इजरायली राहदानीमा नेपाल आउँछन् इरानी
२९ भदौ २०७१
•
१५ मिनेट पाठ
इजरायली राहदानीमा नेपाल आउँछन् इरानी
काठमाडौं- • २०७१ भदौ ११ गते दुई इरानी अस्कान मनसुरी र अब्दुल्लाजिज अबदुल्लाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा पक्राउ परे। जाली राहदानी बोकेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। इजरायली नागरिक निटजन इसेद र नाडभ बान इजलकको क्रमशः २०३०४१२७ र ८५५५९६ नम्बरको राहदानीमा आफ्नो फोटो टाँसी मनसुरी र अबदुल्लाजले प्रयोग गरेका थिए। १२ दिन बित्न नपाउँदै भदौ २३ गते टिआइएमा जाली राहदानीका साथ तीन इरानी पक्राउ परे।

• २०७१ असार ९ गते इरानी नागरिक अली अर्जान्जी पनि टिआइएमा जाली राहदानीका साथ पक्राउ परे। उनले इजरायली नागरिकको राहदानीमा आफ्नो फोटो टाँसेका थिए। खासमा उनले प्रयोग गरेको '२०१५६४५३' नम्बरको राहदानी इजरायली नागरिक टोबी डिन फिल्डम्यानको थियो। 
• २०७० फागुन ११ गते टिआइएमा 'डब्लु २८०७८३३७' नम्बरको इजरायली राहदानीमा याले डाफ्रे पक्राउ परे। पछि अनुसन्धान विभागका अधिकारीले सोधपुछ गर्दा उनको वास्तविक नाम अलिरिजा अयर रहेको थाहा भयो। उनी इजरायली नभई इरानी रहेछन्। उनी जाली राहदानीमा आएका रहेछन्। 
सन् २०१४ (९ महिना) मा टिआइएमा विमानस्थलमा जाली राहदानीका साथ १० जना इरानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांशले नै इजरायली रादहानी प्रयोग गरेको भेटिएको छ। उनीहरू सबै टर्कीको इस्तानबुल हुँदै नेपाल आएका हुन्। 
'एक–दुई वर्षयता इरानी नागरिक इजरायली राहदानीमा भेटिन थालेका छन्। यस्तो पहिला देखिएको थिएन,' टिआइएस्थित अध्यागमन स्रोतले नागरिकसँग भन्यो, 'इरान र इजरायल राजनीतिक रूपमा शत्रुतापूर्ण सम्बन्ध भएका देश हुन्। यस्तो सम्बन्ध भएका एक देशको नागरिकले अर्को देशको राहदानीमा यात्रा गर्नु गम्भीर कुरा हो। तर, हामीकहाँ अनुसन्धान र कारबाही फितलो हुँदा यस्ता व्यक्ति सजिलै उम्कने गरेका छन्।' 
मध्यपूर्वका इरान र इजरायलबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहिआएको छ। यस्तो सम्बन्ध भएको देशका एक नागरिकले अर्कोको राहदानी पाउनु र प्रयोग गर्नु आफैंमा शंकास्पद भएको ठहर स्रोतको छ। यस्ता व्यक्तिलाई १/२ हजार रुपैयाँ जरिवाना र एक महिना जेल सजायपश्चात जहाँबाट आएको हो त्यहीँ फर्काइने गरिएको छ। 
स्रोतअनुसार जाली राहदानीमा आउने इरानीहरू पहिला राजधानी तेहरानबाट छिमेकी राष्ट्र टर्कीको इस्तानबुल जाने गर्छन् जुन करिब १५ सय किलोमिटर टाढा छ। त्यसपछि उनीहरू टर्किस एयरलाइन्समार्फत सीधै काठमाडौं आउने गर्छन्। टर्कीको आधा भूभाग एसिया र आधा युरोपमा पर्छ, तर उनीहरू युरोप जान भन्दै करिब ३ हजार किलोमिटर हवाई यात्रा गरेर नेपाल आउँछन्। 
जाली राहदानीमा आएकाहरू काठमाडौंबाट सीधै युरोप तथा अमेरिका प्रस्थान गर्दैनन्। टिआइए आएलगत्तै उनीहरूले नेपालको भिसा लिने गर्छन्। अध्यागमनले उनीहरूलाई १५ दिनको टुरिस्ट भिसा दिने गर्छ। दुई–चार दिन नेपाल बसेपछि उनीहरू भारतको नयाँदिल्ली, थाइल्यान्डको बैंकक, सिंगापुर र मलेसियाको क्वालालम्पुरतर्फ जाने गर्छन्। 
