झापा– कोचाकोच यात्रु हाल्ने यातायात मजदुरको बानी तथा त्यसलाई देखेको नदेख्यै गर्ने प्रहरी प्रशासनको कमजोरीले पूर्व–पश्चिमराजमार्गमा चल्ने अधिकांश सार्वजनिक सवारी साधन यात्रुमैत्री छैनन्। मुख्य राजमार्गको सार्वजनिक सावरीमा बेथिति यति उत्कर्षमा छ कि, छोटो दुरीका यात्रुले बसमा सीट पाउने कल्पना नगरे पनि हुन्छ।
शुरुमा सीटमा राख्ने भन्दै यात्रु कोच्ने तर त्यसको व्यवस्थापन बस कर्मचारीले नगरिदिंदा पूर्व पश्चिम राजमार्गको झापा खण्डमा पटकपटक तनावसमेत उत्पन्न भएको छ। तैपनि यातायात मजदुर र व्यवसायीहरुले यो कमजोरी सुधार्ने पहल कहिल्यै गरेका छैनन्। उनीहरुको यो कमजोरीले उत्पन्न गरेको बेथिति यात्रुका लागि ठूलो सकस बन्दै आएको छ। 'बस चढ्ने बेलामा कर्मचारीले सीट मिलाइदिने भन्दै चढाउँछन्', धाइजनबाट दमकसम्म दैनिक बस
यात्रा गर्दै आएका व्यवसायी चिरन ओझा भन्छन् 'तर, हम्मेसी सीट भेटिँदैन। भेटे पनि कोचिएर बस्नुपर्छ ।' सात वर्षदेखि बस चढेर कारोबार गर्ने क्रममा उनले धेरै सास्ती खेपेका छन्।
पैसा तिरेपछि त्यसवापतको सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो। तर, राजमार्गमा चल्ने सवारी साधनले भने उपभोक्ता अधिकारको सधैं हुर्मत लिने गरेका छन्। सोमबार काँकडभिट्टाबाट विराटनगर हिँडेका बाहुनडाँगीका मिलन चौरासे मुनाल यातायातको बस चढे। बसपार्कमा पुग्दानपुग्दै बस कर्मचारीले तान्दै लगेर उनलाई बसमा चढाए। तर, भित्र यात्रु कोचाकोच थिए। सीटबारे सोध्दा उनलाई बस कर्मचारीले सबै यात्रु लोकल भएकाले विर्तामोडमा उत्रने त्यसपछि सीट खाली हुने जवाफ दिएका थिए। उनले १७ किलोमिटर लामो बाटो उभिएरै यात्रा गरे। भाडा भने धुलाबारी नपुग्दै तिरिसकेका थिए। दमकसम्म झण्डै ४९ किलोमिटर पुग्दा पनि उनलाई सीट मिलेन। 'त्यसपछि झगडा गरेर पैसा फिर्ता मागेँ', उनले भने 'त्यसपछि अर्को बस चढेर गएँ।'
मिलन एक जना प्रतिनिधि पात्र मात्रै हुन्। पैसा तिरेर पनि यात्रामा यस्तो सास्ती सहन बाध्य हुने यात्रु राजमार्गमा सयौं हुन्छन्। छिनछिनमा हरेक यात्रुले खेपिरहेको यो सकसलाई प्रहरी वा यातायात व्यवसायी कसैले पनि गम्भीर रुपमा लिएका छैनन्।
झापाको काँकडभिट्टाबाट विराटनगर र धरानका लागि दैनिक छुट्ने र धरान –विराटनगरबाट काँकडभिट्टा आइपुग्ने बसको संख्या नै चार सय भन्दा बढी छ।
त्यसमध्ये मेची बस व्यवसायी संघको अगुवाईमा चलेको सिण्डिकेट मातहतमा झण्डै ३ सय बसले छुट्ने समय लिएका छन् । मेची बस व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र रिजालका अनुसार कनकाई यातायात, मेची यातायात, पूर्वाञ्चल यातायात व्यवसायी संघका बसहरु यताबाट छुट्छन्। त्यस्तै पूर्वी नेपाल बस व्यवसायी संघ विराटनगर, कोशी बस इटहरी, पूर्वाञ्चल यातायात संघ धरान, सप्तकोशी बस धरान, संयुक्त बस व्यवसायी धरान लगायतका बसहरु यता आउँछन्। १ सय २० देखि १ सय ३० किलोमिटर लामो यी रुटमा सीट
पाउने यात्रु 'भाग्यमानी' नै हुनुपर्ने गाडी चालकहरु नै बताउँछन्।
'शुरुमै बस भरिए पनि मान्छे चढ्न खोज्छन्', बस चालक शिव राईको दाबी छ 'हामी त सीटमै राखौं भन्छौं । तर, सधैं हुँदैन ।' धरान–काँकडभिट्टा रुटमा चल्ने उनको बसमा पहिलो प्राथमिकता बसको अन्तिम गन्तब्यसम्मका यात्रुले पाउँछन् । 'बीचमा ओर्लनेले हतपत्त सीट भेट्दैनन', उनको यो स्वीकारोक्तिले पनि यातायातभित्रको बेथिति कर्मचारीका लागि समान्य भइसकेको देखाउन काफी छ।
बस मालिकहरु भने यस्तो भीडभाड चाडपर्वका बेला मात्रै हुने बताउँछन्। 'अहिले मात्रै यस्तो अवस्था छ', मेची बसका उपाध्यक्ष रिजालले थपे 'अरुबेला समस्या हुँदैन।' तर, भुक्तभोगीहरु भने सधैं समस्या आएको सुनाउँछन् । यद्यपि उनीहरुमा पनि सहन गर्ने बानी परिसकेको छ। यात्रुकै मौनताले यातायातकर्मीलाई जथाभावी गर्न बल पुगेको प्रहरीको भनाई छ। 'धेरै वटा यात्रु बसमा आरक्षणका सीट अझै छैनन्, अपांग र महिलालाई अलग्गै व्यवस्था छैन', जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेशकुमार देव भन्छन् 'सीट नपाएको वा दुः ख पाएको गुनासो लिएर यात्रु आउँदैनन् ।' उनले प्रहरीले यात्रुको सुविधा र सुरक्षाका लागि चनाखोपन देखाएको दाबी गरे।