चितवन- बाघले आक्रमण गर्दा चितवनको माडीमा एक जनाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार माडी अयोध्यापुरी-९ बाँदरझुलाका ४५ वर्षीय होसप्रसाद महतोको बाघ आक्रमणमा परेर ज्यान गएको हो। चितवन निकुञ्जले भने बाघ आक्रमणका बारेमा जानकारी नभएको बताएको छ।
निकुञ्जसँग जोडिएको बाँदरझुलाका महतो भदौ सात गते जंगल गएका थिए। घर नफर्केपछि गाउँलेहरुले खोजी गर्दै जाँदा मंगलबार राती जंगलमा उनको लाश फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ। ‘तर बाघले मान्छे मारेको विषयमा हाम्रो कार्यालयलाई कुनै जानकारी छैन' चितवन निकुञ्जका सुचना अधिकारी टीकाराम पौडेलले भने।
लाशको अवस्था हेर्दा बाघले नै खाएको पुष्टी हुने प्रहरीको भनाइ छ।