नयाँदिल्ली, बैंकक, सिंगापुर र क्वालालम्पुरस्थित विमानस्थलले राहदानी नक्कली भएको पत्ता पाए उनीहरूलाई काठमाडौं (जहाँबाट आएको हो त्यहीँ) फर्काइदिने गर्छन्। त्यसपछि मात्र टिआइएस्थित अध्यागमनले नेपाल घुमेर गएका इरानीले प्रयोग गरेको राहादानी नक्कली भएको भेउ पाउँछ। अनि कारबाही प्रक्रिया सुरु हुन्छ। 
'हामीकहाँ रीत पुर्याहउन मात्र अनुसन्धान र कारबाही हुने गरेको छ। नेपाल किन आएको हो, आतंकवादीसँग कुनै सम्बन्ध छ/छैन भन्नेमा गम्भीर भएर अनुसन्धान हुँदैन,' स्रोतले भन्यो, 'हाम्रो कानुनमा कारबाहीको कडा व्यवस्था छैन, भएको व्यवस्थासमेत प्रभावकारी रूपमा कार्यान्वयन गरिँदैन। केही दिन हिरासतमा राखी अदालतमा मुद्दा चलायो, बढीमा एक महिनाको जेल सजाय हुन्छ। त्यसपछि त जहाँबाट आएको हो त्यहीँ पठाइन्छ।' 
अध्यागमन ऐन, २०४९ को दफा ५ मा जाली राहदानी प्रयोग गर्नेलाई कारबाही गर्ने स्पष्ट व्यवस्था छ। कसैले जाली राहदानी तथा भिसा प्रयोग गरी नेपाल प्रवेश गरे निजलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। त्यति मात्र होइन, ऐनमा जाली राहदानी प्रयोग गर्नेमाथि अनुसन्धान गर्ने व्यक्तिले पनि कसैको प्रभावमा परी अनुसन्धान फितलो गरे कारबाही गरिने उल्लेख छ। अनुसन्धानकर्ताले कुनै गडबडी गरे निजलाई २५ हजार रुपैयाँ जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ। 
'हामीकहाँ जाली राहदानीसहित पक्राउ पर्ने विदेशीलाई ५ सय देखि २ हजार रुपैयाँसम्म जरिवाना गर्ने र बढीमा एक महिना जेल सजाय सुनाउने गरिएको छ। पक्राउ परिहाले पनि कानुन फितलो हुँदा ठूलो कारबाही नहुने विश्वासका साथ विदेशी नागरिक जाली राहदानी प्रयोग गरी नेपाल आउने गरको अनुसन्धानमा देखिएको छ। अर्को, यहाँ राहदानी सक्कली, नक्कली कस्तो हो जाँच गर्ने उच्च प्रविधियुक्त उपकरण पनि छैन,' स्रोतले भन्यो। 
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१३ मा ८ जना इरानी जाली राहदानीसहित टिआइएमा पक्राउ परेका थिए। यो वर्ष तीन महिना बाँकी छँदै जाली राहदानीमा नेपाल आउने इरानीको आँकडाले अघिल्लो वर्षलाई उछिनेको छ। 
स्रोतका अनुसार पक्राउ परेकाले बयानमा दलालले उनीहरूलाई इरानमै इजरायली राहदानी उपलब्ध गराएको बताएका छन्। उनीहरूका अनुसार ४ हजारदेखि १० हजार अमेरिकी डलरमा एउटा राहदानी दलालले उपलब्ध गराउँछन्। 'इजरायलको राहदानीमा अमेरिका तथा युरोपेली राष्ट्रमा जान सहज हुने बयानमा उनीहरू बताउँछन्,' स्रोतले भन्यो। 
स्रोतका अनुसार जाली राहदानीमा विदेशी नेपाल आउनुको अर्को कारण 'अन अराइभल' भिसा हो। नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र अफगानिस्तान गरी ११ देशबाहेक विश्वका सबै देशलाई नेपालले टिआइएमै 'अन अराइभल' भिसा दिने गरेको छ। विमानस्थलमै भिसा उपलब्ध गराउँदा अध्ययन–अनुसन्धान गर्न नभ्याइने भनाइ स्रोतको छ। कुख्यात अपराधी नै आए पनि भिसा दिनुपर्ने बाध्यता छ। 
