काठमाडौं- काठमाडौं महानगरपालिकाबाट विभिन्न कार्यक्रमका लागि भुक्तानी दिइएको सवा १३ करोड रुपैयाँ पेस्की फर्छ्योट हुन सकेको छैन। वर्षौदेखि नेता, कर्मचारी, ठेकेदार, क्लब, संस्थालगायतले बुझेका लाखौं रकम फर्छ्योट गरेका छैनन्।आर्थिक वर्ष २०७०/७१ सम्म ३ करोड ३१ लाख ८१ हजार रुपैयाँ रकम पेस्की फर्छ्योट बाँकी रहेको महानगरपालिकाले जनाएको छ। ठेकेदारबाट ७ करोड, पूर्व जनप्रतिनिधि तथा हालका सभासदबाट १६ लाख २३ हजार, कर्मचारीबाट व्यक्तिगत रुपमा ९ लाख, उपभोक्ता समितिबाट ३ करोड, विभिन्न क्लबबाट करिब २ करोड रुपैयाँ फर्छ्योट हुन बाँकी छ।
२०५८ सालदेखि ठेकेदारीका रकम पनि फर्छ्योट नभएको विवरण महानगरपालिका लेखा शाखाले उपलब्ध गराएको छ। त्यसैगरी, २०६४ र २०७० का संविधानसभामा प्रत्यक्ष निर्वाचित सदस्य काठमाडौं ९ का ध्यानगोवबन्द रञ्जितले पनि २०६४ माघ १४ गते जापान भ्रमणका लागि लिएको ६५ हजार रुपैया रकम फर्छ्योट गरेका छैनन्। २०६२ मा नगरपालिका निर्वाचनपछि महानगरपालिकाका ३५ वटा वडाका ४२ जना अध्यक्ष तथा सदस्यलाई मोबाइल र यातायात खर्चका रुपमा १५ लाख ५८ हजार रुपैयाँ पेस्की फर्छ्योट भएको छैन।
महानगरपालिका स्रोतका अनुसार आर्थिक प्रशासन नियमावली, २०६४ ले कार्य सम्पन्न भएको ३५ दिनभित्र पेस्की फर्छ्योट गर्नुपर्ने हुन्छ। 'आफ्ना निजी स्वार्थका रुपमा पनि पेस्की लिने हुँदा पछि फर्छ्योट गर्ने स्रोत नपाएर कतिपय लुकेका छन्,' स्रोतले भन्यो, 'कार्य सम्पन्न भएको घोषणा गरेर पैसा बुझे तर काम सम्पन्न भएको प्रतिवेदन नदिएपछि पेस्की फर्छ्योट हुन सकेन।'
राप्रपा नेपालका सहमहामन्त्री तथा तत्कालिन महानगरपालिकाका मेयर राजाराम श्रेष्ठले ४२ जना वडाका अध्यक्ष र सदस्यलाई यातायात खर्च र मोबाइल किन्न पेस्की बाँडेको महानगरपालिका आर्थिक प्रशासन विभागले जनाएको छ।
महानगरपालिकाकै २६ कर्मचारीबाट ७८ लाख ८६ हजार रुपैयाँ पर्छ्योट हुन बाँकी छ। विभिन्न समयमा काजमा आएका स्थानिय विकास मन्त्रालयका सात कर्मचारीले १ लाख रुपैयाँ लगेकोमा हिसाब बुझाएका छैनन्।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरण, तत्कालीन काठमाडौं उपत्यका नगर विकास समिति, नेपाल चेम्बर्स अफ कमर्स, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र, जिल्ला प्रहरी कार्यालय काठमाडौं, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलगायत कार्यालयले पनि विभिन्न समयको रकमको पर्छ्योट गरेका छैनन्।
पटकपटक ताकेता गरिरहँदा पनि उनीहरुले जनप्रतिनिधिविहीन नगरपालिकाको फाइदा उठाइरहेको महानगरपालिकाकै कर्मचारी बताउँछन्। 'नेता–कार्यकर्ताको सुरक्षामा यहाँका विभिन्न कार्यक्रममा हात हाल्छन् र पेस्की लिन्छन्,' अर्को स्रोतले भन्यो, 'कार्यक्रमको रकम के गर्छन्, विवरण पनि देखाउँदैनन् र लापत्ता हुन्छन्।'
स्थानीय निकायमा आउने एउटा निजामती कर्मचारीलाई त्यस्ताले नटेर्ने गरेकाले यस्ता अनुशासनहीनता बढेेको स्रोतको दावी छ। 'लामो समय भयो, स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको,' स्रोतले भन्यो, 'जनतप्रतिनिधिले भनेको सबैले टेर्छन् तर एउटा सरकारी कर्मचारीले पत्र पठाएको कसैले मतलब गर्दैनन्।'
तथ्यांकअनुसार २०७०/७१ मा जम्मा ११ लाख २७ हजार रुपैयाँ पेस्की भुक्तान भए पनि १० लाख ५५ हजार रुपैयाँ फर्छ्योट भइसकेको छ। ठेकेदारलाई दिएको ६ करोड २४ लाख ९४ हजारमध्ये ४ करोड ४२ लाख २१ हजार फर्छ्योट भएको छ।
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले उपभोक्ता र पूर्व जनप्रतिनिधिले लिएको पेस्की पर्छ्योट हुन नसकेको बताए। 'कर्मचारी र संस्थाहरुले वर्षैपिच्छे पर्छ्योट गरिरहेका छन्,' उनले भने, 'तर राजनीतिक क्षेत्रका व्यक्तिबाट फर्छ्योट गराउन समस्या परिरहेको छ।'
पर्छ्योट गर्न बर्सेनि कार्यदलले काम गरिरहेको पोखरेलले जानकारी दिए। 'कतिपयले थाहा नै नभएर पनि पर्छ्योट गर्न सकेका छैनन्,' उनले भने, 'तर कतिपयले हामीले पत्र पठाउँदा पनि टेरेका छैनन्।'