काठमाडौं-उपत्यकाका सडकमा सवारीको मनपरी रोक्न कडा रुपमा प्रस्तुत हुँदै आएको ट्राफिक प्रहरीले मोबाइल चलाउँदै सवारी हुँइकाउने र हेलमेटको फित्ता नलगाई मोटरसाइकल कुदाउने चालकलाई पनि कडा कारबाही गर्ने भएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोबाइलमा कुरा गर्दै सवारी चलाउने र र हेलमेटको फित्ता नलगाउने मोटरसाइकल चालकलाई जरिवानासहित मापसेको जस्तै एकघन्टे सचेतना कक्षा लिनुपर्ने व्यवस्था गर्न लागेको हो।
मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरेपछि सवारी दुर्घटनाको दरमा ९० प्रतिशत कमी आएपछि महाशाखाले दुई साताअघिबाट लेन अनुशासन मिच्ने चालकले पनि सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो। यस्तो व्यवस्थापछि नियम मिच्नेको संख्या स्वात्तै घटेको थियो। महाशाखाले मोबाइलमा कुरा गर्ने र हेलमेटको फित्ता नलगाउनेलाई पनि कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको हो।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार महाशाखाले केही दिनको चेतनामूलक कार्यक्रम चलाउने र त्यसपछि मात्र कक्षा लिनुपर्ने व्यवस्था गर्नेछ। ‘पहिला हामी मोबाइलमा कुरा गर्न नहुने र फित्ता लगाएर मात्र मोटरसाइकल चलाउनुपर्छ भन्ने सन्देश दिन चेतनामूलक कार्यक्रम गर्नेछौं,' उनले भने, ‘केही दिनको चेतनामूलक कार्यक्रमपछि मात्र हामी कारबाहीतर्फ लाग्नेछौं।' उनले सचेतना कक्षा लिने व्यवस्थापछि चालकले नियमको पूर्ण पालना गर्ने क्रम बढ्दै गएको बताए।
महाशाखाका अनुसार केही दिनको चेतनामूलक कार्यक्रमपछि ल्याउन लागिएको सचेतना कक्षामा मोबाइलमा कुरा गर्दै सवारी चलाउँदा भएका दुर्घटनाका भिडियो, फोटो, जथाभावी सवारी रोक्न नपाइने, हेलमेटको फित्ता नलगाउँदा हुने क्षति, अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने, सिट बेल्ट बाँध्नुपर्ने, जेब्रा क्रसिङमा सवारी रोक्नुपर्ने, चालकले मोबाइल प्रयोग गर्न नहुने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढ्न नपाइने, ट्राफिक नियम लगायत कुरा सिकाइन्छ।
डिआइजी अधिकारीका अनुसार मोबाइलमा कुरा गर्दै सवारी चलाउँदा सडक दुर्घटना बढेको, मोबाइलका कारण चालकले जथाभावी सवारी रोक्दा सवारी जाम हुने गरेको, सडकबाट बाहिर वा अन्य लेनमा सवारी जाने क्रम बढेको, अन्य सवारीलाई ठक्कर दिने क्रम बढेकलेे नयाँ व्यवस्था गरिएको हो। ‘सवारी चलाउँदै मोबाइलमा कुरा गर्दा चालकको ध्यान सडकमा भन्दा मोबाइलमा केन्द्रित हुँदा दुर्घटना बढी हुने गरेको छ,' उनले भने, ‘त्यसैले नियमलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सजायलाई कडा बनाउनुपरेको हो।'
सडक तथा ट्राफिक नियमबारे जानकारी भएर पनि उपत्यकाका सडकमा चालकले नियमको बेवास्ता गर्दै जथाभावी सवारी कुदाउन थालेपछि ट्राफिक प्रहरीले नियमलाई कार्यान्वयनमा ल्याउन कडा कदम चाल्दै जान थालेको डिआइजी अधिकारी बताउँछन्। उनका अनुसार महाशाखाले सडकमा देखिएका चालकको ज्यादती रोक्न अन्य नियमलाई पनि कडा बनाउँदै जाने तयारी गरिरहेको छ।
दुई साताअघि सुरु लेन अनुशासनको कारबाहीका कारण अहिले सडकमा लेन अनुसाशन मिच्नेको संख्यामा धेरै कमी आइरहेको महाशाखाले जनाएको छ। महाशाखाको तथ्यांक अनुसार पहिलो एक सातामा कारबाहीमा पर्नेको दर बढी देखिए पनि बिस्तारै संख्यामा कमी आइरहेको छ। महाशाखाले पहिलो एक साता अवधिमा २५ सयभन्दा बढी चालकलाई कारबाही गरेको थियो। तर, दोस्रो साता भने यो संख्या घटेर एक हजार हाराहारी मात्र रहेको छ।