चुलाचुली (इलाम)- बहुमूल्य प्रजातिका वनपैदावर भएको दक्षिणी चुरेक्षेत्रमा तस्करको रजाइँ कायमै छ। तस्करले वन जोगाउन परिचालित सरकारी कर्मचारी र सुरक्षाकर्मीसँग ‘लाइन मिलाएर' र लाइन नमिल्दा ‘आँखा छलेर' चुरेको वनमा रजाइँ गरिरहेका हुन्।जिल्लाको सलकपुरदेखि साकफारासम्म फैलिएको चुरेक्षेत्रको वन कागजमा सुरक्षित देखिए पनि बर्सेनि मासिइरहेको प्रस्टै देखिन्छ।
चुरेको वन मासिनुमा वन कर्मचारी र सुरक्षाकर्मीकै भित्री संलग्नता रहने स्थानीयको दाबी छ। त्यो दाबीलाई भरखरै चुलाचुलीमा भएको एउटा घटनाले पुष्टि गर्छ। चुलाचुली आइपुगेको नागरिककर्मीसहितको एक टोलीलाई पेल्टिमारीस्थित प्रहरी चौकीका हवल्दार र असईले ‘तपाईंहरुलाई राति यहाँ खतरा हुन सक्छ, बेलैमा अन्त गइहाल्नू' भन्दै साँझ नपर्दै तर्साउन खोजे।
रैथानेसँग बुझ्दा थाहा भयो, सुरक्षाकर्मीले सञ्चारकर्मीसहितको टोलीलाई गाउँबाट पन्छाउन खोज्नु तस्करीको ‘लाइन सुरक्षित गर्न' रहेछ। ‘हरेक रात यहाँ साइकल, मोटरसाइकल र पिकअपमा काठ तस्करी हुन्छ,' एक स्थानीय अगुवाले भने, ‘चुरेक्षेत्र उजाड हुँदै जानुमा प्रहरी र वनकै कर्मचारीको मिलेमतो भएकाले त्यो कुरा नबाहिरियोस् भनी पन्छाउन खोजेको हो।'
रिपोर्टिङमा पुग्ने सञ्चारकर्मीलाई तस्करबाट वन मासिएको चुरेक्षेत्र पुग्नै मुस्किल छ भने तस्करी हुने बाटो आसपाससमेत यसरी तर्साइन्छ। ४० हजार जनसंख्या रहेको चुलाचुलीमा थुपै्र बेरोजगारको आम्दानीस्रोत चुरेको वनपैदावार तस्करी गर्नु हो। स्थानीय अगुवा भीम चापागाईं भन्छन्, ‘पहिले तस्कर र प्रहरीकै मिलेमतोमा वन मासिन्थ्यो, अहिले प्रहरी नदेखेझैं गर्छ।'
साल जातको महँगो काठ पाइने चुरेक्षेत्रमा तस्करको सञ्जाल शक्तिशाली छ। चोरीनिकासी रोक्न दुई महिनाअघि वनरक्षक र प्रहरीले १९ राउन्ड गोली चलाउनुपरेको थियो। चुलाचुलीकै चाँजु दोभानबाट जेठ ३१ गते साँझ ९ वटा काठ बोकेर हिँडिरहेका तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको थियो। घटनालाई कतिपयले ‘लाइन नमिल्दा हुन पुगेको' भनेका छन्।
‘चोर्ने र जोगाउने भनिएका बीच जम्काभेट हुँदा यो घटना बाहिर आयो,' चुलाचुलीका पूर्वअध्यक्ष ओमनारायण खनाल भन्छन्, ‘यस क्षेत्रबाट दिनहुँजस्तै तस्करी भइरहेको हुन्छ तर जोगाउने निकाय थाहा नपाएझैं आँखा चिम्लेर बस्छ।' खोलाबाट बगाएर, गाडीमै हालेर र काँधमा बोकेर काठ निकासी गर्ने तस्कर सक्रिय रहेको उनको दाबी छ। चुरेको काठ रातारात झापा निकालिन्छ।
यत्तिका घटना भइरहे पनि इलामस्थित सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष धु्रव श्रेष्ठ चुरेक्षेत्रका १ सय २० वन समूहबाट काठ तस्करी नभएको दाबी गर्छन्। जिल्लाका सबै वन समूहको पुरानो कार्ययोजना सकिएको र नयाँ बन्ने क्रममा रहेको जनाउँदै उनी वनबाट सुकेका तथा हरिया रूख काट्न प्रतिबन्ध लगाइएको बताउँछन्। मिलेमतोमा तस्करी हुने स्विकार्दैनन्।
माइखोलाको चेप्टी खण्डबाट बाँधेर काठ बगाउने क्रम रोकिएको छैन। त्यसलाई झापाको सुरुङ्गामा हात पार्ने तस्कर संगठित छन्। जिर्मलेको सलकपुरदेखि साकफाराको तोरीबारीसम्म काठ तस्करी हुने दर्जनभन्दा धेरै नाका छन्। तस्करीबारे जिल्ला अदालत र वन कार्यालयमा बर्सेनि मुद्दा पर्छन्। यस वर्ष त्यहाँ ८/८ मुद्दा दर्ता भएका छन्। तस्करीमा गाउँका केही नेतासमेत छन्।
इलाममा वनले ढाकेको क्षेत्रफल सोध्दा जिल्ला वन कार्यालयले दिने तथ्यांक हो, ‘८० हजार ९ सय २६ हेक्टर।' यसमा सामुदायिक वनले ४८ हजार ८ सय १३ हेक्टर ढाकेको उल्लेख छ। यस्तै, २ सय १८ वटा सामुदायिक वन छन्। ‘जोगाउने' जिम्मेवारी पाएका वन कर्मचारी र उपभोक्ता समितिले ‘हरियाली बर्सेर्िन बढिरहेको' दाबी गरे पनि चुरेक्षेत्रको वास्तविकता त्यस्तो राम्रो छैन।
‘इलामको वन अहिले कतैबाट मासिएको छैन,' जिल्ला वन कार्यालयप्रमुख राजेन्द्र काफ्लेले केही दिनअघि नागरिकसित भनेका थिए, ‘नमासिएपछि बरु हरियाली बढिरहेको छ।' हरेक वन अधिकृतले यस्तो दाबी गरे पनि वनले ढाकेको क्षेत्र घट्ने क्रममा छ। सदरमुकामबाट उत्तरतिरका लेकाली वन हुन् या दक्षिणी चुरेक्षेत्रका, अवैध रूपमा मासिने क्रम जारी देखिन्छ।