छानबिन हुन्छ, सुझाव कार्यान्वयन हुँदैन
२५ असोज २०७१
•
८ मिनेट पाठ
छानबिन हुन्छ, सुझाव कार्यान्वयन हुँदैन
डडेल्धुरा- २०६८ सालमा छतिवन–६ मा ३१ जनाको ज्यान जानेगरी बस दुर्घटना भयो। सरकारले तत्कालै सुदूरपश्चिम क्षेत्रीय प्रशासक आत्माराम पाण्डेयको संयोजकत्वमा ५ सदस्य उच्चस्तरीय छानबिन समिति गठन गर्योघ। समितिले दुई सातामै प्रतिवेदन बुझायो।६ वर्षअघि डडेल्धुराको सल्लाघारीमा २४ जनाको ज्यानजाने गरी मिनिबस दुर्घटना भयो। सरकारले भोलिपल्टै तत्कालीन क्षेत्रीय प्रशासकको संयोजकत्वमा छानबिन समिति गठन गर्योे। एक महिनापछि समितिले प्रतिवेदन बुझायो।
दुवै समितिले सडक सुधारदेखि ट्राफिक नियम सुधारसहितका सुझाव दिए। तर, ती प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएका छैनन्। 'छानबिन समिति बन्छन्, प्रतिवेदन बुझाउँछन् तर कार्यान्वयन हँुदैन।' सभासद नरभाम कामीले भने, 'सरकारले तत्काल जनतालाई सान्त्वना दिनमात्रै समिति बनाउने गरेको छ।'
क्षेत्रीय प्रशासक पाण्डेय संयोजकत्वको टोलीले सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालना गराउनुपर्ने, टाइमकार्ड लगाउनुपर्नेलगायत १२ वटा सुझावसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको दुई वर्ष हुन लाग्दासमेत कार्यान्वयन भएको छैन।
२०५२ सालमा सेतीनदीमा बस खस्दा पनि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले प्रतिवेदन दियो तर त्यसको पनि कार्यान्वयन भएन।
छानबिन समितिका प्रतिवेदन पनि केवल चालक र बाटोलाई मात्रै दोष दिने खालका छन्। अहिलेसम्म कुनै पनि प्रतिवेदनमा सतही रुपमा छानबिन नभएको यातायात व्यवसायीको आरोप छ। 'खाली ड्राइभर र सडकलाई मात्रै दोष दिने काम भइरहेको छ।' उग्रतारा यातायातका अध्यक्ष धर्मराज बडुले भने, 'छानबिन आयोगका नाममा पैसामात्रै खर्च गर्ने काम भइरहेको छ। पीडितलाई राहत दिने किसिमले छानबिन गर्नुपर्ने हो।'
पछिल्लोपटक सोमबार छतिवनमा भएको बस दुर्घटना छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ। भौतिक योजना मन्त्रालयका सहसचिव रवीन्द्रनाथ श्रेष्ठको संयोजकत्वमा पा“च सदस्यीय समिति गठन गरिएको हो।
समितिमा सडक विभागका प्रतिनिधि एकजना, यातायात विभागका एकजना, यातायात व्यवसायी संघबाट एकजना र ट्राफिक प्रहरीबाट एकजना प्रतिनिधि रहने छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ।
सुदूरपश्चिममा ६ वर्षको अन्तरालमा ५ वटाभन्दा बढी उच्चस्तरीय दुर्घटना छानबिन समिति बनिसकेका छन्। क्षेत्रीय प्रशासक पाण्डेयको आयोगले कच्ची सडकमा जथाभावी अनुमति नदिन, सडकको क्षमता हेरेर मात्रै सवारी साधनलाई अनुमति दिन र खाल्टाखुल्टी भएको सडकलाई तत्काल मर्मत गर्न सिफारिस गरेको छ। कतिपय छानबिन समितिले राम्ररी छानबिनसमेत गरेका थिएनन्। जिल्ला र अञ्चलस्तरबाट हुने छानबिनको तथ्यांक नै छैन। घटनामा परेकाप्रति छानबिन आयोग कहिल्यै नबोलेको पीडितको गुनासो रहँदै आएको छ।
क्षसरकारले तत्काल जनतालाई सान्त्वना दिनमात्रै छाबिन समिति गठन गर्ने गर्छ। उग्रतारा यातायातका अध्यक्ष धर्मराज बडुले भने, क्षप्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने हो भने केही हदसम्म दुर्घटना घट्न सक्छ।'
छानबिनका नाममा उल्टै राज्यको स्रोत खर्च भइरहेको छ नागरिक समाजका अध्यक्ष लक्षमणबहादुर बुढायरले बताए। भने, क्षछानबिन आयोग बनाउने काम मात्रै हुन्छ, सरकार दुर्घटना भएको बेलामात्रै सरकार जर्मुराउँछ, त्यसपछि समितिको प्रतिवेदन कार्यान्वयन गर्नसमेत चासो देखाउँदैन।'
समितिले क्षमताभन्दा बढी यात्रु चढाउने गाडी सञ्चालकलाई कारबाही गर्नुपर्ने, बाटोमा सवारी जाँच कडा बनाउनुपर्ने, सडकको नियमित मर्मत–सम्भार हुनुपर्ने, दुर्घटनामा जिम्मेवार देखिएका व्यक्तिहरुलाई तत्काल कारबाही गर्नुपर्नेलगायत सुझाव बुझाएका छन् तर कुनै पनि कार्यान्वयन हुन सकेको छैन।
नवगठित समितिलाई डोटीमा भएको जस्तो बस दुर्घटना मुलुकभर कहीं पनि दोहोरिन नदिन सरकारले चाल्नुपर्ने कदमबारे सुझावसमेत दिन भनिएको छ।
सुदूरपश्चिममा गत वर्षको साउनदेखि हालसम्म सडक दुर्र्घटनामा ज्यान गुमाउनेको संख्या १ सय ४० पुगेको छ। क्षेत्रीय ट्राफिक कार्यालय कैलालीले एक वर्षमा १ सय १४ दुर्घटनामा १ सय ४० जनाको मृत्यु भएको जनाएको छ। सुदूरपश्चिममा भएका दर्जन ठूला दुर्घटनामा सरकारले छानबिन समिति गठन गरेको छ। सबै समितिले कारबाहीसहितको सिफारिस गरे पनि कार्यान्वयन भएको छैन।
क्षसरकारले छानबिन समिति गठन गरेर जनतालाई ठग्नुभन्दा पुराना प्रतिवेदन कार्यान्वयनमा मात्रै ध्यान दिए पनि दुर्घटना घट्ने थियो,' सभासद कामीले भने। चालक तथा यातायात व्यवसायी र यात्रुको लापरबाही, बिग्र“दो सडक, दुर्घटनापछि कारबाही नहुनुजस्ता कारणले डडेल्धुरा, धनगढी, भीमदत्त राजमार्गमा मात्रै यति धेरैे संख्यामा मानिसको मृत्यु भएको हो।
दुर्घटना न्यूनीकरणका लागि क्षेत्रीय प्रशासन कार्यालयका संयोजकको नेतृत्वमा गठन भएको छानबिन समिति औपचारिकतामा मात्रै सीमित भएको छ। दुर्घटना कम गर्न ट्राफिक प्रहरीले राजमार्गमा लागू गरेको क्षटाइम कार्ड' पनि अर्थहीन देखिएको छ। सरकारले देशैभरि भएका विभिन्न दुर्घटनामा छानबिन समिति गठन गरेको थियो। अहिलेसम्म कुनै पनि समितिको सिफारिस कार्यान्वयन भएको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस