दूतावासमा पीडित महिलाको उजुरी- ‘दूतावासका कर्मचारीले पैसा खाइदिए'
३१ भदौ २०७१
•
६ मिनेट पाठ
दूतावासमा पीडित महिलाको उजुरी- ‘दूतावासका कर्मचारीले पैसा खाइदिए'
काठमाडौं-नेपाली दूतावासकै कर्मचारीबाट ठगिएपछि एक महिला न्यायका लागि परराष्ट्र मन्त्रालयको ढोका ढक्ढकाउन पुगेकी छन्। कामदार हकहितका लागि खाडी राष्ट्रमा रहेको दूतावासका एक कर्मचारीले लिएको करिब १ लाख रुपैयाँ चार वर्षदेखि नफर्काएपछि रुपन्देही भैरहवा–७ की उमा सार्कीले परराष्ट्रको कन्सुलर विभागमा उजरी दिएकी छन्।सार्कीले सन् २०१० जुन ५ का दिन साउदी अरबस्थित नेपाली दूतावासमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी खड्गप्रसाद दाहालले आफूसँग ३ हजार ५ सय साउदी रियाल लिएर हालसम्म फिर्ता नगरेको आरोप लगाएकी छन्। 
परराष्ट्रका उपसचिव दाहाल अहिले इजरायलस्थित नेपाली दूतावासमा उपनियोगप्रमुख छन्। 
‘हजुरको पैसा मालिकले खाइदिन्छ, मलाई राख्न दिनुस्, म सुरक्षित राखिदिन्छु भन्नुभयो। नपढेको मान्छे, दूतावासकै कर्मचारी, आफ्नै देशको दाजुभाइ भनेर विश्वास गरेँ। चार वर्ष भइसक्यो, अहिलेसम्म फिर्ता गर्नुभएन,' सार्कीले नागरिकसँग भनिन्। उनले ‘खाइनखाई' जम्मा पारेको पाँच महिनाको तलब दाहाललाई राख्न दिएको बताइन्। 
सार्कीका अनुसार उनी सन् २००९ को अन्त्यतिर घरेलु कामदारका रुपमा साउदी गएकी थिइन्। मासिक ७ सय रियाल उनको तलब थियो। खाना बनाउने, कपडा धुने, बच्चा हेर्नेलगायत काम त सजिलो थियो, तर काम गर्ने घरको साहु भने असजिलो परे। काम गर्न अफ्ठेरो भएपछि उनी त्यहाँबाट भागेर दूतावासमा शरण लिन पुगिन्। 
दूतावासको सेल्टरमा रहँदा अर्को घरमा काम पाएपछि जाने बेला खड्काले उनीसँग भएको पैसा सुरक्षित राखिदिने भन्दै मागेका थिए। 
दाहाललाई पैसा दिने बेला उनले कागजसमेत गरेर दिएकी थिइन् जुन प्रमाणका रुपमा अहिले परराष्ट्रमा बुझाएकी छन्। पैसा बुझेको कागजमा दाहालले हस्ताक्षर गरे पनि उक्त पैसा आफूले नभई ‘एम्बेसीमा बुझाएको' उल्लेख गरेका छन्। ‘मेरो पैसा लिएलगत्तै उहाँ त नेपाल फर्कनुभएछ। मलाई कुनै सम्पर्क गर्नु पनि भएन, दूतावासमा पनि पैसा छाडिदिनुभएन,' सार्कीले भनिन्।
एक महिनाअघि नेपाल फर्कने बेला सार्कीले साउदीस्थित नेपाली दूतावासमा दाहालको खोजी गरिन्। दूतावासलाई उनले आफ्नो पैसा दाहालले लिएका प्रमाण बुझाइन् तर कुनै सुनवाइ भएन। ‘साउदीस्थित दूतावासमा पैसा फिर्ता गरिदिन भनी निवेदन दिएँ तर केही भएन। दाहाल अहिले इजरायल हुनुहुन्छ भन्ने जानकारी मात्र दिए,' उनले भनिन्। 
काठमाडौं आएलगत्तै उनी आफ्नो घर पनि नगई सिधै परराष्ट्रको कन्सुलर विभाग पुगेकी थिइन्। त्यहाँ उनले प्रमाणसहितको निवेदन दिएकी छन्। परराष्ट्र मन्त्रालयस्रोतका अनुसार अहिले विभागले दाहालसँग स्पष्टीकरण मागेको छ। ‘परेको निवेदन र प्रमाणका आधारमा दाहालसँग मन्त्रालयले स्पष्टीकरण मागेको छ। स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्छ,' स्रोतले भन्यो। 

सार्की अहिले रुपन्देहीस्थित घरमा छिन्। पतिले जाँडरक्सी खाई दुःख दिने गरेपछि उनी छोरीको भविष्य बनाउन ६ वर्षअघि साउदी पुगेकी थिइन्। ‘आँसु पिईपिई कमाएको पैसा खाइदिए,' उनले भनिन्। 
दाहालमाथि यसअघि पनि वैदेशिक रोजगारमा गएको रकम हिनामिना गरेको आरोप लागेको थियो। तत्कालीन साउदीका लागि नेपाली राजदूत हमिद अन्सारी र उनीमाथि मरेका मान्छेका नाममा आएको लाखौं क्षतिपूर्ति तथा बिमा रकम अनियमितता गरेको आरोप लागेको थियो। आरोप प्रमाणित भएपछि राजनीतिक नियुक्तिमा राजदूत भएका अन्सारीलाई सरकारले कारबाहीस्वरुप फिर्ता बोलाएको थियो भने दाहाललाई परराष्ट्रका केही कर्मचारीले जोगाएका थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी हिनामिना गरेको रकम पीडित परिवारलाई फिर्ता गराउन लगाएपछि अन्सारीले पत्रकार सम्मेलन गरेरै मरेकाका नाममा आएको क्षतिपूर्ति रकम अनियमितता गर्न दाहालले सघाएको बताएका थिए। मुख्य आरोपीले पोल्दा पनि परराष्ट्र र अख्तियार दुवैले त्यतिबेला दाहालमाथि कुनै छानबिन र कारबाही गरेनन्। अन्सारी एक्लैले भने हिनामिना गरेको ६० लाख रुपैयाँभन्दा बढी रकम पीडितका परिवारलाई फिर्ता गरेका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
७ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस