गुल्मी— गुल्मी आउँदै हुनुहुन्छ ? वा गुल्मीमै हुनुहुन्छ। फन्दामा परिएला है! रेसुङगा नगरपालिकाको तम्घास बजारमा जथाभावी पार्किङ गर्नेलाई कडा कारबाही सुरू हुने भएको छ। तम्घास सहर जथाभावी पार्किङले भद्रगोल हुन थालेपछि प्रहरीले कारबाही सुरू गरेको हो।जहाँ मनलाग्यो त्यहीँ गाडी रोकेर हिँडेमा अब तपाईंको गाडि जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा हुनेछ। अनि प्रहरीबाट गाडी लिएर फर्किने बेला तपाईको लाइसेन्समा प्वाल पारिनेछ।
अहिले प्रहरीले तम्घास बजारमा जथाभावि पार्किङ नगर्न घरदैलो गरिरहेको छ। प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले अहिले सबैलाई जानकारी गराइएको र एक हप्तापछि कारबाही सुरू गर्ने बताए। 'हामीले अहिले जनचेतनाका कार्यक्रमहरू गरिरहेका छौं,' उनले भने, 'पछि कारबाही प्रक्रिया सरू गर्छौं।'
जथाभावी पार्किङ गर्नेलाई कुनै पनि दण्ड जरिवाना नगर्ने तर लाइसेन्समा एउटा प्वाल पार्ने उनले बताए।
'सुरूमा लाइसेन्समा प्वाल मात्रै पर्छ,' उनले भने, 'दोहोरिएमा लाइसेन्स खारेज पनि हुन सक्छ।' प्रहरीले तम्घास बजारमा पार्किङका लागि ठाउँ नै तोकिदिएको छ। जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिदुर तिमिल्सीनाले तम्घासमै पनि फराकिलो ठाउँ भएको क्षेत्रमा देखिने गरी पार्किङको जानकारी राखिएको बताए।
'जहाँमनलाग्यो त्यहाँ पार्किङ गर्दा समस्या भएको छ,' उनले भने, 'अहिले पार्किङ गर्नको लागि पुलिसले नै ठाउँ तोकिदिएको छ ।'
तम्घास सहरमा पार्किङ व्यवस्थित भए साना दुर्घटना नहुने र ट्राफिक जाप पनि नहुने प्रहरीको बुझाइ छ। जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी निरिक्षक महेन्द्र नेपालको कमाण्ड सहित अहिले तम्घास बजारमा घरदैलो कार्यक्रम भइरहेको छ। प्रहरीको घरदैलोसँगै केही दिनयता पार्किङ ब्यवस्थित समेत हुँदै गएको छ। तत्कालको लागि ट्राफिकले जथाभावी पार्किङ गर्ने मोटरसाइकलको हेल्मेट लिएर जाने गरेका छन्।
'पार्किङ स्थल नै छुट्टाएपछि सजिलो पनि भएको छ,' एक जना चालकले भने, 'मिलाएर पार्किङ गर्दा राम्रो पनि देखिँदो रहेछ।' पसलेहरूले सडकमै बिक्रीको सामान 'सो' गर्ने र घर तथा पसलहरूको अगाडि बाटै छेकेर गाडी तथा मोटरसाईकल पार्किङ गर्दा सडक दुर्घटना हुने गरेका थिए। दसैंमा भीडभाड बढेसँगै प्रहरीले यस्तो योजना बनाएको हो। प्रहरीका अनुसार अब पार्किङको नियम गुल्मीमा सधैँ लागू हुनेछ।