छत्तिवन (डोटी)-कैलाली खानीडाँबाट बुबाले दसैंको टीका लगाउन आउनु भनेपछि सोमबार बिहान सरस्वतीनगर–६ का कृष्णराज भण्डारी दुई छोरासहित जोरायलको चमकट्टेबाट बस चढे। तर, उनले बुबाको हातबाट टीका लगाउन पाएनन्।छतिवन–५, कफलकट्टेमा भएको बस दुर्घटनामा जेठो छोरासहित उनको ज्यान गयो। कान्छो छोरा गम्भीर घाइते भएका छन्। ‘उनलाई दागबत्ती दिने पनि कोही छैन,' सरस्वतीनगर–५ का बमबहादुर रावलले भने, ‘श्रीमतीलाई अहिलेसम्म होस आएको छैन, बचेको छोराको पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ।'
उपचारका लागि हिँडेका लक्ष्मीनगर–५ का टेकराज गिरीले श्रीमतीसँगै दुर्घटनामा ज्यान गुमाए। आठ वर्षीया छोरी अस्मीता गम्भीर घाइते भएकी छन्। उनको कैलाली अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। ‘किरिया पनि आफन्तले गरिदिनुपर्ने भएको छ,' अस्मिताकी फुपू सीता गिरीले भनिन्, ‘एक्ली छेारी आमाबुबा खोज्दैछे।'
सरस्वतीनगरका चार परिवारका एकजना पनि बाँचेनन्। आधा दर्जन परिवारमा पुरुष मान्छे कोही छैन। बाँचेका पनि गम्भीर अवस्थामा अस्पतालमा छन्। दर्जनौं व्यक्ति अंगभंग भएका छन्। धेरै परिवारका बाँचेका सदस्य किरिया गर्नसक्ने अवस्थामा छैनन्।
दुर्घटनामा ज्यान गुमाएका सरस्वतीनगरका सबैको सामुहिक दाहसंस्कार गरिएको छ। पुरुषजति सबै बसको छतमा भएकाले बढी क्षति भएको स्थानीयले बताए। अत्तरियास्थित पद्मा अस्पताल र सेवा नर्सिङहोममा उपचार गराइरहेका बालबालिका आमाबुबा खोजीरहेका छन्।
छत्तिवन–५, कफलकट्टेमा सुदूरपश्चिम यातायातको ना३ख ५७०७ नम्बरको बस दुर्घटना हुदाँ सरस्वतीनगर गाविसका १९ जनाले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी घाइते छन्।
चिनेजानेकै मान्छेको बसमा जान पाइने भएपछि अधिकांश गाउँले दसैंकै टीका लगाउन तराई झरेका थिए। कतिपय त घरमा ताला नै लगाएर हिँडेका थिए। भोलिपल्ट फिर्ता हुने भन्दै निस्किएका सरस्वतीनगर–६ का भूमिराज भण्डारीको पूरै परिवारको एकैचिहान भएको छ।
‘दैव पनि कति निष्ठुरी गाउँमै काल लिएर आयो,' काका गुमाएका बमबहादुर रावलले भने, ‘धेरैको वंशै नाश भयो।' गाउँमा अहिले रुवाबासी चलिरहेको छ। अधिकांश महिला बेहोस छन्। सरस्वतीनगरमा सोमबार साँझदेखि कसैको चुलो बलेको छैन। अधिकांश घरमा महिलामात्रै बाँकी छन्।
‘अधिकांश घरमा काजकिरियाको काम महिलाले गरेका छन्,' सरस्वतीनगर–६ कै उमेश साउदले भने, ‘पुरुषजति दुर्घटनामा परे, बाँचेहरु बोल्न पनि नसक्ने अवस्थामा छन्।'