चितवन- कक्षा ३ मा पढ्ने शोभा सापकोटालाई 'फोहरभित्रको छलफल' किताब पढ्न निकै मन लाग्छ। उनको कक्षाकोठाभित्रै अनेक किताबको चाङ छ। नवलपरासी रामनगर–२ को धान्याचल माविका विद्यार्थी कक्षाकोठामै रहेको पुस्तकालयबाट रमाइला पुस्तक पढ्न पाउँदा दंग छन्।
कक्षाकोठाभित्र र्या्कमा मिलाएर पुस्तक राखिएको हुन्छ। यसलाई कर्नर लाइब्रेरी भन्ने गरिएको छ। 'लाइब्रेरी जाने बानी नपरेका साना नानीलाई कक्षाकोठामै पाठ्यपुस्तकबाहिरका किताब पढ्ने बानी बसाउन यसो गरिएको हो,' विद्यालयका सहायक प्रधानाध्यापक तथा लाइब्रेरी शिक्षक रामराज श्रेष्ठले भने। कक्षा एकदेखि तीनसम्म कर्नर लाइब्रेरी राखिएको छ।
विद्यालयमा छुट्टै पुस्तकालय पनि छ। गत वर्ष स्थापना भएको पुस्तकालयमा माथिल्लो कक्षाका विद्यार्थी र शिक्षक पढ्न आउँछन्। 'पाठ्यपुस्तकबाहिरका उपयोगी किताब पढेर ज्ञान बढाउन सकुन् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेका हौं,' पुस्तकालय शिक्षक रामराज श्रेष्ठले भने। पढ्ने बानी बसाल्न पुस्तक सहयोगी भएको उनको भनाइ छ।
अनिता बाह्रघरे कक्षा ६ मा पढि्छन। अतिरिक्त पुस्तक पढ्न थालेसँगै पहिलेभन्दा उनको पढाइमा सुधार आएको छ। 'पुस्तकालयले पढ्ने लत बसाइदियो। सँगसँगै पाठ्यपुस्तक पनि पढ्न थालेपछि परीक्षामा राम्रो गरिन्। अहिले सय विद्यार्थीमा छैटौं हुन्छिन्,' शिक्षक तिलक पौडेलले भने।
रामनगर भुमहीको जगन्नाथ उच्चमाविमा पनि तल्लो कक्षाका विद्यार्थीलाई ख्याल गरेर पुस्तकालय राखिएको छ। 'पुस्तकालय भएपछि विद्यार्थीमा पढ्ने रुचि बढ्छ। सुरुसुरुमा त अभिभावक पनि छक्कै परे। छोराछोरीले पाठ्यपुस्तकभन्दा बाहिरका किताब पढ्दा पढाइ बिगार्ने हुन् कि भन्ने चिन्ता उनीहरूलाई थियो,' शिक्षिका शारदा सुवेदीले भनिन्।
पुस्तकालयका पुस्तक पढ्ने बानी बसेका विद्यार्थीले पढाइमा पनि राम्रो गरेको उनको अनुभव छ। केरबानीको बाबा बर्दगोरिया निमाविमा रहेको पुस्तकालयमा अभिभावकसमेत आएर पढ्ने गर्छन्। विद्यालयका प्रधानाध्यापक गौरीशंकर पाण्डे भन्छन्, 'अक्षर चिन्न नसक्ने अभिभावक छन् भने पनि चित्र भएका किताब हेरेर रमाउँछन्।'
सुनवल निमाविको पुस्तकालयलाई अभिभावकले पनि पुस्तक जुटाइदिने गर्छन्। प्रधानाध्यापक प्रभुप्रसाद कुम्हाल भन्छन्, 'वर्षमा सय, डेढ सय पुस्तक अभिभावकले पनि पुस्तकालयका लागि जुटाइदिनुहुन्छ।' गैंडाकोटको विजय विकास स्रोतकेन्द्रले रुम टु रिड नामक संस्थाको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापनाको अभियान सुरु गरेको हो।
सन् २००७ देखि अहिलेसम्म ३ सय ४ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको स्रोतकेन्द्रको साक्षरता कार्यक्रम संयोजक हरि आर्चाले बताए। स्थापना भएपछि तीन वर्षसम्म केन्द्रले सहयोग गर्छ। त्यसपछि विद्यालयलाई नै पुस्तकालय हस्तान्तरण हुन्छ। नवलपरासीमा कुल ५ सय ५३ सामुदायिक विद्यालय रहेको सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले बताए।