काठमाडौं- लुम्बिनी हुँदै मुस्ताङ पुगिने रुटलाई 'सिल्क रोड युनेस्को विश्व सम्पदा सूची' मा राख्न प्रस्ताव गरिने भएको छ। तर यसका लागि सिल्क मार्गको शाखा लुम्बिनी–मुस्ताङ हो भन्ने प्रमाण ४ वर्षमा भेटिनुपर्नेछ।
नेपालसहित तीन देशले सन् २०१८ सम्म दक्षिण एसियाली अन्तरदेशीय सिल्क मार्गमा आआफ्नो क्षेत्र मनोनयन गर्ने भएपछि यो रुट नेपालले मनोनयनमा लाने तयारी गरेको हो। 'दक्षिण एसियाली सिल्क रोड मनोनयन रणनीति' दुईदिने कार्यशालापछि यस्तो निर्णय लिइएको हो। प्राचिन व्यापारिक सिल्क रोडको शाखा मार्गका रुपमा आफ्नो देशमा रहेका ठाउँ अध्ययन गरी २०१७ डिसेम्बरसम्म ड्राफ्ट नोमिनेसनमा लगेर एक वर्षमा विश्व सम्पदामा राख्न सिफारिस गरिने कार्यशालाले निर्णय गरेको छ।
चीनको उपस्थिति नरहे पनि चीनले तयारी गरिरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। तर कार्यशालामा उपस्थित भुटानबाट भने तयारी नपुगेको जनाउँदै सो समयमा काम गर्न नसक्ने भनाइ आएको उनले जानकारी दिए। उनका अनुसार नेपालभित्र गरिएको अध्ययनमा स्मारक र स्थलका लागि अन्तर्राष्ट्रिय परिषद (इकोमस) ले पनि नेपालमा सिल्क रोड रहेको पत्ता लगाइसकेको छ। लुम्बिनी हुँदै मुस्ताङ करिडोरलाई नेपालले सिल्क मार्गका रुपमा स्थापित गराउन प्रमाण खोजिएको महानिर्देशक दाहालले बताए। इसापूर्व दोस्रो शताब्दीदेखि १६ औं शताब्दी एडीसम्मको व्यापारिक मार्गका रुपमा सिल्क रोडलाई लिइने उनले बताए।
विश्व सम्पदामा मनोनयन गर्नका लागि विश्व सम्पदा केन्द्रमा प्रारम्भिक समीक्षाका लागि पठाइने युनेस्को काठमाडौंका प्रमुख क्रिस्टियन म्यानहर्टले जानकारी दिए। वस्तुको व्यापार हुने मार्गका रुपमा मात्र नभएर सिल्क रोड विश्व सम्पदाले संस्कृतिको आदानप्रदान र राजनीतिक तथा सांस्कृतिक एकीकरणलाई पनि दर्शाउने उनले बताए। विश्वभर फैलेको सिल्क रोडमा पर्ने महत्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने कार्यअनुरुप नेपालले पनि आफ्नो क्षेत्रमा शाखा मार्ग पर्ने भन्दै अध्ययन गरिरहेको उनले जनाए। 'नेपालमा पनि सिल्क रुटको शाखा मार्ग पर्ने मुस्ताङ र लुम्बिनीका विभिन्न क्षेत्रको अध्ययनबाट थाहा हुन्छ,' पुरातत्वविद विष्णुराज कार्कीले नागरिकसँग भने, 'पहिले लुम्बिनी–मुस्ताङलाई मनोनयनमा पठाएपछि अन्य क्षेत्रमा पनि सम्भावित अध्ययन थालिनेछ।'
लुम्बिनीदेखि मुस्ताङका महत्वपूर्ण ऐतिहासिक स्थलको पहिचान एवं भौगोलिक नक्सांकन गरिने उनले जानकारी दिए। 'मुस्ताङ एवं लोमानथाङ दरबार क्षेत्रको अनुसन्धानबाट पौराणिक कालदेखि नै तिब्बतबाट मुस्ताङमा मानिसको आवतजावत भएको पाइएको छ,' कार्कीले भने, 'त्यसैले यसलाई अगाडि सारिएको हो। पहिले यसलाई मनोनयनमा पठाएपछि अर्को रुटको पनि अध्ययन हुन्छ।'
नेपालले आफ्नो तर्फबाट ढिलै भए पनि मनोनयनका लागि तयारी गरिरहेको छ। सन् २००९ पछि यसरी सिल्क रोडका सम्भावित क्षेत्रको खोजी सुरु भएको उनले जानकारी दिए। 'सिल्क रोड वर्ल्ड हेरिटेज सिरियल नोमिनेसन कोअर्डिनेटिङ कमिटी' ले रोडका शाखा मार्गलाई पनि विश्व सम्पदा सूचीमा समावेश गर्न सहभागी राष्ट्रमा कार्यक्रम गरिरहेको र नेपाल पहिलो पटक सन् २००९ मा चीनको सियानमा सहभागी भएको थियो। कमिटीमा नेपालसहित चीन, भारत, पाकिस्तान, किर्गिजस्तान, इराक, जापान लगायत मध्यएसियाली राष्ट्र सहभागी छन्।