राजमार्गका होटलमा एउटै मूल्य
३१ भदौ २०७१
•
५ मिनेट पाठ
राजमार्गका होटलमा एउटै मूल्य
चितवन— यात्रुले खाना खाने राजमार्गका सबै होटलमा एउटै मूल्य कायम भएको छ। चितवन होटल संघको पहलमा निर्धारण भएको मूल्य बुधबारदेखि लागू हुने छ।

चितवन होटल संघले जिरामसिनो चामलको भात, दुई थरी तरकारी, दाल, अचार र सलादको मूल्य एक सय २० रुपैयाँ तोकेको छ। मासुमा माछा र कुखुरा खाए ६० र खसी खाए ९० रुपैयाँ थप तिर्नु पर्छ। संघले सादा चाउचाउ, अन्डा राखेको चाउचाउ, चाउमिन, मोःमो, दही र बोतल पानीको पनि मूल्य तोकेको छ।

मूल्यसूची तोकिए पनि होटलमा रोकिने बसका चालकलाई पैसा र सुविधा दिनुपर्ने बाध्यता रहेसम्म कम मूल्यमा गुणस्तरीय खाना ख्वाउन नसकिने व्यवसायी बताउँछन्।

'हामीले मूल्य तोकेका छौं । खाना–नास्ताको न्यूनतम गुणस्तर कस्तो हुने हो, त्यो पनि तोकेका छौं। सबै होटलले त्यहीअनुसार गर्नेछन्। त्यसो भएपछि चालकलाई कमिसन दिनु पर्दैन,' चितवन होटल संघका अध्यक्ष इमान्दु बरालले भने। अब यात्रुले उचित मूल्यमा राम्रो खाना पाउने र होटल सञ्चालकलाई पनि नाफा हुने उनले बताए ।

दसैं–तिहारमा यात्रुको चाप बढ्ने भएकाले ग्राहक तान्न राजमार्गका होटलले चालकलाई बढी कमिसन दिनुपर्ने हुन्छ। 'अरु बेला सुनसान हुने होटल यो बेला भरिभराउ हुन्छन् । चालकलाई निश्चित पैसा दिएर गाडी रोक्न लगाइन्छ । ११ महिनाको घाटा यही बेला निकालिन्छ,' रामनगरका स्थानीय तथा पूर्वहोटल व्यवसायी भरत कुँवरले भने ।

रामनगरकै अर्का होटलमालिक कृष्ण भट्ट बस चालकलाई जसले धेरै कमिसन दिन्छ उसकै होटलअगाडि गाडी रोकिदिने बताउँछन् । 'कमिसनको पैसा ग्राहकको खानामै जोडिने हो,' उनले भने । रामनगरकै गीताञ्जली होटलकी गीता घिमिरे पनि नयाँ मूल्यमा गुणस्तरीय खाना ख्वाउन चालकलाई रकम दिनुपर्ने परिपाटी रोकिनै पर्ने बताउँछिन् ।

'म भत्ता दिन्छु, म त्यसको भन्दा धेरै दिन्छु भन्दै गाडी रोक्न लगाउने होटल रहँदासम्म यात्रुले उचित मूल्यमा गुणस्तरीय खाना खान पाउने अवस्था रहँदैन,' घिमिरेले भनिन् ।

होटल संघ चितवनका अध्यक्ष बराल चितवनदेखि नवलपरासी र मकवानपुरसम्मका होटलमा समान मूल्यसूची कायम गरिएकाले एकरुपता हुने र चालकलाई पैसा दिन नपर्ने बताउँछन् ।

नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म, चितवन र मकवानपुरमा यात्रुले खाना खाने तीन सय होटल छन् । ती सबैमा मूल्यसूची राखिने र लागू गराउन हरबखत सक्रिय हुने होटल संघ मकवानपुरका अध्यक्ष भगिरथ शर्माले बताए । तोकिएको मूल्यमा तोकिएकै गुणस्तरको खाना नदिने होटलविरुद्ध उजुरी गर्न सकिने छ ।

मूल्यसूचीमा उजुरी गर्ने निकायको नाम र सम्पर्क नम्बर छ । उजुरी आए कारबाही गर्न सधैं तयार रहने चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले बताए । होटल संघले जारी गरेको मूल्यसूची राखे, नराखेको र गुणस्तर कायम गरे, नगरेको पनि बेलाबेलामा अनुगमन गर्ने अध्यक्ष बरालको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय र होटल व्यवसायी संघको समन्वयमा चाँडै नै धादिङका होटलमा पनि मूल्यसूची राख्ने स्थानीय व्यवसायीको तयारी छ ।

नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी भने चालकलाई व्यवसायीले नै खानाको पैसा दिने गरेकाले होटल व्यवसायीले दिनुपर्ने स्थिति नरहेको बताउँछन् । 'चालकलाई पैसा दिने काम होटल व्यवसायीबाटै भएको हो । उनीहरुले चाहे रोकिन्छ,' सुवेदीले भने ।
अर्को समाचार
राजमार्गका होटलमा मनपरी मूल्य
०७ असोज २०७१
•
८ मिनेट पाठ
राजमार्गका होटलमा मनपरी मूल्य
धादिङ-यात्रुलक्षित राजमार्गका होटलले मनपरी मूल्य लिने गरेको पाइएको छ। धादिङको नौबिसेदेखि मुग्लिनसम्मका होटलमा एउटै खाद्य वस्तुको फरकफरक मूल्य लिने गरेको अनुगमनका क्रममा फेला परेको हो। सादा खानाको ९० रुपैयाँदेखि १ सय ५० रुपँयासम्म, बोटलको पानी १५ देखि ३० रुपैयाँ, चिसो पेय ४५ रुपैयाँसम्म लिएको पाइएको छ।उपभोक्तासँग बढी मूल्य लिएर गाडी चालकलाई कमिसन दिनुपर्ने बाध्यता रहेको होटल सञ्चालक बताउँछन्। उनीहरुले व्यापार बढाउन गरेको उपायले यात्रु ठगिएका छन्। 

वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रुपमा गरेको अनुगमानमा मनपरी मूल्य र कमिसन दिएको व्यापारीले स्वीकार गरे। जिल्ला प्रसाशन कार्यालय धादिङ, फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले चार वर्षयता नियमित अनुगमन गरिरहेको छ। तर, अनुगमन चाडपर्बमा मात्र हुँदा अरुबेला मूल्य र गुणस्तरमा सुधार आएको पाइँदैन। होटलवालाले यात्रुलाई व्यवहारमा समेत सुधार आएको छैन। विभागले राजमार्गका होटलमा सुधार ल्याउन सुरु गरेको गुणस्तर स्टिकर टाँस्ने अभियान मलेखुमै सीमित छ। मूल्य र गुणस्तरको सबैभन्दा बढी दुरुपयोग हुने यात्रु लक्षित होटलमा विभागले उचित ध्यान नदिएको यात्रुको गुनासो छ। 

होटल व्यावसाय सुधार गर्न दिएको सल्लाह, सुझाव र मौकाबाट सिकेर सुधार्ने प्रयत्न गरेको भन्दै जिल्ला होटल संघका अध्यक्षसमेत रहेका कान्तिपुर होटलका सञ्चालक राजकुमार प्याकुरेलले सञ्चारमाध्यमले त्यस्तो मौका नदिएको भन्दै आक्रोश पाखे। उनले पत्रकारहरु पनि यही जिल्लाका हुन् हामीलाई सुटुक्क भनेर सुधार्ने मौका दिनु पर्थ्यो। एकैचोटि मिडियामा दिँदा धादिङ जिल्लाकै बदनाम हुने भन्दै पत्रकारले खेदो खनेको आरोप लगाए। उनले गुणस्तर, मूल्य, राजमार्गका होटलमा हुने यौन धन्दा, मलेखुमा खुवाइने माछाका विषयमा पत्रकारले लेखिदिँदा प्रतिष्ठामा आँच आउनुका साथै व्ययसाय धरापमा परेको बताए। 

व्यवसायीका नेताले समेत पत्रकारलाई तह नलगाएको भन्दै आक्रोश पोखे। उनी अनुगमन टोली आउँदा आफूले पहिल्यै जानकारी नपाएकामा उद्योग वाणिज्य संघका पदाधिकारीप्रति पनि खनिएका थिए। प्याकुरेलको होटलमा मटन खाना दुई २० चिकेन खाना एक ८० र सादा खानाको मूल्य एक सय २० रुपैयाँ छ। मूल्य र गुणस्तरमा सुधार नआएकैले अधिकांश यात्रु होटलमा खाना खान ओर्लिंदैनन्। पेट भोकै भए पनि असाध्यै महँगो र खाएपछि स्वास्थ्य ठीक नहुने भएकाले होटलमा खाना खान मन नलाग्ने स्याङ्जाका भीम पौडेल बताउँछन्। उनी भन्छन्, ‘यहाँ भोक लागे पनि चाउचाउ र पानी खाने हो।' 

अमेरिकाको क्यालिफोर्नियादेखि धादिङको सिम्लेसम्म नारा दिएर गोविन्दप्रसाद ढकालले सञ्चालन गरेको नमस्ते नेपालमा खानाको मूल्य सबैभन्दा बढी पाइएको छ। ढकालले सादा खानाको एक सय ५० रुपैयाँ लिएको स्वीकार गरे। यसरी खाना महँगो लिनुको कारण ड्राइभरलाई भत्ता दिनुपर्ने कारण नै मुख्य भएको उनी बताउँछन्। 

धार्केमा भेटिएका उनी राजमार्गका सरोकारवालाको चितवन भेलाको खबरले उत्साहित देखिन्थे। सबै मिलेर गाडी साहु र चालकलाई दिन नपरे अहिलेको भन्दा निकै सस्तो खुवाउन सकिने उनी बताउँछन्। सस्तो र गुणस्तरीय खुवाउँदा धेरै यात्रुले खाने हुँदा नाफा उत्तिकै हुने उनको बुझाइ छ। चालकलाई प्रतिटिप पाँच सयदेखि एक हजारसम्म दिनुपर्ने, बस कम्पनीका मालिकले एकमुष्ठ ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म माग्ने हुँदा होटल सञ्चालक मर्कामा परेको उनी स्वीकार्छन्। 

‘यहाँ प्रतिस्पर्धा ज्यादा छ। कस्ले धेरै बस लगाउने भन्ने छ। आज एउटाले हजार दिए अर्को १२ सय दिन तयार हुन्छन्। त्यसको असर यात्रुमा पर्ने भएकाले व्यवसायी र सरोकारवाला मिलेर समाधान दिनुपर्ने उनको तर्क छ। 

अनुगमनका क्रममा विभिन्न होटलमा २० हजार बराबरको उपभोग्य मिति नाघेका पेय नष्ट गरिएको थियो। माछा बजारको रुपमा परिचय बनाएको मलेखुस्थित सपना होटल, मुक्तिनाथ होटल एन्ड लज, भद्रकाली होटल र मिलन होटलमा अनुगमन गर्दा सरसफाइ नभएको, राख्नुपर्ने तापक्रमभन्दा कममा माछा राखिएको, म्याद नाघेका पेय भेटिएपछि विभागले एक हप्ताको म्याद दिएर चेतावनी पत्र थमाएको छ। म्यादभित्र सुधार नभए होटल बन्द गरिदिने वाणिज्य अधिकृत राजेन्द्र कार्कीले बताए। 

माइक्रो तथा बसलाई खाना, नास्ता बेच्ने होटल कान्तिपुर, नमस्ेत नेपाल, शुभकामना होटललाई पनि पत्र थमाउँदै एक हप्ताभित्र मूल्य सूची राख्न, भान्छा कोठा सफा तथा उज्यालो राख्न र ताजा तथा स्वस्थकर खाना बिक्री गर्न खाद्य अनुसन्धान अधिकृत कर्णबहादुर चन्दले सुझाव दिएका छन्। 

तोकिएको म्यादभित्र सुधार नभए स्थानीय प्रशासनले होटल बन्द गर्ने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले बताए। यहाँका होटलले लाखौंको कारोबार गर्दा पनि राजस्व तिर्दैनन्। होटल भ्याटमा दर्ता छैनन्। अनुगमन गरिएका प्रायः होटललाई करको दायरामा आउन एक हप्ते पुर्जी थमाइएको छ। 

होटल मजदुर र सञ्चालकमा नम्रता आए पनि फरकफरक होटलमा फरकफरक मूल्य र लागतभन्दा तेब्बर मूल्य असुलेर यात्रुलाई ठगिरहेको अनुगमन टोलीसमक्ष यात्रुले गुनासो गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस