डडेल्धुरा- २०६९ पुस, छतिवन–६ मा दुर्घटनाग्रस्त बसका चालक थिए, २२ वर्षीय। उनका सहचालक त झन् ११ वर्षीय।
– २०६८ मा छतिवन–८ रुवसकाडामा चालक निदाउँदा दुर्घटना भएको मिनिबस (हायस) हाँकिरहेका थिए, २० वर्षे अनुभवहीन युवकले।
– डोटी छतिवनमा दुई वर्षअघि भएको दुर्घटनामा पनि चालक २४ वर्षका मात्र थिए। सोमबार त्यहीँ दुर्घटना भएको गाडी जोरायलबाट जबर्जस्ती गुडाउने चालक पनि ३० वर्षका मात्र थिए, सडकको अवस्था र बसको आकारअनुसार कमै उमेर र अनुभवी।
सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने अधिकांश बसको स्टेयरिङ कलिला हातले घुमाइरहेका छन्। कोही मोबाइलमा गफिँदै त कोही नजिकै बसेका युवतीसँग मस्कँदै बस हाँकिरहेका हुन्छन्। बसको गति भने कोभन्दा को कम भन्ने होडले तीव्र हुन्छ, बाटोले धान्नै नसक्ने।
कम अनुभव र अपरिपक्व मानसिक अवस्थाका केटौले चालकका लापरबाही अन्ततः नाम मात्रका साँघुरा सडकमा दुर्घटनामा परिणत हुन्छन्।
अनुभवहीन, कलिलो उमेरका चालकले ठूला बस चलाउँदा दुर्घटना बढिरहेको ट्राफिक प्रहरी स्विकार्छन्।
'कलिला ड्राइभरको हेलचेक्र्याइँले दुर्घटना बढिरहेको देखिन्छ,' क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी सूर्यप्रकाश उपाध्याय भन्छन्, 'ठूला बसमा कम उमेरका चालक हुनु पहाडी मार्गमा घातकसिद्ध भएको छ।'
यातायात व्यवस्था कार्यालयबाट पैसाको बलमा अनुभवहीन र कम उमेरकालाई नै ठूला बसका सवारी अनुमतिपत्र (लाइसेन्स) दिएर दुर्घटनालाई निम्तो दिने गरिएको स्वयं पाका चालकको अनुभव छ।
'ठूला बसको दक्ष ड्राइभर बन्न कम्तीमा ७/८ वर्ष अनुभव हुनुपर्छ,' पहाडी जिल्लामा १०/१२ वर्षदेखि बस चलाइरहेका भवानी धामी भन्छन्, 'अदक्षकै कारण ठूला दुर्घटना बढिरहेका छन्।' यातायातले नियमअनुसार 'लाइट' (साना गाडी) को लाइसेन्स लिएको दुई वर्षमै 'हेभी' (ठूला गाडी) को लाइसेन्स दिने गरेकाले ठूला गाडीमा कानुनी रूपमै कलिला चालक बढिरहेको उनी बताउँछन्।
४०/५० सिट क्षमता भएका बसको चालक २०/२२ वर्ष मात्र हुन्छ। डडेल्धुरा–कैलाली भीमदत्त राजमार्गका अधिकांश सवारी दुर्घटनामा कम उमेरकै चालक देखिएको व्यवसायी नै स्विकार्छन्। '१८/२० वर्ष उमेरका युवालाई ठूला बसको लाइन्सेस दिइन्छ,' उग्रतारा यातायातका अध्यक्ष धर्मराज बडू भन्छन्, 'सरकारले २५ वर्षमाथिका व्यक्तिलाई मात्रै लाइसेन्स दिने कानुन बनाउनुपर्छ।'
पहाडी क्षेत्रका घुमाउरो र कच्ची सडकमा अदक्षताकै कारण साना–ठूला दुर्घटना बढिरहेको ट्राफिक प्रहरी बताउँछन्। 'दक्ष चालकले कम पैसामा काम गर्दैनन्,' एसपी उपाध्याय भन्छन्, 'कम तलबभत्तामा राखिएका कलिलो उमेरका ड्राइभरले दुर्घटना बढेको देखिन्छ।'
चालकको अदक्षताको सिकार यात्रु हुनुपर्दा, ट्राफिक के हेरिरहेको छ त?
