सोलुखुम्बु-काँकुमा चट्याङ लागेर १३ वर्षीया बालिकाको ज्यान गएको छ। हिजो राति करिब ११ बजेतिर परेको चट्याङ लागेर काँकु–७ का १३ वर्षीया बालिका रमिला विश्वकर्माको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।चट्याङ लागेर बेहोस भएका अन्य छ जनाको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ। रासस
अर्को समाचार
चट्याङ लागेर बालिकाको मृत्यु
अर्को समाचार
चट्याङ लागेर बैतडीमा बालिकाको मृत्यु
बैतडी- चट्याङ लागेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ टाँडीखर्ककी १२ वर्षीया निर्मला मडैको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब ४ बजे गाईगोरु चराएर घर फर्कदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए। घरबाट करिब ६ सय मिटर पर रहेको जंगलमा चट्याङ लागेर उनको मृत्यु भएको हो।