काठमाडौं– बागमती सफाइ अभियानबारे चेतना जगाउने उद्देश्यले आज बिहान बागमती नदीमा मन्त्री, नेतालगायतले र्याफ्टिङ गरेका छन्। गोठाटारबाट सुरु भएर पशुपति क्षेत्रसम्मको र्याफ्टिङमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सहरी विकास मन्त्री नारायण खड्का, कानुनमन्त्री नरहरि आचार्य, मुख्य सचिव लीलामणि पौडेल सहभागी थिए।
यसैगरी विभिन्न नौ कुटनीतिक निकायका प्रतिनिधि, नेपाल प्रहरीका उच्च अधिकृतहरू र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिहरू पनि सहभागी थिए।बागमती सफाइ अभियानबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चेतना जगाउन र्याफ्िटङ गरिएको मन्त्री खड्काले बताए। 'हाम्रो अभियान जारी छ भनेर सन्देश दिन पनि यो कार्यक्रम गरिएको हो,' उनले भने।