काठमाडौं-काठमाडौं महानगरपालिकामा अनियमितता बढेको गुनासो धेरै आएपछि त्यस्ता अनियमितता पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लैजान थालेको छ।नक्सा विपरीतका ठूला मल बन्ने र जिन्सीमा सामानको मूल्यांकनबाट अनियमितता भएको भन्दै केही समयदेखि अख्तियारले फाइल मागिरहेको हो। अख्तियारले बिस्तारै सबै शाखाका फाइल लगिरहेको छ।
महानगरपालिका सहरी विकास विभाग प्रमुख नरेन्द्र श्रेष्ठका अनुसार ६५/६६ तिर बनेका बहुतले व्यापारिक भवनको अनियमितता छानबिन गर्न यसरी फाइल उठाइएको छ। कर्मचारी स्रोतका अनुसार अख्तियारले महानगरको जिन्सी शाखामा खरिद हुने सानो मूल्यका सामानको मूल्यांकनमा धाँधली भएको भन्दै साताअघि ९ वटा फाइल लगेको थियो।
‘पुराना व्यापारिक भवन नक्सामा उल्लेख गरेविपरीत भवन अग्लो बनाएको भन्दै फाइल पटकपटक मागिरहिएको छ,' श्रेष्ठले भने, ‘२/४ वटा भवनको फाइल भने फिर्तासमेत आइसकेको छ।'
महानगर स्रोतका अनुसार तीनकुनेको न्यौपाने टावर, लाजिम्पाटको मेट्रोपार्क भवन, चाबहिलको एसी कम्प्लेक्स लगायत अन्य केही फाइल सोमबारै अख्तियार पुर्यााइएको छ। यसबाहेक नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्स, मुक्ति टावर र गौशालाको होटल महाराजाको फाइल पनि मागिरहेको स्रोतले बतायो। ‘खोजेका बेला कतिपय नक्साका फाइल भेट्न गाह्रो भएकाले पठाउन बाँकी नै छ,' स्रोतले भन्यो, ‘कतिपय कर्मचारी नक्साविपरीत भवन बनेको बाहिर आउने डरले फाइल गायब पनि पारिदिएका छन्।'
तर विभाग प्रमुख श्रेष्ठले भने अख्तियारले भवनका नामका आधारमा फाइल माग्ने भएकाले नभेटिएको पनि बताए। ‘हामीले कतिपय भवनको फाइल खोजिरहेका छौं,' उनले भने, ‘नक्सा व्यक्तिका नाममा पास हुने भएकाले भवनको नामबाट खोज्न गाह्रो भइरहेको छ।'
नक्साविपरीत बनाएको अहिलेसम्म महानगरले भवन नपाएको उनले बताए। ‘बनाउने क्रममा नक्सा पासै नगरी बनाउनेलाई कारबाही गरिरहेका छौं,' श्रेष्ठले भने, ‘भवन मापदण्डमा बन्ने तर नक्साभन्दा बढी बनाउनेलाई एक लाखसम्म तिराएर कारबाही गरिरहेका छौं। तर यकिन संख्या अहिले दिन गाह्रो छ।'
नक्साबाहेक जिन्सीमा सामानको मूल्यांकन बजारभाउभन्दा विपरीत भएको भन्दै अख्तियारले फाइल लागिरहेको अर्को स्रोतले जानकारी दियो। ‘एक हप्ताअघिको समयमा यसरी फाइल लगेको थियो,' स्रोतले भन्यो, ‘यसबाहेक वातावरण विभागबाट खरिद भएका कम मूल्यका मोबिललगायत सामान खरिद गरेको फाइल पनि लगेको छ।'
यसैगरी महानगरलाई आवश्यक सामग्री र त्यहाँका सवारी साधन बनाउँदा त्यहीँका केही कर्मचारीका वर्कसप र पसलमा खरिद गरी ठूलो रकम भ्रष्टाचार भइरहेको गुनासो बढेको स्रोतले बतायो। साथै, जहीँतहीँ फोहर फाल्न दिएवापत ठुल्ठूला व्यवसायीबाट रकम लिइने गरेको गुनासो छ।
अख्तियार स्रोतका अनुसार नक्सा र जिन्सी लगायत क्षेत्रमा अनियमितता भएको गुनासोका आधारमा अहिले धमाधम फाइल मगाउने काम भइरहेको छ। अख्तियारका कतिपय कर्मचारी अन्य क्षेत्रमा अनुसन्धानमा व्यस्त भएको तत्काल महानगरका फाइलमा अनुसन्धान नभएको उनले जानकारी दिए। ‘हामीले अन्य क्षेत्रमा अनुसन्धान गरिरहेका कारण त्यता भ्याएपछि महानगरपालिका क्षेत्रमा हात हाल्छौं,' स्रोतले भन्यो।
स्रोतका अनुसार महानगरले अन्य क्षेत्रमा होर्डिङ बोर्ड हटाउँदै गए पनि कतिपय व्यापारिक भवन लगायत देशविदेशका व्यक्तिको भ्रमणको सम्मानका लागि झन्डा फहराउने खम्बामा महानगरले सम्झौता गरेरै न्युरोड गेटअगाडि तीन र बसन्तपुरस्थित जुद्धसालिक चोकमा चार ठाउँमा तीन वर्षदेखि विज्ञापन राखिरहेको छ। महानगरले आर्थिक वर्ष २०७०/७१ देखि आफ्नो क्षेत्रका होर्डिङ बोर्डलाई व्यवस्थित गर्ने कार्ययोजना अनुसार कतिपय ठाउँका होर्डिङ बोर्ड हटाए पनि व्यवसायीको दबाबमा खम्बाका विज्ञापन बोर्ड भने पटकपटकको प्रयासमा पनि हटाउन सकेको छैन।
गोंगबुको नयाँ बसपार्क, पुरानो बसपार्कको सिटी मार्केट, आकाशे पुल सञ्चालक, धरहरा व्यवस्थापक लगायतबाट ३ करोडभन्दा बढी बक्यौता उठाउन सकेको छैन। पुरानो बसपार्कस्थित विद्युत प्राधिकरण अगाडि आकाशे पुल बनाउन गाडेको पिलर डेढ वर्षदेखि त्यत्तिकै छ।
अख्तियारले गत पुस महिनामा करिब डेढ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै महानगरका पूर्व वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोलविरुद्ध गैरकानुनी रुपमा आर्जन गरेको १ करोड ४१ लाख ९३ हजार ९ सय ४८ रुपैयाँ र १ करोड ८ लाख रुपैयाँ र बा७च ६७५३ नम्बरको सेब्रोलेट स्पार्क गाडीको स्रोत खुलाउन नसक्दा भ्रष्टाचार दाबीसहित विशेष अदालतमा हालेको मुद्दा विचाराधीन छ।