गुल्मी– गुल्मीको हस्तिचौर २ हर्पुकोटमा एक ब्यक्तिको शव फेला परेको छ। हर्पुकोट देउराली देखि हर्पुकोट स्कूल जाने बाटोको बिचमा हस्तिचौर–४ उजुङका ३५ बर्षिय गणेश भनेर चिनिने भिमबहादुर विश्कर्माको शव फेला परेको प्रहरी निरिक्षक महेन्द्र नेपालले बताए।विश्वकर्माको शव सडक देखि २ मिटर तल झाडीमा खसेको स्थानीय शेरबहादुर कुँवरले जानकारी दिए । उनको निधनको कारण खुल्न सकेको छैन्।
उनलाई बुधबार दिउँसो खरबारीमा घाँस काट्न जाँदै गरेकी महिलाले देखेर प्रहरीलाई खबर भएको थियो । उनलाई बुधबार बिहान १० बजे सम्म स्थानीयले जिवितै देखेको बताएका छन् ।
उनलाई बुधबार दिउँसो खरबारीमा घाँस काट्न जाँदै गरेकी महिलाले देखेर प्रहरीलाई खबर भएको थियो । उनलाई बुधबार बिहान १० बजे सम्म स्थानीयले जिवितै देखेको बताएका छन् ।