समय वन तस्करका लागि मौका छोप्ने उपयुक्त अवसर हुँदै आएको छ। पहिलो संविधानसभा चुनावयता चुरे क्षेत्रका जंगलमा सयौं रुख तस्करले आफ्नो पञ्जामा पारिसकेका छन्। जिल्ला बन कार्यालय झापाले त 'चुरे क्षेत्र तस्करका लागि सजिलो ठाउँ भएको'
सार्वजनिक रुपमै बताइसकेको छ। 'मान्छेको बसोबास कम्ती भएको कारण र सुरक्षा निकाय पनि हत्तपत्त पुग्न नसकेका कारण ती क्षेत्रमा तस्करलाई सजिलो छ', झापाका वन कार्यालय प्रमुख इन्द्रमणि भण्डारीले नागरिकन्यूजसँग भनेका थिए 'सकेसम्म नियन्त्रण प्रयास हुन्छ । तर, चुरेमा अलि समस्या हुने गरेको छ।'
उनले स्वीकारे झैं तिहार र छठ सकिएपछि काठ तस्करहरुले चाडपर्वका बेला जंगलमा अड्डा जमाएको तथ्यहरु खुल्दै गएका छन्। बिहीबार दिनभरी चुलाचुली क्षेत्रमा गस्तीमा हिँडेको सरकारी टोलीले एकै ठाउँबाट हजारौं मुल्य पर्ने सखुवाको काठ बरामद गरेको छ । सशस्त्र र नेपाल प्रहरीको गस्ती टोलीले पनि बाहुनडाँगी, लखनपुर, सतासीधाम लगायतका क्षेत्रबाट दशैंयता धेरैपटक काठ सहित मान्छे पक्राउ गरिसकेका छन् । यसले पनि चुरे क्षेत्रमा काठ तसकरहरु सक्रिय रहेको देखाउँछ।
रतुवामाई वृक्षारोपण आयोजना, महमाई इलाका वन कार्यालय चुलाचुलीका कर्मचारी र सशस्त्र प्रहरीको पाथिभरा गण लखनपुरको संयुक्त गस्ती टोलीले दक्षिण इलामको चुलाचुलीबाट माटो मुनी गाडेको अवस्थाको टाँचाविहीन सखुवाका काठ बरामद गरेको हो । टोलीले चुलाचुली १ कमल बाट स्थानीयबासीका गाईगोठ,खोल्सा,खेतमा गाडेर लुकाइराखेको अवस्थामा तीस क्युफिट काठ फेला
पारेको रतुवामाई आयोजनाका निमित्त प्रमुख भक्तिप्रसाद गौतमले जानकारी दिए। स्थानीयबासी चाहिँ नचिनेका मान्छेले ल्याएर आफ्रलाई थाहै नदिई काठ लुकाउने गरेको बताउँछन्। चुलाचुली क्षेत्रका जंगलमा प्रत्येक १० मिटरको दुरीमा सखुवाका हरियो रुखका ठुटा मात्र भेटिने गरेको अनुगमनमा गएर फर्केका एक सशस्त्र प्रहरीले बताए । 'खोज्दै जाने हो भने हराएका धेरै रुख
भेटिन्छन् होला', ती प्रहरीले भने 'तर, मिडियामा आउँदा र गुनासो बढ्दा मात्रै अनुगमन गर्ने चलन छ यहाँ । त्यसैले तस्करी हत्तपति रोकिने वाला छैन।