'सबैलाई अन अराइभल भिसा दिनु हुँदैन। हामीलाई अन अराइभल भिसा दिनेलाई मात्र हामीले पनि यस्तो सुविधा दिनुपर्छ। पारस्परिक आधारमा भिसा दिने अभ्यास गर्नुपर्छ। हामो जस्तो विमानस्थलमा रेकर्ड नै नराखिने देशमा अपराधी नै आएर राहदानी तेर्स्याए चिनिँदैन र भिसा दिनुपर्ने हुन्छ,' स्रोतले भन्यो। कानुनमा सुधार र कडा कारबाही नगरेसम्म तथा अन अराइभल भिसा दिने व्यवस्था नसुधारेसम्म जाली राहदानीमा विदेशी नेपाल आउने क्रम नरोकिने भनाइ स्रोतको छ। 
(बक्स)
भारतीयद्वारा नेपाली राहदानी दुरुपयोग
काठमाडौं, भदौ २९ (नागरिक)– नेपाली राहदानी जालसाँज गरी दुरुपयोग गर्ने विदेशीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ। 
केही वर्ष अघिसम्म नेपाली राहदानी दुरुपयोग गर्ने सूचीको पहिलो नम्बरमा बंगलादेशी पर्थे। भदौमा मात्र नेपाली राहदानी जालसाँज गरी दुरुपयोग गरेको प्रमाणसहित ५ जना भारतीयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पक्राउ गरेको छ। उनीहरूविरुद्ध अहिले मुद्दा चलिरहेको छ। 'नेपाली राहदानी दुरुपयोग गर्ने भारतीयको संख्या बढेको छ,' अध्यागमन स्रोतले भन्यो। 
नेपाली राहदानीका साथमा भदौ महिनामा पक्राउ परेका भारतीयमा मुना लामा, नीलु लिम्बू, महमद अजमद, मनीषा लामा र अनिता विश्वकर्मा रहेका छन्। नेपाली राहदानीमा पक्राउ पर्ने भारतीयमा अधिकांश महिला तथा नेपालीभाषी भारतीय हुने गरेका छन्। 
मुना, नीलु, महमद, मनीषा र अनिताले क्रमशः रुपन्देहीकी माया थापाको ४५७१२२३, दोलखाकी माया डोल्मा तामाङको ५३००२७२, रौतहटका अलि अख्तर मन्सुरीको ४२६९३२७, सिन्धुपाल्चोककी सरिना लामाको ४३४९८९७ र रुपन्देहीकी लक्ष्मी बिकको ४५७२०७५ नम्बरको राहदानी दुरुपयोग गरेका थिए। उनीहरूले नेपाली राहदानीमा आफ्नो फोटो राखी (पिसी गरी) प्रयोग गरेका थिए। 
'केही खाडी राष्ट्रमा भारतले महिला कामदारलाई पठाउन उमेर हद तोक्नुका साथै बन्देज पनि लगाएको छ, जसका कारण नेपालीभाषी भारतीय महिलाले नेपाली राहदानीमा जाने प्रयास गरेको देखिन्छ,' स्रोतले भन्यो, 'उनीहरूले राहदानी लिन दलाललाई ५लाख रुपैयाँसम्म बुझाएको बताउने गरेका छन्।' नाम, थर र अनुहार नेपालीभाषी भारतीयको नेपालीसँग मिल्ने हुँदा राहदानी जालसाँजी हुने गरेको ठहर स्रोतको छ। 
सन् २०१४ यता नेपाली राहदानी जालसाँजी गरी प्रयोग गरेको आरोपमा अध्यागमनले टिआईएमा २ सय ९५ जनालाई पक्राउ गरिसकेको छ। नेपाली राहदानी दुरुपयोग गर्ने ठूलो संख्या नेपालीकै हुने गरेको छ। यो वर्ष १ सय ९७ जना नेपाली जाली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। यो वर्ष नेपाली राहदानी दुरुपयोग गर्ने भारतीयको संख्या ५५ रहेको छ भने बंगलादेशी २ जना छन्।
'नेपाली राहदानी नेपालीबाहेक भारतीय र बंगलादेशीले मात्र दुरुपयोग गर्ने गरेको पाइएको छ। जालसाँजी गरिएका सबै राहदानी पुराना हस्तलिखित राहदानी हुन्। त्यस्ता राहदानीमा फोटो परिवर्तन गरिएको छ,' स्रोतले भन्यो। सन् २०१३ मा नेपालीसहित १ हजार ५ सय १४ जनालाई नेपाली राहदानी दुरुपयोग गरेको आरोपमा अध्यागमनले पक्राउ गरेको थियो। यो वर्ष नेपाली राहदानी दुरुपयोग गर्नेमा १ सय ७५ जना भारतीय र १० जना बंगलादेशी नागरिक थिए भने अन्य सबै नेपाली थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
७ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस