सोलुखुम्बु- पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा गएको पाँच दिनदेखि उडान हुन नसक्दा पर्यटक अलपत्र परेका छन्। बिहानदेखि साँझसम्म बाक्लो कुहिरो तथा वर्षासमेत हुने गरेकाले गत ३ गतेदेखि लुक्लामा कुनै उडान हुन नसकेको हो। पर्यटकीय सिजन सामान्य रहेको भए पनि यसबेला लुक्लामा करिब डेढ सय पर्यटक उडानको पर्खाइका रहेका छन्। उनीहरुमध्ये धेरै अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ भइसकेकाले समस्या भएको बताउँछन्।
मौसममा सुधार हुने आशामा पर्यटक दिनभर विमानस्थल आसपासमा रहने गरेको भए पनि मौसम खराबीका कारण समस्या भएको विभिन्न एयरलाइन्सहरुले बताएका छन्। उडान हुन नसक्दा नजिकिँदो पर्यटकीय मौसमका लागि खाद्यान्नलगायतका आवश्यकीय सामग्री ढुवानीका लागिसमेत समस्या भएको लुक्लाका व्यवसायी सोनाम शेर्पाले बताए।
लुक्ला विमानस्थलबाट अहिले तारा, सीता, नेपाल एयरलाइन्स र सिम्रकले उडान भर्दै आएका छन्।