काठमाडौं-उपत्यकाको फोहर नुवाकोटको डम्पिङ साइट लैजान काठमाडौंका गोलढुंगा र जितपुर फेदीका बासिन्दाले अवरोध गरेका छन्। आफूहरुलाई फोहरले असर गरेको भन्दै उनीहरुले बुधबारदेखि फोहर फाल्न दिएनन्।फोहर ढुवानीका समस्या आएको र दुर्गन्ध फैलेको भन्दै पुराना सहमति कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। ‘दैनिक दर्जनौं फोहरका गाडी हाम्रो क्षेत्र भएर फोहर फाल्न जान्छन्,' जितपुर गोलढुंगा फोहरमैला प्रभावित क्षेत्र संघर्ष समितिको संयोजक वासु लामाले नागरिकसँग भने, ‘तर अब नगरपालिकासँग होइन सरकारसँग सिधै कुरा गर्ने हो। नगरपालिकाले पहिले गरेका सहमति कार्यान्वयन गरेनन्।'
काठमाडौं महानगरसहित ललितपुर उपमहानगर लगायत उपत्यकाबाट फोहर दैनिक नुवाकोटको सिसडोल लैजाने गरिन्छ। दैनिक हुने सडक जाम र फोहरको गन्धबाट सर्वसाधारण पीडित भएको र सरकारले केही सेवा पनि नदिएको भन्दै त्यो बाटोको विकल्प खोज्न आग्रह गरिरहेको स्थानीयको भनाइ छ।
उनका अनुसार काठमाडौं महानगरसँग २०६३ साल र २०७० सालमा भएका सम्झौता कार्यान्वयनको चरणमा प्रवेश भएनन्। नेपालटार, लामबगर, धर्मस्थली, तीनपिप्ले हुँदै सिसडोल लैजाने बाटोबाटै फोहर लैजानुपर्ने आफूहरुको माग रहेको लामाको भनाइ छ। अहिले अष्टनारायण हल, नागार्जुन जंगल हुँदै मुड्खुढोका, त्यसपछि ठूलो गाँउ, आठ माइल हुँदै तीनपिप्लेबाट सिसडोल फोहर ढुवानी भइरहेको छ। ‘यतिका वर्षदेखि फोहर लान दियौं तर यस क्षेत्रमा विकासका काम भएनन्, न सडक राम्रो भयो न फोहर लाने चरणमा सुधार भयो,' उनले भने, ‘त्यसैले हामीले अब सरकारसँग मात्र कुरा गर्ने भनेका हौं।'
उनका अनुसार २०६३ कात्तिक २ गते बाटो चौडा पार्ने, सर्वसाधरण हिँड्न गाउँको कच्चीबाटो स्तर वृद्धि गर्ने, गोलढुंगा गाविसको ६, ८ र ९ वडाको बाटोको स्तर वृद्धि गर्ने र गोलढुंगा चक्रपथ निर्माण गर्ने सम्झौता भएको थियो। त्यसैगरी २०७० जेठ १६ गते सहमति भएको एक महिनाभित्र वैकल्पिक बाटो खोज्ने, २०६३ सालको सम्झौता कार्यान्वयन गर्ने, गोलढुंगा गाविसका सबै वडा र जितपुरफेदी गाविसका केही वडालाई फोहरमैला प्रभावित क्षेत्र घोषणा गर्ने र उपत्यकाको फोहर व्यवस्थित ढुवानीका लागि नयाँ बाटो बनाउन पैसा माग्ने जस्ता सम्झौता पनि कार्यान्वयन नभएको उनको जोड छ।
‘स्थानीयले भनेको विकल्पको बाटो प्रयोग गर्न सक्ने अवस्था छैन, वार्तामा बोलाउँदा आउनुहुन्न,' महानगर प्रवक्ता शान्ताराम पोखरेलले भने, ‘उहाँहरुले हामीसँग कुरा नगर्ने भनेपछि हामीले मन्त्रालयलाई जानकारी गरायौं।' बुधबार मन्त्रालयलाई जानकारी गराइएको र मन्त्रालयले नै अबको चरण विकास गर्ने उनले जानकारी दिए।
फोहर बिहान आठ बजेदेखि १० बजेसम्म टेकुका स्थानीयले टेकुकै ट्रान्सफर स्टेसनमा पनि ताला लगाइदिएका थिए। टेकुमा फोहरको थुप्रो बढेको भन्दै ताला लगाए तर पछि महानगरले फाल्ने जानकारी गराएपछि दुई घन्टामा खोलेको स्थानीय राजु महर्जनले जानकारी दिए। ‘बाटो अवरुद्ध हुने भन्ने खबर सुनेका थियौं, टेकुमा अन्य दिन पनि फोहको थुप्रो बढ्दै गयो,' उनले भने, ‘सिसडोल जाने बाटो बन्द भएपछि महानगरले टेकुमा मात्र थुप्राउने भएकाले यस्तो गरेका थियौं। भोलिसम्म समाधान नभए फेरि ताला लगाउँछौं।' स्थानीयले करिब दुई हप्ता अगाडि पनि टेकु स्टेसनमा ताला लगाएका थिए। फेरि थुप्रो बढेको भन्दै बुधबार उनीहरुले यस्तो काम दोहोर्या एको महर्जनले जानकारी गराए।