काठमाडौं- भूकम्पले चर्केका काठमाडौं र ललितपुरका केही ऐतिहासिक संरचना जिर्णोद्धार गर्न अमेरिकाले आर्थिक सहयोग गरेको छ। संरचना जिर्णोद्धारका लागि एक करोड १७ लाख रुपैयाँ सहयोग आएको हो।बुधबार आयोजित एक कार्यक्रममा १७ औं शताब्दीमा निर्माण गरिएका यी दरबारका संरचना भूकम्पीय दृष्टिले नाजुक देखिएकाले मर्मतका लागि सहयोग आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेका पञ्चमुखी हनुमान मन्दिर र सँगै जाडिएको मल्लकालीन दरबार जिर्णोद्धार गर्न करिब ७५ लाख रुपैयाँ अमेरिकाले सहयोग गरेको हो। दुई करोड २५ लाख रुपैयाँ लागतमा जिर्णोद्धार गर्न लागिएकोमा हनुमानढोका दरबार संग्रहालय विकास समिति करिब डेढ करोड रुपैयाँ थप गरेर मन्दिर जिर्णोद्धार गर्ने तयारीमा रहेको संग्रहालय प्रमुख सरस्वती सिंहले जानकारी दिइन्। उनका अनुसार भूकम्प आउँदा मन्दिर र दरबारका कतिपय क्षेत्र चर्केको प्रतिवेदन छ।
प्रतिवेदनका आधारमा जिर्णोद्धार गर्न जरुरी भएकाले यसरी सहयोग जुटेको उनले बताइन्। 'पञ्चमुखीको मन्दिर ढल्किएको छ, दरबारका छानाको जोड्नी छुट्टिएका छन्,' उनले भने, 'यसका लागि आर्थिक वर्ष २०७१/७२ मा काम थालिने उनले बताइन्। जिर्णोद्धारका लागि समितिले मात्र भार सहन सक्ने अवस्था नभएको अवस्थामा आएको सहयोग निकै सराहनीय रहेको उनले बताइन्।
१७ औं र १९ औं शताब्दीमा निर्माण गरिएका भवन पटकपटक भूकम्प जाँदा चर्केको अवस्थामा थिए। त्यसैगरी १७ औं शताब्दीमा बनेको पाटन दरबार क्षेत्रको दक्षिण तलेजु मन्दिर जिर्णोद्धारका लागि साढे ४३ लाख रुपैयाँ सहयोग गर्ने दूतावासले जानकारी दियो।
सो रकममा काठमाडौं उपत्यका संरक्षण कोषले पनि ४३ लाख ६८ हजार रुपैयाँ थपेर मन्दिर पुनर्निर्माण र भूकम्पीय जोखिममुक्त बनाउने तयारी छ। कोषका निर्देशक तथा वरिष्ठ वास्तुकलाविद रोहित रञ्जितकारका अनुसार तलेजु जिर्णोद्धारको काम तीन महिनादेखि सुरु भइसकेको छ। भूकम्पका कारण मन्दिरको भित्री संरचना कमजोर भएको उनले जानकारी दिए।
करिब सात महिनामा काम सकिने उनले जानकारी दिए। 'करिब २५ प्रतिशत काम सकिएको छ, यसका लागि लाग्ने रकम ६० लाख रुपैयाँ उठिसकेको छ,' उनले भने, 'स्रोतसाधन अभावमा कतिपय मठमन्दिर बन्न सकेका छैनन्। समयमै यस्तो सहयोग पाउँदा एउटा महत्वपूर्ण सम्पदा जोगिन सक्छ।'
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले बुधबार हनुमानढोका दरबारक्षेत्रको एक कार्यक्रममा सहयोगको घोषणा गरेका थिए। राजदूतको सांस्कृतिक संरक्षणका लागि परियोजना (एफसिपी) मार्फत दूतावासले यस्तो सहयोग गरेको जनाएको छ। परियोजाअनुसार दरबार क्षेत्रका मध्यकालीन भवन तत्काल मर्मतसम्भारका लागि रकम सहयोग गरिएको हो।
कार्यक्रममा राजदूत बोडीले काठमाडौं र ललितपुरका सांस्कृतिक सम्पदा संरक्षणमा गरिएको सहयोगले दक्षिण एसियाका केही महत्वपूर्ण ऐतिहासिक सहरी क्षेत्र संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भविष्यमा पनि सहयोगका लागि अपिल गरे। 'देशका ऐतिहासिक धरोहर संरक्षणका लागि सहयोग निकै सराहनीय छ,' उनले भने, 'काठमाडौं र पाटन सयौं वर्ष पुराना र भूकम्पका झट्काले कमजोर भएकाले मर्मत जरुरी भइसकेको छ।'