उदयपुर— यहाँकी एक महिलाले श्रीमान्सँग खाएको कसम पूरा गर्न विष खाएर आत्महत्या गरेकी छिन्। त्रियुगा नगरपालिका १७ गहिरुनकी २८ वर्षीया संगीता सदाले श्रीमान्सँग ‘सँगै मर्ने सँगै बाँच्न’ गरेको बाचा पूरा गर्न आत्महत्या गरेको स्थानीयले बताएका छन्।
छ महिनाअघि रोजगारीका लागि कतार गएका श्रीमान् हरि सदाको विदेशमै मृत्यु भएपछि लास ल्याइपुर्याएकै दिन संगीताले आत्महत्या गरेकी हुन्। श्रीमान्को शव देख्नेवित्तिकै बेहोस् भई ढलेकी उनी होस खुलेपछि पाँच वर्षीय छोरा र आठ महिनाकी छोरीलाई छाडेर मध्यान्ह १२ बजे विष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
विष खाएर गम्भीर घाइते भएलगत्तै उनलाई छिमेकीले अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि रेफर गरिएकी उनको बिपी मेमोरिएल धरान लाँदालाँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक जयराम सापकोटाले बताए।
स्थानीयका अनुसार विहे गर्दा सँगै मर्ने सँगै बाँच्ने कसम खाएका श्रीमान् छाडेर गएको भन्दै विलौना गरेर उनी रोईरहेकी थिइन् । ‘म पनि मर्छु, उहाँसँगै जान्छु’ भन्दै भक्कानिदै गरेकी उनले कतिखेर विष खाइन् पत्तै नपाएको स्थानीयले बताए।