एमबिबिएस छात्रवृत्ति कोटा भर्ना, विवादको घानमा ‘डाक्टर सपना’
१३ कार्तिक २०७१
•
९ मिनेट पाठ
एमबिबिएस छात्रवृत्ति कोटा भर्ना, विवादको घानमा ‘डाक्टर सपना’
काठमाडौं-बुटवलका २० वर्षीय कृष्ण खरालले एमबिबिएस पढ्न गत वर्ष शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकालेका थिए। सानैदेखिको डाक्टर बन्ने सपना पूरा हुने देखेका उनको भुइँमा खुट्टै थिएन।असोजदेखि एमबिबिएसको नयाँ सेसन सुरु भयो। पैसा तिरेर पढ्ने उनका साथी धमाधम कलेज जान थालिसके। धेरैको २० प्रतिशत कोर्स नै सक्किसक्यो। खरालको भने कोर्स त परको कुरा, कुन मेडिकल कलेजमा पढ्ने भन्नेसम्म टुंगो छैन।
‘मैले २०७० पुस १३ मा प्रवेश परीक्षा दिएर पुस १९ गते पूर्ण छात्रवृत्तिमा नाम निकालेको हुँ,’ खरालले बिहीबार नागरिकसँग भने, ‘अझै कलेजको टुंगो छैन, घुँडा धसेर पढ्नुपर्ने बेला हामी स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल चहार्दै बरालिनुपरेको छ।’
रुपन्देहीका हरिशचन्द्र धावल दुई वर्ष कुरेर पोहोर बल्लतल्ल एमबिबिएसको पूर्ण छात्रवृत्ति कोटामा परेका थिए। दुई वर्ष कुर्नुपर्दा उनी एक मनले त हतास भइसकेका थिए। घरपरिवारमा पनि चिन्ता बढेको थियो। तर, उनले लतो छाडेनन्। २०७० को प्रवेश परीक्षामा नाम निकालेरै छाडे। तैपनि उनको हतासा मेटिइसकेको छैन।
कलेजको टुंगो लगाउन दुई महिनादेखि स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलको नित्य चक्कर काट्नुपरेपछि उनी पहिलेभन्दा चिन्तित हुन थालेका छन्।
‘राज्यको लापरबाहीको सजाय हामी भोगिरहेका छौं,' उनले भने।
खराल र धावलजस्ता विद्यार्थी दुई सय जना छन्, जो एमबिबिएसको पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेर पनि पढ्न पाएका छैनन्।

 


