काठमाडौं— भदौ २३ गतेदेखि सुरु हुने इन्द्रजात्राका लागि लिङ्गो लिन जान बुधबार तयारी थालिएको छ। हनुमानढोकामा मानन्धर समुदायले स्थानीय भेषभुसासहित जंगल जानका लागि तयारी गरेका हुन्।
काभ्रेको चित्रापुर गाविस ८ र ९ को बीच उग्रचण्डी नालास्थित जंगलबाट लिङ्गो लिएर आउन बुधबार विहान ११ बजेर ५५ मिनेट जाँदा वन यात्राको प्रक्रिया आरम्भ गरिएको हो। आजै राती ९ बजेर ४५ मिनेटमा रुखलाई छानेर चिन्हो लगाउन यस्तो तयारी गरिएको स्थानीय मोहन मानन्धरले बताए ।
'आज राती पुगेर हामीले पुजा आजा गरेर लिंगो छनोट गर्नेर्छौ,' उनले भने, 'सो लिंगोलाई १७ गते नगर प्रवेश गराउँछौं ।' नेपाल पञ्चाङ्ग निर्णायक समितिले २१ गते बिहान ७ बजेर ५३ मिनेटमा लिंगो उठाउँने साइत जुराएको छ । साथै समितिले कुमारी जात्रा, गणेश रथ यात्रा र भैरव यात्रा सकेर २७ गते लिंगो ढालेर जात्रा सम्पन्न हुने साइत जुराएको छ ।
समितीका अनुसार वसन्तपुरस्थित कुमारी घरबाट चिंकमुगल, जैशीदेगल, ज्यावावाहाल, लगनखेल, ब्रम्हटोल, बण्डेटोल, जैशीदेवल, भीमसेनस्थन हुदै पुन कुमारी घर पुगेर २३ गतेको रथयात्रा सकिनेछ । त्यसैगरी २४ गते कुमारीघरबाट प्याफल, नरदेवी, असन, इन्द्रचोक, मखन, हनुमानढोका हुदै कुमारीघर पुगि यात्रा सकिनेछ । त्यसैगरी अन्तिमदिन २७ गते कुमारीघरबाट प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका हुदै कुमारीघर पुगेर यात्रा सकिनेछ ।
जात्रामा गणेश, जिवित कुमारी र भैरवको रथ पनि नगर परिक्रमा गरिन्छ । राजधानीको बसन्तपुर क्षेत्रमा रङरोघन र सजावट पनि तीब्ररुपले भैरहेको समितीका अध्यक्ष गौतम शाक्यले जानकारी दिए ।
उनले जात्रा व्यवस्थापनका आफूहरु तयार रहेको बताए । उनका अनुसार पुरातत्व विभाग, हनुमानढोका दरवार स्रग्रहालय, काठमाडौं महानगरपालिका, प्रहरी लगायतसँग जात्राको तयारीमा लागिसकेका छन् । इन्द्रजात्राको दुइ दिनअघि हनुमानढोका दरवार क्षेत्रमा लिंगो उठाइने उनले जानकारी दिए ।
इन्द्रजात्रा व्यवस्थापन समितिले मंगलबार नै इन्द्रजात्रा मनाउने तयारी पूरा भएको बताएको थियो ।