काठमाडौं- कोटेश्वर–सूर्यविनायक ६ लेन सडक खण्डको दायाँबायाँ रहेको सर्भिस ट्र्याक निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनी काम पूरा नगरी फरार भएको छ। काठमाडौँ–भक्तपुर सडक विस्तार आयोजनाले दर्जनौं पटक सम्पर्कमा आउन पत्राचार गर्दासमेत ट्र्याक निर्माणको जिम्मा पाएको पप्पु–ज्योती जेभी नामक ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन।
तीन वर्षअघि नै निर्माण पूरा गरिसक्नुपर्ने उक्त ट्र्याक निर्माणको काममा कम्पनीले सुरुदेखि नै 'दादागिरी' देखाउँदै आएको थियो। निर्माणमा हेलचक्राइँ र लापरबाही गर्दै जान थालेपछि आयोजनाले कम्पनीलाई पटकपटक चेतावनी दिँदै आएको थियो। तर पछिल्लो समय कम्पनी निर्माणको काम बीचमै अलपत्र पारेर ऊ सम्पर्क बाहिर छ। आयोजनाले कम्पनीलाई सम्पर्कमा आउन पत्राचार गर्दासमेत सम्पर्कमा नआएपछि सार्वजनिक सूचना नै जारी गरेको छ। आयोजनाले कम्पनीलाई १२ गतेभित्र सम्पर्कमा आएर काम सुचारु गर्न सूचना जारी गरेको हो।
जापान सरकारको आर्थिक सहयोगमा तीनकुने–सूर्यविनायक छ लेन सडकखण्ड निर्माण भएको चार वर्ष पुगिसकेको छ। तर, तीन वर्षअघि नै निर्माण सक्ने गरी ट्र्याक निर्माणको जिम्मा लिएको पप्पु–ज्योती जेभी नामक ठेकेदार कम्पनीले राजनीतिक र माथिल्लो निकायको पहुँच छ भन्दै लापरबाही गर्दै आउँदा ट्र्याक निर्माण पूरा हुन सकेको छैन।
काठमाडौं–भक्तपुर सडक विस्तार आयोजनाले ०६७ सालमा नै उक्त ट्र्याक निर्माणको काम ०६८ कात्तिक ३० भित्रै सक्ने गरी उक्त कम्पनीलाई दिएको थियो। सडक विभागका उच्च कर्मचारीका अनुसार ६ महिनामा सक्नुपर्ने ट्र्याक निर्माणको काम ठेकेदार कम्पनीको 'हेपाहा' प्रवृत्ति र दादागिरीका कारण चार वर्षसम्म पनि पूरा हुन नसकेको हो। ठेकेदारलाई सरकारले समयमै काम सक्न भन्दै आधा दर्जन चेतावनीपत्र पठाइसकेको छ। उक्त ट्र्याक निर्माणका लागि सरकारले पाँच पटक समय थपिसकेको छ। पछिल्लो पटक थपिएको म्यादसमेत सकिइसकेको छ। पहिलो सम्झौता अनुसार ०६८ कात्तिक मासान्तसम्म काम गर्न नसकेपछि आयोजनाले ०६९ वैशाख ३० भित्र काम सक्न समय थपेको थियो। तर थपिएको समयमा काम नसकेपछि आयोजनाले सडक विभागसँग छलफल गरी ठेकेदारलाई एक वर्षको समयसीमा दिएको थियो।
०७० वैशाखसम्मको समयसीमा दिँदासमेत काम भएन। त्यसपछि आयोजनाले अन्तिम पटकका लागि भन्दै सरकारकै आग्रहमा अन्तिम पटक समयसिमा दिएको थियो। सम्पर्कमा नआएका भनिएका ठेकेदार कम्पनीका प्रमुख राजकिशोर गुप्ता आफू आयोजनाको सम्पर्कमै रहेको दाबी गर्छन्। उनले आफूले धेरैतिर काम गरेका कारण ट्र्याक निर्माणको काम समयमा नसकेको स्विकारे।
तीनकुनेदेखि सूर्यविनायकसम्मको नौ दसमलव १० किलोमिटर लामो उक्त ट्र्याक निर्माण विभिन्न पाँच खण्डमा विभाजन गरी भइरहेको छ। आयोजनाले उक्त ठेकेदार कम्पनीलाई ०६७ चैत १० गते ६ महिनाभित्र सक्ने गरी पाँच खण्डमा ठेक्का लगाई जिम्मेवारी दिएको थियो। पाँच वटा खण्ड गरी १० करोडभन्दा बढी रकममा निर्माण भइरहेको उक्त ट्र्याकको काम अझै चार किलोमिटर निर्माण गर्न बाँकी छ।
ट्र्याकलाई जडिबुटीदेखि कौशलटार, कौशलटारदेखि ठिमी चोक, ठिमी चोकदेखि हनुमन्तेपुल, हनुमन्तेपुलदेखि सल्लाघारी र सल्लाघारीदेखि सूर्यनिनायकसम्म पाँच खण्डमा विभाजन गरिएको छ। यी खण्डमध्ये निर्माणको काम गट्ठाघरदेखि हनुमन्तेसम्म दुवैतर्फ बाँकी छ। यस्तै, सल्लाघारीमा तीन सय मिटर खण्डसमेत निर्माण गर्न बाँकी छ।