मन्त्रालय–काउन्सिल हानथाप


मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय ९केयु० बाट सम्बन्धनप्राप्त कलेजहरूका निम्ति तोकेको विद्यार्थी सिट त्रुटिपूर्ण भएको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले छानबिन अघि बढाएपछि छात्रवृत्ति कोटाका विद्यार्थीको भर्ना अवरुद्ध छ।
शिक्षा मन्त्रालयले काठमाडौं र त्रिभुवन विश्वविद्यालय ९त्रिवि० लाई २र२ सय गरी कुल ४ सय विद्यार्थीलाई एमबिबिएस, बिडिएस र नर्सिङमा छात्रवृत्ति दिँदै आएको छ। यसमध्ये त्रिविअन्तर्गतका मेडिकल कलेजमा छात्रवृत्ति पाएका विद्यार्थीको कलेज निर्क्योल भई पढाइ सुरु भइसकेको छ। केयुअन्तर्गतका मेडिकल कलेजका लागि भने अझै विद्यार्थी कोटा नै यकिन भइसकेको छैन। 
छात्रवृत्ति प्रवेश परीक्षामा पास भएका विद्यार्थीको भर्ना प्रक्रिया अघि बढाउन काउन्सिलले २०७१ भदौ २७ गते सिट निर्धारण गरी परिपत्र गरेको थियो। स्वास्थ्य मन्त्रालयले भने असोज १ गते ‘काउन्सिलले मनोमानी ढंगमा सिट निर्धारण गरेकोु भन्दै सबै मेडिकल कलेजमा विद्यार्थी भर्ना रोक्न काउन्सिललाई पत्राचार गर्‍यो।
यसैअनुसार काउन्सिलले केयुअन्तर्गतका मेडिकल कलेजलाई भर्ना र पढाइ सञ्चालन नगराउन पत्राचार गर्योप। कलेजहरूले भने मन्त्रालयको निर्देशन लत्याउँदै निजी खर्चमा पढ्ने विद्यार्थीलाई धमाधम भर्ना लिइसकेको छ।
स्वदेशी लगानीका निजी मेडिकल कलेजले विद्यार्थी भर्नाको १० प्रतिशत र विदेशी लगानीमा खुलेकाले २० प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ। 
‘हामीले काउन्सिलले तोकेको सिटअनुसार विद्यार्थी छनोट गरी पठाइसकेका छौं,’ शिक्षा मन्त्रालयका सह–सचिव हरि लम्सालले नागरिकसँग भने, ‘शिक्षाले आफ्नो काम गरिसकेको छ, स्वास्थ्यले अड्काएको हो।’
मेडिकल कलेजहरूका निम्ति सिट तोक्ने अधिकार काउन्सिलकै भए पनि स्वास्थ्य मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्न खोज्दा विवाद उत्पन्न भएको सम्बद्ध पदाधिकारी बताउँछन्। काउन्सिलले जथाभाबी सिट वितरण गरेको मन्त्रालयको आरोप छ। काउन्सिलसम्बद्ध स्रोत भने स्वास्थ्यले सिट बाँडफाँटमा आफ्नो भाग खोज्नु नै समस्याको जड भएको बताउँछन्।
‘मन्त्रालयले बिनासित्ति वितण्डा मच्चाएर विद्यार्थीको भविष्य अन्योलमा पारेको छ,’ काउन्सिलका अध्यक्ष दामोदर गजुरेलले नागरिकसँग भने, ‘मन्त्रालयले साँच्चिकै निष्पक्ष छानबिन गरिरहेको छ भने पैसा तिरेर पढ्ने विद्यार्थीको भर्ना लिइँदा पनि किन मौनर?
स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ भने विद्यार्थी सिट तोक्दा काउन्सिलका पदाधिकारीबाट चलखेल भएको उजुरीका आधारमा छानबिन थालिएको बताउँछन्। ‘अध्यक्ष र रजिस्ट्रारले बोर्डको भन्दा आफ्नो व्यक्तिगत निर्णय गरी मनपरी सिट बाँडेको उजुरी परेको छ,’ सचिव श्रेष्ठले भने, ‘त्यही भएर हामीले छानबिन थालेका हौं।’
नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष डा। सुरेश कनौडियाले पनि पूर्ण छात्रवृत्तिका विद्यार्थीका लागि कोटा छुट्ट्याएर नियमित पठनपाठन सुरु गरिसकेको बताए। ‘हामीले छात्रवृत्तिको विद्यार्थी पठाउन शिक्षा मन्त्रालयसँग पत्राचार गरेका छौं,’ कनौडियाले भने।

घानमा विद्यार्थी


काउन्सिल र स्वास्थ्य मन्त्रालयको विवादको घानमा निर्दोष विद्यार्थी परेको खराल बताउँछन्।
‘हामी छात्रवृत्ति कोटाका विद्यार्थीको कलेज यकिन नहुँदै कसरी पढाइ थालियोरुु मेडिकल छात्रवृत्ति पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका खरालले प्रश्न गरे, ‘आफैं खर्च गर्नसक्नेलाई मात्र पढाउने भए छात्रवृत्ति कोटाको नाटक किन?’
यो विवाद लम्बिँदै गए पूर्ण छात्रवृत्तिमा नाम निकालेका २ सय विद्यार्थीको भविष्य अन्योलमा पर्नुका साथै सरकारको ८० करोड रुपैयाँको छात्रवृत्तिसमेत गुम्ने खतरा उत्पन्न भएको उनले उल्लेख गरे। 
गत वर्षकै प्रवेश परीक्षामा पास भएका विद्यार्थी भर्ना टुंगो नलाग्दै शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि मंसिर ६ गते प्रवेश परीक्षा सञ्चालन निर्णय गरेकोमा पनि पीडित विद्यार्थीले आपत्ति जनाएका छन्। सरकारले २ सय जनाको पीडा नमेटिँदै थप २ सयलाई पीडित बनाउने बाटो खनिरहेको उनीहरूको आरोप छ।
‘हरेक दिन मन्त्रालय र काउन्सिल धाउँदा तनाव भइसक्यो,’ काठमाडौंकी प्रजु कार्की भन्छिन्, ‘घरपरिवारले पनि सोधेका सोध्यै गर्छन्, उनीहरूलाई के जवाफ दिने? ’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस