काठमाडौं- काठमाडौं उपत्यकामा सडक विस्तार अभियान चलाइरहेको सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका केही सडक पनि विस्तार गर्ने भएको छ। सिंहदरबारभित्र मानिसको चहलपहल बढेको भन्दै विस्तार प्रक्रिया थालिएको सिंहदरबार सचिवालय पुनःनिर्माण समितिले जनाएको छ।
दैनिक मन्त्रालयमा बढेका सेवाग्राही र साना–ठूला सवारीका कारण कार्यालय सुरु हँुदा र छुट्टी हुने समय जाम हुन थालेपछि सडक बढाउन लागिएको समितिका सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले बताए। उनका अनुसार सिंहदरबारमा रहेका २४ मध्ये केही मन्त्रालय भवनअगाडिको सडक विस्तार गर्न लागिएको हो। पूर्वी, पश्चिम र दक्षिण गेट जोड्ने करिब ९ सय मिटर सडक सात मिटर फराकिलो बनाउन लागिएको उनले जानकारी दिए।
'अहिले ५.८ मिटर फराकिला सडक छन्, कतिपय ठाउँमा मन्त्रालयले कर्मचारी ओसार्न प्रयोग गर्ने सवारी नै घुम्न सक्दैनन्,' उनले भने, 'त्यसका लागि मन्त्रालयहरूसँग अनुमति लिइसकेका छौं, सबै तयार हुनुहुन्छ। केही दिनमै स्थलगत कार्य सुरु हुन्छ।'
उनका अनुसार सिंहदरबारभित्र साना–ठूला गरी करिब ५ किलोमिटर सडक छ। साना फुटपाथलाई पनि विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। उनले भने, 'फुटपाथलाई दुवैपट्टि दुई/दुई मिटर चौडा बनाउँछौं।'
अहिलेसम्म सिंहदरबारमा बाटो चौडा नबनाइएको उनले बताए। 'सिंहदरबारमा अहिले मन्त्रालयका लागि कतिपय भवन बनिरहेका छन्, सवारीको घनत्व पनि बढिरहको अनुभव हामीले पाएका छौं,' उनले भने, 'पहिले मन्त्रालय थोरै थिए र चहलपहल पनि त्यसैअनुसार हुन्थ्यो। तर, अहिले सेवाग्राही र सवारीको चाप बढेकाले सडक विस्तार अत्यावश्यक भइसकेको छ।'
सडक विभागका अनुसार २०६८ देखि सुरु भएको सडक विस्तार योजनामा उपत्यकामा मात्रै १ सय ५० किलोमिटरभन्दा बढी सडक फराकिलो पारिएको छ भने झन्डै ९० किलामिटर कालोपत्रै भइसकेको छ। सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश आचार्यले सिंहदरबारका सडक पनि सवारीका लागि साँघुरो बनेको बताए। सिंहदरबारको गुरुयोजना संशोधन गरेर सडक चौडा, सार्वजनिक शौचालयलगायत पूर्वाधार थप्न लागिएको उनले जानकारी दिए।
'सरकारले अहिले उपत्यकाका विभिन्न सडक विस्तार गरिराखेको छ,' उनले भने, 'सिंहदरबारलाई पनि समयानुकूल सुविधा थप्दै जाने तयारी भएको छ।' उनका अनुसार भर्खरै सञ्चालनमा आएको सेवा केन्द्रमा बैंक, हुलाक, स्टेसनरी र क्यान्टिनजस्ता सुविधा थपिएका छन्।
'अब सबै मन्त्रालयबाट क्यान्टिन हटाउन लागिएको छ,' उनले भने, 'मन्त्रालयपिच्छे क्यान्टिन हुँदा फोहर बढेको छ। सबैले एकैठाउँमा खाजा खाने व्यवस्था गर्नका लागि सेवा केन्द्रमा केन्द्रीकृत क्यान्टिन सञ्चालन भइरहेको छ।'