काठमाडौं-महानगरपालिकाका कर्मचारीले भ्रष्टाचार र अनियमितता गरेको सेवाग्राहीको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धानले आइतबार छापा मार्यो तर पाँच गाडी फाइल ओसार्दा पनि मिलेमतोमा भएका अनियमितताका फाइल भने महानगरमै छुटेका छन्।महानगर उच्चस्रोतअनुसार वषौंदेखिका वक्यौता, ठेकेदारसँग मिलेर कर्मचारीबाटै भएका अनियमितता एवं नियमविपरीत ठेक्का लगाइएका दर्जनभन्दा बढी फाइल अख्तियारबाट छापा हान्न आएको टोलीको आँखैमा परेन।
अख्तियारले छुटाएका फाइलहरुमा राष्ट्रिय सम्पदामा निर्वाध होडिङबोर्ड राख्ने निर्णय, बिनाटेन्डर बसस्टप निर्माण ठेक्का, प्रतिस्पर्धा नगराई सार्वजनिक शौचालय सञ्चालन गर्न दिने, फोहरमैला संकलन दर आफूखुसी उठाउने, भौतिक विकास विभागबाट कन्टिग्नेन्सी रकम दुरुपयोग, ०६७ सालमा १९ जनाको अवैधानिक बढुवालगायत निर्णयसम्बन्धी कागजातसमेत रहेको स्रोतले जनायो।
यसैगरी, नक्साविपरीत भवन निर्माण प्रमाणपत्र वितरण, रोयल्टीबापत साढे ४ करोड रकम नउठउनुलगायत अनियमितताबारे अख्तियारले हात हाल्न नसकेको कर्मचारी नै बताउँछन्।
अख्तियारले चार दर्जनभन्दा बढी कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर महानगरका विभिन्न निकायबाट पाँच गाडी (करिब २५ सय फाइल) अनुसन्धानका लागि लगेको थियो। ‘यतिका फाइल लैजाँदा पनि कतिपय अनियमितताका फाइल महानगरपालिकामै थन्किए,' स्रोतले भन्यो, ‘अख्तियार राम्ररी अध्ययन नगरी आएकाले चुकेको हुन सक्छ।'
अख्तियारले भने व्यापक गुनासो र उजुरीका आधारमा छापा मरिएको जनाएको छ। ‘हामीलाई धेरैभन्दा धेरै गुनासो आएका र अनियमितताका आधार पाएका क्षेत्रमा पुगेका छौं,' अख्तियारका प्रेस संयोजक ओमबन्धु कार्कीले नागरिकसँग भने, ‘एकैपटक हामीलाई अनुसन्धान गर्न गाह्रो पर्ने भएकाले हो, दोस्रो चरणमा पनि छापा मार्न जान सक्छौं।'
यसपालि खरिद र लेखासँग सम्बन्धित फाइल ल्याइएको उनले जानकारी दिए। ठेक्का र सम्झौतालगायत अन्य क्षेत्रमा जान बाँकी नै रहेको जनाउँदै कार्कीले भने, ‘फेरि छापा हान्छौं।'
अख्तियारले आइतबार महानगरपालिकाका हनुमानढोका संरक्षण कार्यालय, चःमती जग्गा एकीकरण आयोजना, नयाँबजार जग्गा एकीकरण आयोजना, मनोहरा जग्गा एकीकरण आयोजना, वातावरण विभाग, प्रशासन विभाग, सहरी विकास विभाग, भौतिक विकास तथा निर्माण विभाग र जनस्वास्थ्य तथा सामाजिक विकास विभागबाट फाइल जफत गरेको थियो। महानगरका कामकारबाहीविरुद्ध सेवाग्राहीबाट अत्यधिक उजुरी परेपछि एकैपटक फाइल अनुसन्धानका लागि लगिएको र एक/दुइ दिनमा अनसन्धान थालिने कार्कीले बताए।