पहिलो दिनमै आधा टिकट बिक्री
२५ भदौ २०७१
•
७ मिनेट पाठ
पहिलो दिनमै आधा टिकट बिक्री
काठमाडौं- दसैंमा कैलाली जाने टिकट किन्न बिहान ४ बजे गोंगबु बसपार्क पुगेकी नमिता खत्रीले पाँच घन्टासम्म कुर्दा खोजेको दिनको टिकट पाइनन्। घटस्थापनाको दिन घर जान खोजेकी खत्रीले नपाएपछि असोज १३ को टिकट किन्नुपर्योघ। 'बुकिङ खुलेको दिन विहानै गए खोजेको दिनको चाहेको सिट पाइन्छ भनेर आएको, पाइएन,' उनले भनिन्।असोज १० गते रुकुम जाने तयारीमा रहेका रवि देवकोटा पनि पछि टिकट नपाइने पीरले बुकिङ खुलेकै दिन लाइन बस्न आएका थिए। उनले पनि १२ गतेपछिको पाए। 'टिकट त पाइयो, भनेको दिनको पाइएन,' उनले भने। दसैंका लागि घर जान कलेजसमेत छोडेर बिहान ३ बजेदेखि लाइन बस्न आएको उनले सुनाए। 
दसैंका टिकटको अग्रिम बिक्री खुला भएकै दिन बुधबार आधा टिकट बिक्री भएको छ। गोंगबु, कलंकी, गौशाला, पुरानो बसपार्कका टिकट काउन्टरमा झिसमिसेदेखि नै हजारौंको भीड लागेको थियो। भनेको दिन र भनेको जस्तो सिट नपाइला भन्ने चिन्ताले झिमिसेमै लाम बस्न आएको यात्रुले बताए।
उपत्यकाका काउन्टरबाट ५० प्रतिशत टिकट बिक्री भइसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। पहिलो दिनमै आधा टिकट बिक्री भए पनि यात्रुलाई यसले असर नगर्ने सिटौलाको दाबी छ। 'बसको टिकट नपाएर घर जान पाइएन भन्ने गुनासो कतैबाट सुनिने छैन,' उनले भने। 
व्यवसायीले सबै यात्रुलाई सहज रुपमा टिकट उपलब्ध गराएको उनले बताए। 'टिकटको अत्यधिक माग हुने बेला दुई–चार घन्टा लाइन बस्दा समस्या मान्नुहुन्न,' उनले भने। उनका अनुसार सुदूरपश्चिमको टिकट नयाँ बसपार्कबाट मात्र बेचेकोले त्यहाँ धेरै भीड भएको हो। 'एक त पहिलो दिन, त्यसमाथि सुदूरपश्चिम जाने टिकट त्यहाँमात्र पाइने, त्यसैले बसपार्कमा भीड लागेको हो,' उनले भने। 
पोहोर परारजस्तै यो वर्ष पनि बुकिङ खुल्नासाथ दुर्गम र थोरै गाडी चल्ने गन्तव्यको टिकट अभाव भएको यात्रुले बताए। काठमाडौंकी रिमा शेर्पाले धरान जाने टिकट दुई हप्ताअघि नै काटिसकेको बताइन्। हवाई जहाजको टिकट नपाएपछि असोज ८ को लागि मितेरी यातायतको टिकट बुक गरेको उनले सुनाइन्। मंगलबार बुकिङ खुला भए पनि पहिल्यै बेच्न थालिसकेको अनुभव आफूलाई भएको उनले बताइन्। 'दुई साताअघि जाँदा पनि सबै बुक भइसक्यो भनेर अन्तिम सिटको टिकट दिए,' उनले भनिन्। 
महासंघका महासचिव सिटौला भने शेर्पासँग सहमत छैनन्। 'आजदेखि त बुकिङ सुरु भयो। कसरी सबै सिटको टिकट सकिन्छ?' उनले प्रतिप्रश्न गरे। 
सार्वजनिक यातायात व्यवसायी समिति राप्ती अञ्चलका बुकिङ इन्चार्ज ढुण्डिराज कँडेल पनि समयमा टिकट नपाएको भनाइसँग असहमत छन्। जति बेला आए पनि यात्रुले तीन घन्टाभन्दा बढी लाइन बस्नु नपरेको उनले दाबी गरे।
प्युठानका सुवास आचार्यले विहान ४ बजे नै पुगेकाले सहज रुपमा टिकट पाएको बताए। आफूले टिकट पाए पनि बसपार्क र यातायात समितिलेे व्यवस्थापन सुधार्नु पर्ने उनले बताए। 'टिकट खरिदमा बिचौलियाको ठूलो हात हुन्छ,' विगतको अनुभव सुनाउँदै उनले शंका गरे। टिकट काउन्टरवरपर बस्नेहरु धेरै यस्तो काममा सक्रिय हुने भन्दै तिनलाई नियन्त्रण गर्न उनले सुझाए। 
टिकट बिक्रीमा हुन सक्ने कालोबजारी रोक्न र यात्रुले सहज तरिकाले टिकट पाए, नपाएको अनुगमन गर्न टोली पनि खटिएको छ। त्यस्तै पाकेटमारी, झै–झगडा, कालोबजारी नियन्त्रण गर्न नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, गौशाला, कोटेश्वर, कलंकी, तिलगंगा, स्वयम्भु, बल्खु, नागढुंगा र ग्वार्कोमा नागरिक सहायता कक्ष राखिएको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ। 
बिहान ७ बजेदेखि टिकट काउन्टरमा पुगेर यात्रुसँग कुरा गर्दा कसैबाट केही गुनासो नआएको ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीले बताए। सबैले सहकार्य गरी उचित व्यवस्थापनमा जोड दिएकाले विगतभन्दा यो वर्ष यात्रुलाई 'सहज भएको' उनले बताए। यात्रुलाई केही समस्या भए पाँच मिटरपछाडि रहेको नागरिक सहायता कक्षमा जानकारी लिन उनले अनुरोध गरे। बिहान ७ बजे नै करिब चार हजार यात्रु टिकटको लाममा बसेको उनले बताए। 
विगतमा सवारी साधन कम भएको भन्दै यातायात व्यवस्था विभागले व्यवसायीलाई गाडी थप्न आग्रह गरेको छ। राजमार्गका खाल्डा पुर्न, वर्षाले विगारेका सडक मर्मत गर्न र सडक राम्रो बनाउन व्यवसायीले माग गरेका छन्। दसैंमा सयौं गाडी गुड्ने र अरु पनि थपिने हुँदा त्यसअघि नै सडक मर्मत गर्न व्यवसायीले माग गरेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस