रोल्पा— चेकमा लेखिएको मितिभन्दा अगाडि नै ३ लाख भुक्तानी दिएको अभियोगमा पक्राउ परेका नेपाल बैंक सहायक शाखा प्रबन्धक मुकुन्द कुमार श्रेष्ठ र बरिष्ठ सहायक भेष विक्रम अधिकारीलाई प्रहरीले रिहा गरेको छ।आवश्यक परे पुनः हाजिरी गराउन सकिने गरी उनीहरुलाई छोडिएको प्रहरी नायव उपरीक्षक नविन राज राईले जानकारी दिए । प्रनाउ राईले भने 'बैंकका कर्मचारी हालसम्मको अनुसन्धानमा निर्दोष देखिएकोले छोडिएको हो। आवश्यक परे पुनः उपस्थित हुन सक्ने गरी हाजिरी जमानीमा छोडेका छौं।'
सरस्वती माध्यमिक विद्यालय पाङ–५ दाङबाङ रोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर पुनमगर र प्रधानाध्यापक खिम बहादुर केसीले भदौ २७ गते प्रहरीमा दिएको उजुरीका आधारमा बैंकका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
बैंकका कर्मचारीले बैशाख ३ गतेका लागि काटिएको २ लाखको चेक बैशाख २ गते मिति नै नहरी भुक्तानी दिएका थिए। त्यस्तै जेठ २६ गतेका लागि काटिएको १ लाखको चेक पनि जेठ २३ गते नै भुक्तानी गरेका थिए । बैंकका कर्मचारीले काम गर्ने क्रममा व्यवहारिक त्रुटी हुन गएको प्रहरी समक्ष गल्ती स्विकार गरेका छन ।
पाङ–७ रोल्पाका नक्कली विनोद रोकाको नाममा दुवै चेक साटिएको थियो । सरस्वती माविको चल्ती खाता नम्बर ०७६००००२३३०१ मा रहेको रकम किर्ते सही मार्फत साटिएको हो । विगत छ वर्ष देखि सरस्वती माविमै अध्यापन गराउँदै आएका पाङ–४ रोल्पाकै देवबहादुर घर्तीमगरले नकली नाम, ठेगाना र सहीका आधारमा चेक साटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाका मुख्य अभियुक्त देवबहादुर अझैं सम्म फरार रहेका छन । उनको खोजी भई रहेको प्रहरीले जनायो । व्यवस्थापन समितिले चेक चोरी किर्ते सही गरेर रकम हिनामिना गर्ने देबबहादुरलाई जागिरबाट निष्काशन गरेको जनाएको छ ।
कर्मचारी पक्राउ गरिएको विरोधमा मंगलबार बैंकमा बैंकिङ कारोबार समेत बन्द गरिएको थियो। नेपाल बैंक लिमिटेड शाखा रोल्पामा कार्यरत कर्मचारीले मंगलबार नै एक अपिल जारी गर्दै बैकिङ सेवा बन्द गराएका थिए। बैंकिङ कारोबार बन्द गरिएपछि सेवाका लागि गाउँ गाउँबाट बैंक पुगेका सेवाग्राही रित्तो हात घर फर्किए। प्रहरी प्रशासनले गैर न्यायिक गुण्डा गर्डी शैलीमा फसाउने नियतले गिरफ्तार गरी किर्ते मुद्दा चलाउने तयारी गरेको आरोप कर्मचारीले लगाएका थिए।
जिल्लाका नौं कर्मचारी संगठनले पनि बैंकका कर्मचारी रिहाईको माग गर्दै सोमबार राती एक संयुक्त विज्ञप्ति जारी गरेका थिए। कर्मचारी संगठनले कर्तव्य पालनको सिलसिलामा भएको सामान्य त्रुटीलाई अतिरञ्जित गरी प्रहरीले मुद्दा चलाएमा सशक्त आन्दोलन गर्ने चेटावनी विज्ञप्ति मार्फत दिएका थिए। फरार अभियुक्तलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन जारी विज्ञप्ति मार्फत उनीहरुले माग गरेका हुन्।