'५० हजारजति गाडी ३०/३५ जना ट्राफिकले कसरी हेरिभ्याउनू?' उपाध्याय भन्छन्।
यातायात व्यवसायी झन् चालकको उमेरमा ध्यानै दिँदैनन्। कम तलबभत्तामा चालक राखेर बढी कमाउने दाउमा हुन्छन् साहुजीहरू। उग्रतारा यातायातका गाडी हाँक्ने १ सय १६ भन्दा बढी चालक २० देखि २५ वर्ष उमेरका रहेको बडू स्विकार्छन्। 'अनुभवी र पाका ड्राइभर नपाएकाले राख्नुपरेको हो,' उनी भन्छन्।
सार्वजनिक यातायात चलाउने केटौले उमेरका धेरैजसो चालकसँग लाइसेन्स त हुन्छ, तर उनीहरूलाई सामान्य ट्राफिक नियमसम्म थाहा हुँदैन। त्यसो त धेरै कमाउने लोभमा साहुले दिने दबाब दुर्घटनाको अर्काे कारक बन्ने गरेको पाका चालकको अनुभव छ।
'मालिकहरूले बढी यात्रु बोक्न दबाब दिने गरेका छन्,' चालक सुरेन्द्र बोहरा भन्छन्, 'दक्ष भएर पनि के गर्ने? क्षमताभन्दा बढी बोक्नुपर्छ, अनि आफैं दुर्घटनाको सिकार भइन्छ।'
चालकमा परिपक्वता नहुनु, युवा जोशका कारण तीव्र गतिमा कुदाउनु र क्षमताभन्दा बढी यात्रु बोक्नुजस्ता लापरबाहीले दुर्घटना बढाइरहेको ट्राफिक प्रहरीको भनाइ छ।
बस व्यवसायी भने लाइसेन्स दिने कार्यालयको मात्र दोष देख्छन्। 'यातायातले कम उमेरकालाई पनि लाइसेन्स दिन्छ, व्यवसायी आफ्ना चालकलाई ट्राफिक नियम र दुर्घटना न्यूनीकरण सचेतना कहिल्यै गराउँदैनन्,' ट्राफिक प्रहरीको गुनासो छ।
ट्राफिक प्रहरीसँग पनि चालकको उमेर जाँच गर्ने न कुनै नियम छ, न चलन।
कच्ची र खाल्टाखुल्टी भएको सडकमा २० वर्षे ड्राइभरले हावासरि हुइँकाएका बस दुर्घटनामा दिनहुँ निर्दोष नागरिकको ज्यान गइरहेको छ। 'अल्लारे' केटाहरूको कोभन्दा को बढी हाँक्ने भन्ने होडले पनि दुर्घटना निम्तने गरेको २० वर्ष बस चलाएर आराम लिएका जोगबुढाका सकरे कामी बताउँछन्। 'सरकारी कानुन नै कमजोर भएकाले बच्चा ड्राइभर बढिरहेका छन्,' उनले भने, 'यात्रुले पनि छिटो पुग्न दबाब दिँदा चालक दबाबमा पर्ने गर्छन्।'
नागरिक समाजका अगुवा लक्ष्मण बुडायर पनि दुर्घटना बढ्नुमा चालकको उमेरलाई नै बढी दोष दिन्छन्। '२०/२५ वर्ष उमेरमै ठूलो बसका ड्राइभर भएकामा चालकीय ज्ञान नै हँुदैन,' उनी भन्छन्, 'न बाटोको अवस्था हेर्छन्, न बसको।' ४२ सिट क्षमताका बसमा खचाखच यात्रु भरेर हुइँकिने चालक परिपक्व र अनभुवी हुनुपर्ने उनको भनाइ छ। 'चालक र साहुको लोभी मनले पनि धेरै दुर्घटना हुने गरेको छ,' उनले भने।
उग्रतारा यातायातका महासचिव पदमराज जोशी पनि 'जस्ता छन्, त्यस्तैबाट काम चलाउनुपर्दा दुर्घटना बढिरहेको' स्वीकार गर्छन्।