इलाम- असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका इलाम कारागारका ११ जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ। कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार दसैं अवसरमा उनीहरुलाई आइतबार कैद मिनाहा गर्दै मुक्त गरिएको छ।इलाम कारागारबाट कैद माफी पाउनेमा कर्तव्य ज्यान मुद्दाका दुई, ज्यान मार्ने उद्योगका चार, बहुविवाहका तीन, सवारी ज्यानका एक र डाँका मुद्दाका एक जना कैदी छन्। उनीहरुलाई बिहान ११ बजे एक कार्यक्रमबीच कारागारबाट मुक्त गरिएको हो।
जेलर दूर्गा दुलालका अनुसार, कैद माफी पाउनेमा कर्तव्य ज्यान मुद्दाका मेचीनगर–८, झापाका एकराज गिरी र फुङ्लिङ–७, ताप्लेजुङका खड्ग काम्वाङ लिम्बु छन्।
ज्यान मार्ने उद्योग मुद्दामा सजाय भोगिरहेका काठमाडौं महानगरपालिका-१७, का गौतम महर्जन र सुरज ढकाल, धरान-१५, सुनसरीका निष्चल बुढाथोकी र सुनाकोठी-८, ललितपुरका दीपक बान्तवाले माफी पाएका छन्।
यस्तै, बहुविवाह मुद्दामा सजाय भुक्तान गरिरहेका इलाम चमैंता-२ का कर्णबहादुर गुरुङ, माइपोखरी-४ का निरबहादुर राई र माइपोखरी-७ कि सरिता राईको बाँकी कैद पनि मिनाहा गरिएको छ।
डाँका मुद्दाका गिण्डी-४, ललितपुर निवासी गोपाल अधिकारी र सवारी ज्यान मुद्दाका कनौठा-४, सप्तरीका दीपसन चौधरीसमेत कारागार मुक्त भएको जेलर दुलालले बताए।