‘ब्ल्याक स्पट' बन्दै चाक्ला सडक
०७ भदौ २०७१
•
७ मिनेट पाठ
‘ब्ल्याक स्पट' बन्दै चाक्ला सडक
काठमाडौं-विस्तार अभियानसँगै राजधानीका सडक चाक्ला, चिल्ला र सुन्दर बनिरहेका छन्। फराकिला सडकमा सवारीसाधनको गति पनि तीव्र बन्दैछ। घन्टौंका पट्यारलाग्दो जामबाट चालकले मुक्ति पनि पाउँदै गएका छन्। विडम्बना ! सवारी दुर्घटना भने दिनहुँ बढिरहेका छन्।प्रहरीका अनुसार विस्तारित सडकमा ‘ब्ल्याक स्पट' (सवारी दुर्घटना बढी हुने स्थान) को संख्या भने ह्वात्तै बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसको कारण सवारीको तीव्र रफ्तार नै हो।
विस्तारयता ज्ञानेश्वर ओरालो, कमलपोखरी, बबरमहल, तीनकुने, माइतीघर, चाबहिल, नयाँबानेश्वर, गैरीधारा, सातदोबाटो, भक्तपुर गट्ठाघर, सल्लाघारी, कुपन्डोल क्षेत्रमा दुर्घटना बढिरहेको महाशाखाले जनाएको छ। बढ्दो सवारी चाप, बिग्रँदो सडक र सहरीकरणका कारण पनि ब्ल्याक स्पट बर्सेनि बढ्दै गएको महाशाखाको विश्लेषण छ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार विस्तारपछि ठूला दुर्घटना त्यति नभए पनि साना दुर्घटनाको दर भने बढिरहेको छ। ‘तीव्र गतिका कारण ब्ल्याक स्पट संख्या बढिरहेको छ,' उनले भने, ‘यसका साथै भत्किएका सडक, सडकपेटी नहुँदा पनि दुर्घटना बढेका छन्।' 
विस्तारित सडकमा चालकले लेन अनुशासन पालना नगर्ने, पैदलयात्रीले जथाभावी सडक पार गर्ने, सडक लाइनिङ नहुने, सवारी मोड्ने समयमा चालक झुक्किनेजस्ता कारण दुर्घटना धेरै हुने गरेको प्रहरी आँकडा छ। ठाडो ओरालो भएका सडकमा सवारीको रफ्तार बढी हुँदा पनि दुर्घटना बढेको डिआइजी अधिकारीले जानकारी दिए।
तीव्र गति र ओरालो सडक गल्कोपाखा, तीव्र गति तथा जीर्ण सवारीसाधनका कारण ढल्कु पुल, पुलनजिकै जेब्राक्रसिङ भएका कारण बालाजु पुल, ओभरटेक, ओभर लोड र साँघुरो घुम्ती भएका कारण पातलीवन मोड र बाणभन्ज्याङ पुल बढी दुर्घटना हुने स्थानमा परेका छन्। 
ओरालो सडक तथा ओभरटेकका कारण पाटीमाचोक, धोबीघाट, सतुंगल सिप्रदी ओरालो, खाल्टाखुल्टी र उकालोओरालोका कारण महादेवस्थान टेलिकमअगाडि, ओरालो, ओभरस्पिड र ओभरटेकका कारण थानकोटबजार सवारी दुर्घटनाका दृष्टिले जोखिमपूर्ण रहेको महाशाखाको विश्लेषण छ। 
अगाडि चौबाटो भएका कारण भक्तपुरको राधे–राधे, सल्लाघारी, चिप्लो सडकका कारण भक्तपुर बाँस‰याङ र नलिनचोक, तीव्र गतिका कारण गट्ठाघर, मनहरा पुल, ओरालो तथा मोड भएकाले बौद्ध ह्यात मोड र जोरपाटी ओरालो बढी जोखिमयुक्त सडक हुन्। डिभाइडर नभएका कारण बौद्ध, नारायणटार, तीव्र गति र घुमाउरो सडक भएकाले चोभार सिमेन्ट कारखाना अगाडिको सडक दुर्घटनाको जोखिममा परेका छन्।
तीव्र गति र जथाभावी बाटो काट्नाले चाबहिल चोक, नयाँबानेश्वर चोक, बोटल नेकका कारण शान्तिनगर बागमती पुल र बिजुलीबजार पुल, चौबाटो र तीव्र रफ्तारका कारण बबरमहल सडक विभागअगाडिको चोक, माइतीघर–भद्रकाली छिर्ने नयाँसडकको उचित व्यवस्थापन नहुँदा माइतीघर पनि दुर्घटनाको जोखिम क्षेत्रमा परेका छन्।
यसैगरी, पैदलयात्रीले फुटपाथ तथा जेब्राक्रस प्रयोग नगरेकाले कालिमाटीदेखि सोल्टीमोड, तीव्र गति र बढी क्रसिङका कारण नागस्थान, महांकाल मन्दिर, सडक बत्ती नभएकाले केशरमहल, साँघुरो र व्यस्त सडकका कारण माछापोखरी, तीव्र गति र जथाभावी बाटो काट्नाले सामाखुसी, ओरालो तथा सडकपेटी नभएकाले एकान्तकुना यातायात व्यवस्था कार्यालयअगाडि, ओरालो सडक एकअर्कामा ओभरटेक गर्ने प्रयासका कारण बिएन्डबी अस्पताल गेटअगाडिको सडक जोखिममा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 
त्यसैगरी, भिरालो सडकका कारण सिनामंगल कार्गो क्षेत्र, घुमाउरो मोड, बसपकेट र खाल्डाखुल्डीका कारण तिलगंगा, साँघुरो सडक क्रसिङ मोड र अँध्यारोका कारण चाबहिल गोपीकृष्ण ओरालो जोखिममा छन्। पैदलयात्री तथा यात्रु लापरबाहीका कारण बसुन्धरा नारायणगोपाल चोक, बाँसबारी चप्पल कारखाना, साँघुरो बाटो र अव्यवस्थित बस बिसौनीका कारण त्रिपुरेश्वर टेलिकम अगाडि सडक दुर्घटना बढी हुने गरेको छ।
महाशाखाका अनुसार उपत्यकामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा १ सय ४३ को मृत्यु भएको थियो। गत आर्थिक वर्षमा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा सवारी दुर्घटनामा मृत्यु भएको थियो। एक सय ४३ मृत्युमध्ये काठमाडौंमा मात्र दुर्घटनामा परी एक सय २ को ज्यान गएको थियो। काठमाडौंपछि भक्तपुरमा २७ र ललितपुरमा १४ को ज्यान गएको थियो। 
महाशाखाको तथ्यांकअनुसार गत वर्ष उपत्यकामा ४ हजार ६ सय ७२ सवारी दुर्घटना भएको छ। जसमध्ये काठमाडौंमा ३ हजार ४ सय ६२, ललितपुरमा ७ सय २५ र भक्तपुरमा ४ सय ८५ दुर्घटना भएका थिए। दुर्घटनामा दुई सय २३ जना गम्भीर घाइते भएका थिए भने ३ हजार ४ सय ८१ जना सामान्य घाइते भएका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस