काठमाडौं – प्रधानसेनापति गौरव शम्शेर जबराको नेतृत्वमा पाँच सदस्यीय एक उच्चस्तरीय टोली आइतबार अफ्रिका महादेशको तीन राष्ट्रको भ्रमणमा निस्कने भएको छ। पश्चिम अफ्रिकी राष्ट्रहरुमा इबोला भाइरसले महामारीको रुप लिंदा सरकारले त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा अफ्रिका महादेशबाट आउने स्वदेशी तथा विदेशी सबैको स्वास्थ्य परिक्षण गरीरहेका बेला प्रधानसेनापति जबरा सहितको टोली कंगो, दक्षिण सुडान र केन्याको भ्रमण गर्न लागेका हुन्।
उनीहरु आईतबार दिउँसो चार बजेतिर त्यसतर्फ उड्ने सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जनाए। प्रधानसेनापतिसँगै तीन अफ्रिकी राष्ट्रको भ्रमणमा जाने अन्य सदस्यमा निमिक्त रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, सेनाका बलाध्यक्ष रथी प्रदीपविक्रम राणा, प्रधानसेनापतिको पाश्र्ववर्ति सेनानी ज्ञानेन्द्र केसी र अर्थ मन्त्रालयका शाखा अधिकृत गोपालप्रसाद दाहाल रहेका छन्।
भ्रमणका बेला प्रधानसेनापति जबराले कंगो र दक्षिण सुडानमा राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनासँग प्रत्यक्ष भेटी उनीरुको समस्या तथा गुनासो सुन्ने छन्। भ्रमण १४ दिनको रहेको छ।