रामेछाप—विरगंजबाट मन्थलीतर्फ आउदै गरेको ना४ख ८४७३ नम्वरको मालबाहक ट्रक रामेछापको भलुवाजोर१ कुनौरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर छ।
मंगलबार २ बजे भएको दुर्घटनामा ट्रक चालक गोपाल दर्नालको उपचारका क्रममा अस्पतालमा मुत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनेमा चालकी भाइबुहारी, छोराहरु १० वर्षिय श्रीजन र ८ वर्षिय सुसिल दर्नाल छन्।
सहचालक मनोज दर्नालको अवस्था सामान्य रहेको छ । घाइते तथा मृत्यु हुने सवै सिन्धुली १ मजुवाका एकै परिवारका रहेका छन् ।
गम्भिर घाइतेहरुको मन्थली स्थित तामाकोसी सहकारी अस्पतालमा उपचार पश्चात हेलिकप्टरद्धारा वि.एन्ड.वि अस्पताल काठमाडौमा रिफर गरिएको अस्पतालले जनाएको छ ।
कुखुराको दाना बोकेर आइरहेको ट्रक अत्यधिक भार र साुघुँरो सडक मोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट ५०० मिटर तल खसेको र क्षत विक्षत अवस्थामा रहेको छ ।